काठमाडौं । भैरहवामा हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट हुने भएको हो । छुटको योजना १४ जेठबाट एक वर्षसम्म लागु हुने… Continue reading गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट
Category: फिचर
कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना
दैलेख । कालिकोटबाट नेपालगन्जका छुटेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटनामा ठूलो हताहतीको आहंक गरिएको छ । यद्दपी क्षतिको विवरण भने आइसकेको छैन । बस यात्रुले खचाखच भरिएको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल… Continue reading कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना
एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण आफ्नै पार्टी भित्रको अन्तर्घात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस र माओवादीमा यस्तो नभएको बताए । साथै पार्टी अन्य दलका कारण नभई एमालेकै कारण चुनावमा हारेको समेत अध्यक्ष ओलीको भनाई छ… Continue reading एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित
बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए… Continue reading बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक
काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने… Continue reading भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक
बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि… Continue reading बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’
रवीन्द्र मिश्रद्वारा विवेकशील पार्टीका अध्यक्षबाट राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । मिश्रले भनेका छन्- स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५… Continue reading रवीन्द्र मिश्रद्वारा विवेकशील पार्टीका अध्यक्षबाट राजीनामा
रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरी जन्मनासाथ १ लाख रुपैयाँ बराबरको बीमा हुने निर्णय गरेकी छिन् । पदभार ग्रहणका अवसरमा पहिलो निर्णय गर्दै उनले मासिक सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा समेत गरेकी हुन् । खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले भनाई छ । उनका… Continue reading रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क
अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागमा हस्तान्तरण भएको छ । मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् । अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको… Continue reading अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको… Continue reading अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने
काठमाडौं । अब भैहरवा र पोखराबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित काम हुने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँ वैदेशिक रोजगार कार्यालयको माग बढेको थियो । भैरहवामा जेठ भित्रै कार्यालय संचालनमा ल्याइने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माणको अन्तिम चरणमा रहेका… Continue reading बैदेशिक रोजगारीसम्बन्धी काम पोखरा र भैरहवाबाट पनि हुने
गैरआवासीय नेपालीलाई डिजिटल परिचय पत्र दिइने
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने… Continue reading गैरआवासीय नेपालीलाई डिजिटल परिचय पत्र दिइने
चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर
ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि… Continue reading चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर
सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति
काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोर बनेका छन् । उनले यस्तो विश्व कीर्तिमान बनाएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४।९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) मा नाम लेखाउन सफल भएका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड… Continue reading सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति
सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले देशभरका सामुदायिक विद्यालयमा इण्टरनेट ५० प्रतिशत दर कम गर्ने नीति सार्वजनिक गरिन्। साथै एक सय सामुदायिक… Continue reading सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, दूर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा
सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल
काठमाडौं । सरकारले घरजग्गा किनबेचको काममा हाल हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्ण रुपमा डिजिटल गरिने भएको छ । मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घर जग्गासँग सम्बन्धित सरकारी कामलाई पूर्ण रुपमा डिजिटल गर्ने घोषणा गरेकी हुन् ।… Continue reading सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल
उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने
काठमाडौं । सरकारले घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव… Continue reading उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने
ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने
काठमाडौं । सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । ‘ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नतिलाई प्राथमिकता दिइने छ’, निति तथा कार्यक्रममा भनिएको… Continue reading ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने
घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था
काठमाडौं । सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ । घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् । सरकारको नीति… Continue reading घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था
कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति
काठमाडौं । सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् । राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम… Continue reading कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति
नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने
काठमाडौं । सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको छ। राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख गरेको छ। यसका लागि सबै कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने उल्लेख छ। नीति कार्यक्रममा कर प्रणालीको पुनरावलोकन गरी व्यवस्थित गरिने र राजस्व संकलन प्रणालीमा पनि सुधार गरिने पनि उल्लेख छ। त्यस्तै सरकारले पुँजीगत खर्च… Continue reading नीति तथा कार्यक्रम: विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने
६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे
काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको बताइन् । त्यसैगरी यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे र एक सय पुल निर्माण… Continue reading ६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे
यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको छ। संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्। चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।… Continue reading यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से १६३२ अंकले बढेर २२१७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँ बराबरको ३१ लाख ७३०… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन । विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ गरेको हो । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा… Continue reading यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी
वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा एमालेले ठूलो हारा बेहोरेको छ । यस महागरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा एमाले छिरेका सरावगीलाई जनताले भने विश्वास गरेनन् । कुल… Continue reading वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी
सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिने
काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३३ अर्ब रुपैयाँ ऋण सहायता लिने भएको छ । यसका लागि वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसारविश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने झन्डै ३३ अर्ब रुपैयाँ… Continue reading सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिने
विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?
काठमाडौं (बीबीसी)। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ। अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ। उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन्। अफ्रिकाको मध्य… Continue reading विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?
आज नीति तथा कार्यक्रम आउने, राष्ट्रपति संसद भवन जाने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट साँझ ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सरकारले कृषि, स्वदेशी उद्योग र आत्मनिर्भर अर्थतन्त्रलाई प्रांथमिकता दिने गरी नीति तथा कार्यक्रम बनाएको छ । सोही अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो ।… Continue reading आज नीति तथा कार्यक्रम आउने, राष्ट्रपति संसद भवन जाने
रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर
चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । मंगलबार बिहान रेनुले ५२ हजार ३० मत पाइन । एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनु र विजयबीचको मत अन्तर १२ हजार ४४९ छ । मतगणनाको परिणाम सार्वजनिक भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाउन… Continue reading रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर