नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो झिनो अंकले घटेता सोमबार पनि सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवार ६९.२२ अंकले बढेर २७८४.६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको ५ अर्ब ५२ करोड १६ लाख ५० हजार… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

REUTERS

काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ । बाइडेनले… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ मा उनी पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मंगलबार साढे १२ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने समय तय भएको हो । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक आज बस्दैछ ।… Continue reading प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले… Continue reading रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

काठमाडौं । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएको भन्दै फिर्ताको माग राखि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव देशभर देखिएको छ । खासगरी ग्रामिण भेगमा यातायात ठप्प जस्तै छ । शहरी इलाकामा समेत सार्वजनिक यातायात चलेका छैनन् । फाट्टफुट्ट निजी सवारी चल्नुबाहेक सडक सुनसान देखिएको छ । जसले गर्दा… Continue reading विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा मध्यरातमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन कच्ची घर भत्काउन ुपरेको छ । दमकल नभएका कारण आगोलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । आगो करीव ४ घण्टाको प्रयासपछि मात्र… Continue reading मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले

सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु पर्ने भन्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश अब दुई गुटमा विभाजित भएका छन् । कुल १९ जना न्यायाधीश रहेकोमा पाँच जना अलग भएका छन् । उनीहरुले अब बाँकी न्यायाधीशसँगको छलफलमा सहभागी नहुने निर्णय लिएका हुन् । न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार… Continue reading सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

काठमाडौं । भैरहवामा निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थलमा इजरायलले सिधा उडानको इच्छा व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा इजरायल सरकारले यस्तो संकेत गरेको हो । भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न… Continue reading इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

नेपालमा थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना… Continue reading नेपालमा थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना संक्रमण मुक्त

‘एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउनु चिन्ताजनक’- प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा आउन बारलाई आग्रह गरेका हुन् । जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरे… Continue reading ‘एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउनु चिन्ताजनक’- प्रधानन्यायाधीश

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने ।… Continue reading कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका… Continue reading अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

File Photo : Frederic J. Brown/AFP via Getty Images

वासिंटन डिसी । अमेरिका र चीनबीच लामो समयदेखिको गतिरोध अन्त्य गर्दै आज उच्चस्तरीय वार्ता हुँदैछ । दुबै मुलुकका राष्ट्रपतिबीच भर्चुअल माध्यमबाट वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिंग वार्तामा सहभागी हुने छन् । यस वार्तालाई लिएर संसारभर चासो रहेको छ । अफगानिस्तानको मुद्दापछि दुबै मुलुकबीच औपचारिक संवाद भएको… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल वार्ता, के छन् एजेण्डा ?

अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

TOI

दुबई । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि उचालेको छ । आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दै अष्ट्रेलियाले उपाधी कब्जा गरेको हो । अष्ट्रेलिया ओडीआई विश्वकपमा सबैभन्दा सफल टीम हो । उसले ५ वटा उपाधी उचालेको छ । तर, टी२० मा भने उसको यो पहिलो उपाधी हो… Continue reading अष्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधी

आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

काठमाडौं । आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ हरिबोधिनी एकादशी मनाउँदैछन् । एक वर्षभर चौबीस वटा एकादशी पर्छन् । जसमध्ये ठूली एकादशीको महत्व बढी रहेको छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आआफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ । आज… Continue reading आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता

मुस्ताङ । मुस्ताङमा आइतबार आएको भिषण हिउँ पहिरोमा परी सयौं चौरी वेपत्ता भएका छन् । ११ जना मानिस घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका २ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परि बेपत्ता भएको राससले लेखेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई… Continue reading मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता

रोल्पामा जिप दुर्घटना, ४ जनाको मृत्यु

रोल्पा । रोल्पामा आइतबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा माडी गाउँपालिका– ६ का ५१ वर्षिया रुद्र घर्ती, ४७ वर्षीया चौसरा कामी, ५५ वर्षिया टेकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका १८ वर्षीया लिला पुन मगरको भने उपचारको क्रममा मृत्यु भएको छ । जिपमा सवार… Continue reading रोल्पामा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनुषाको रुपैठामा निषेधाज्ञा ३० कात्तिकसम्म लम्ब्याइयो

जनकपुर । धनुषाको जनकपुरधाम उप महानगरपालिका, रुपैठामा आइतबार रातिसम्म जारी गरिएको निषेधाज्ञाको समय ३० कात्तिकसम्म लम्ब्याइएको छ । साम्प्रदायिक सद्भाव बिग्रिने जोखिम रहेको भन्दै यहाँ नारा जुलुस, हुलहुज्जत गर्न रोक लगाइएको हो । स्थानीय प्रशासनले जनकपुरधाम वडा २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।… Continue reading धनुषाको रुपैठामा निषेधाज्ञा ३० कात्तिकसम्म लम्ब्याइयो

महाधिवेशनमा तात्तियो कांग्रेस, सभापतिको नेतृत्वमा मुल तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि तात्तिएको छ । सुस्त शुरुवात गरेको कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति तोकेको छ । सो प्रयोजनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन… Continue reading महाधिवेशनमा तात्तियो कांग्रेस, सभापतिको नेतृत्वमा मुल तयारी समिति गठन

नेपालमा थप ३०६ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ पीसीआर परीक्षण गर्दा २९१ जना र १५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ जना पुगेको… Continue reading नेपालमा थप ३०६ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवाद उन्मुख अर्थतन्त्रकाबारे कर्मचारी जानकार हुनुपर्ने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने विषय कर्मचारीले जान्नैपर्ने बताएका हुन् । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो… Continue reading समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ: अर्थमन्त्री शर्मा

झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार झिनो अंकले घटेको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८अंकले बढेर २८८८ ९२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३० कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

Photo : DNA India

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विशाक्त हावासहितको प्रदुषणका कारण लकडाउन गर्नु पर्ने अवस्था आएको छ । त्यहाँका मूख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि सबै प्रकारका स्कुल बन्द गर्ने घोषणा गरेका छन् । भारतीय संचारमाध्यमले यहाँ प्रदुषणका कारण लकडाउन गर्नुपर्ने अवस्था आएको बताएका छन् । आइतबार प्रदूषणको स्तर निकै खराब श्रेणीमा रहेको बताइएको छ… Continue reading भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

Photograph: Fernando Mendez/AFP/Getty Images

काठमाडौं । इक्वेडरमा एक जेल भित्र कैदीहरुबीच हिंसात्मक झडपमा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ । अन्तरांष्ट्रिय संचारमाध्यमले ६८ जनाको मृत्यु भएको र थप २५ जना घाइते भएको पुष्टी गरेका छन् । त्यहाँको गाकुइल नामक सहरस्थित जेलमा झडप भएपछिको खोज तलासीमा विष्फोटक पदार्थ तथा बन्दुक समेत फेला परेको छ । झडपपछि प्रशासनले सेना परिचालन… Continue reading इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

Reuters

काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् । लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या… Continue reading आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

US Post

पेरिस । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा साविक विजेता फ्रान्स र फिफा नम्बर वान टीम बेल्जियम यूरोपबाट छनोट हुन सफल भएका छन् । केयलिन एमबापेको ह्याट्रिकको मद्दतमा फ्रान्सले काजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै कतारको टीकट काट्न सफल भएको हो । जितसँगै युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ… Continue reading कतार विश्वकपका लागि फ्रान्स र बेल्जियम छनोट

रौतहटमा कार दुर्घटनामा परि चार जनाको मृत्यु

रौतहट । रौतहटमा कार दुर्घटनामा चार जनाको ज्यान गएको छ । यमुनामाई गाउँपालिका ५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तल खाल्डोमा रहेको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा फुटाएर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल… Continue reading रौतहटमा कार दुर्घटनामा परि चार जनाको मृत्यु

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने निश्चित भएको छ । १ मंसिरमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टी गरेको छ । नेपालमा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय अधिकारीसँग भेट्ने भएका छन् । कात्तिक २९ मा माल्दिभ्स भ्रमणमा आउने उनी त्यहाँबाट नेपाल आउने गरि कार्यक्रम तय भएको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु

Photo : economictimes

मणिपुर । भारतको पूर्वी राज्य मणिपुरमा आसम राइफल्सको एक सुरक्षा समूहमाथि हमला भएको छ । एम्बुस थापेर भएको यो हमलामा एक कर्णेल, उनकी पत्नी, ८ वर्षका उनका छोरा र चार जना जवानको मृत्यु भएको छ । घटना शनिवार भएको होे । भारतीय संचारमाध्यमहरुका अनुसार चरचन्दपुरमा मारिएका कर्णेल विप्लव त्रिपाठी आसम राइफल्सका कमान्डिंग अफिसर हुन् ।… Continue reading भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु