साम्प्रदायिक सदभाव खल्बलिने भन्दै धनुषाको रुपैठामा निषेधाज्ञा, किन भयो विवाद ?

धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा पर्ने देवपुरा रुपैठामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी… Continue reading साम्प्रदायिक सदभाव खल्बलिने भन्दै धनुषाको रुपैठामा निषेधाज्ञा, किन भयो विवाद ?

फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

GETTY IMAGES

पेरिस । फ्रान्समा एक जना महिला सैनिकले आफुमाथि सहकर्मीबाटै यौन दुर्व्यवहार भएको सार्वजनिक गरेकी छिन् । यससँगै सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेको स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी हुन् ।… Continue reading फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

नेपालमा २९५ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो… Continue reading नेपालमा २९५ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो… Continue reading न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

काठमाडौं । बहराइनले नेपाललाई कोरोना भाइरसको जोखिम रहेका मुलुकको रेड लिस्टबाट हटाएको छ । नेपालमाथिको यात्रा प्रतिवन्ध हटेसँगै अब नेपाली श्रमिककले बहराइनमा यात्राको अनुमति पाउने छन् । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी गराएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न मुलुकलाई रेड लिस्टमा राखेको थियो ।… Continue reading नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

REUTERS

याङ्गुन । म्यान्मारमा एउटा अमेरिकी पत्रकारलाई त्यहाँको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको हो । बीबीसीका अनुसार फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतको छ । केही दिनअघि उनीविरुद्ध सैन्य… Continue reading एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका… Continue reading एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेपालमा थप ३९७ जनामा कोरोना पुष्टी, ३८९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ पीसीआर परीक्षण गर्दा ३५५ जना र १९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको… Continue reading नेपालमा थप ३९७ जनामा कोरोना पुष्टी, ३८९ जना संक्रमण मुक्त

पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

Photo : BBC

काठमाडौं । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीको पुनः श्रम स्वीकृति विदेशबाटै लिन सक्ने गरि सहजिकरण गरिएको छ । तर, पुनः श्रम स्वीकृतिका लागि पनि बायोमेट्रिक दर्ता भने अनिवार्य छ । श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन समेत बायोमेट्रिक दर्ता अनिवार्य रहेको भन्दै वैदेशिक रोजगार विभागले त्यस्तो दर्ता नभएका कामदार भने नेपाल मै आउनु… Continue reading पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान

काठमाडौं । देशभर तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढेको भन्दै सतर्क रहन सबैमा आह्वान गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न र सतर्कता अपनाउन महाशाखाले भनेको हो । महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि… Continue reading देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान

प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको… Continue reading प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । बेलारुसले आप्रवासी संकटको विषयलाई लिएर यूरोपेली संघले प्रतिवन्ध लगाएमा कडा कदम चाल्ने चेतावनी दिएको छ । त्यहाँका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपको ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएका हुन् । बीबीसीका अनुसार बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश… Continue reading यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, दुई मन्त्री थप

काठमाडौं । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । बिहीबार दुई जना मन्त्रीले नियुक्ति लिएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्दै मन्त्रीपरिषद् बिस्तार गरेका छन् । कात्तिक ११ मा मुख्यमन्त्रीको शपथ लिएका उनले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल… Continue reading बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, दुई मन्त्री थप

हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गरि जारी वकिलहरुको आन्दोलन हिंस्रक बनेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेला धकेल भएको छ । जसमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । वकिलहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । आन्दोलन नेपाल बार एशोसिएशनको आयोजनामा भइरहेको छ… Continue reading हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

काठमाडौं । अब नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यहरुमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले विभिन्न वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यात्रुले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् । सम्झौता अनुसार अब नेपाल एयरलाइन्सको टिकटबाट यूरोपका विभिन्न… Continue reading अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

नेपालमा थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९पीसीआर परीक्षण गर्दा ३०१ जना र ३०४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ… Continue reading नेपालमा थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९ रुपैयाँ बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading रोकिएन् शेयर नेपाली बजारको पहिरो, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

काठमाडौं । कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिन लागिएको हो । दिनभरि कमाएर साँझ… Continue reading कोरोना प्रभावित अतिविपन्न परिवारलाई १० हजार अनुदानका लागि आवेदन दिन आह्वान

जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । देशभर ४० हजारको संख्यामा गणक खटिँदैछन् । उनीहरुले करीव ७० लाख घरमा पुगेर ३ करोड हाराहारी जनसंख्याको विवरण टिपोट गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा सत्य विवरण टिपाएर सहयोग गर्न आह्वान गरेका छन् । घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन उनले… Continue reading जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम्… Continue reading शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै आजबाट छठ पर्व सकिएको छ । सामाजिक एकता र सदभावको पर्वको रुपमा छठको महिमा रहेको छ । बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएसँगै छठ व्रत पुरा भएको हो । नेपालको तराई मधेशका जिल्लामा यो वर्ष धुमधामले मनाइन्छ । पोखरी,ताल नदी तथा… Continue reading उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

काठमाडौं । १२ औँ राष्ट्रिय जनजणना बिहीबारबाट शुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारीको काम पुरा भएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि देशभरबाट ४० हजार गणक खटिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । जनगणनामा खटिने गणकको सहजीकरणमा आठ हजार पाँच सय जना सुपरीवेक्षक खटिने भएका छन् । ४० हजार जना गणकले हरेक… Continue reading राष्ट्रिय जनगणना बिहीबारबाट, ८० वटा प्रश्न बोकेर गणक घर-घर पुग्ने

सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यास किन्न १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । हवाई इन्धनमा प्रतिलिटर ५… Continue reading सरकारले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि

डडेलधुरा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा

काठमाडौं । नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशीसहितको टोली नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले डडेलधुरा पुगेर अध्यक्ष जोशीसहितको टोली एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो । एमालेको ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीसहित दुईतिहाई सदस्य समाजवादीमा समाहित भएका हुन्। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा… Continue reading डडेलधुरा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा

बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

Reuters

काठमाडौं । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने भएको छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ… Continue reading बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

नेपालमा थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षण गर्दा ३८७ जना र १४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ७७२ जना पुगेको… Continue reading नेपालमा थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी… Continue reading प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

TWITTER/@MALALA

बर्मिंघम । नोबेल शान्ती पुरस्कार विजेता मलाला यूसुफज़ई विवाह बन्धनमा बाँधिएकी छिन् । उनी स्वयमःले ट्वीट गर्दै यसबारे जानकारी गराएकी हुन् । बेलायतको बर्मिंघम शहरमा उनको विवाह भएको हो । यो उनको पतिको घर हो । २४ वर्षिय मलालाले असर मलिकसँग मुस्लिम परम्परा अनुसार विवाह गरेकी हुन् । निकाह भनिने यो सत्कारपछि उनले यो दिन… Continue reading नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । पोल्याण्डको बेलारुससँगको सीमानामा हजारुौं आप्रवासी आएर रोकिएका छन् । उनीहरु पोल्याण्ड प्रवेश गर्न चाहन्छन् । यी आप्रवासीलाई त्यहाँसम्म ल्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको पोल्याण्डका प्रधानमन्त्री माटयुस मोराभियस्कीले आरोप लगाएका छन् । बीबीसीका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्का रुस निकट रहेको र पुटिनकै योजनामा बेलारुसले यस्तो संकट उत्पन्न गराएको उनको आरोप छ… Continue reading बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

आज छठ पूजा, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपालसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न मुलुकमा आज छठ पर्व धुमधामका साथ मनाइंदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी यो पर्व मनाउन लागिएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरि पर्व मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको… Continue reading आज छठ पूजा, देशभर सार्वजनिक बिदा