Category: फिचर

  • कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

    कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

    काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

    सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व स्वीकारेको थियो । जसअनुसार पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

    समितिले सो रकम बीमा कम्पनीहरु मार्फत पहिले दाबी परेकाहरूको प्राथमिकताका आधारमा भुक्तानी गर्ने जनाएको छ । कोरोना बीमा १७ लाख ५८ हजार ३४३ जनाले गरेकोमा १ लाख ६५ हजार ५९ बीमितको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दाबी परेको थियो ।

    जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड दाबी भुक्तानी गरिसकेका छन् । कोभीडको समयमा बीमा गर्न सरकारले बनाइएको मापदण्ड अनुसार सरकारले तिर्नुपर्ने १२ अर्बभन्दा बढी दायित्व बाँकी छ । जसमध्ये १ अर्ब रकम निकासा गरेपछि ११ अर्ब रुपैयाँ अझै बाँकी रहन्छ ।

    डेढ वर्षदेख कारोना बीमा दाबी भुक्तानी गर्ने बिमीतले हालसम्म रकम पाएका छैनन् । सरकारले भुक्तानी दिने बताएपनि स्रोत सुनिश्चित गरेको थिएन् । २०७७ जेठमा बीमा कम्पनी,समिति र सरकारबीच कोरोना बीमाको दाबी भुक्तानी सबैले बेहोर्ने सहमति भएको थियो ।

    उक्त मापदण्ड अनुसार १ अर्ब रुपैयाँसम्मको दाबी बीमा कम्पनीहरू, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट दाबी भुक्तानी बेर्होनु पर्ने थियो ।

    साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा समिति र साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो  ।

    कम्पनीहरुले आफूले बेहोर्नुपर्ने दायित्व भुक्तानी गरिसकेका छन् भने सरकारले रकम नदिएपछि गत चैतदेखि बाँकी रहेको दाबी भुक्तानी दिन समेत बन्द गरेका छन् ।

    बाँकी रहेको रकम भुक्तानीका लागि १ लाख १३ हजार ३९० वटा दाबी परेको छ । कोभीड अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीले १७ लाख ५८ हजार ३४३ बीमा लेख जारी गरेर १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

  • नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

    नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८७५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । बुधवार ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    विहीवार कारोबारमा आएका १३ वटा उपसमूह मध्ये इनभेष्टमेन्ट,विकास बैंक र ट्रेडिङ बाहेक सबै समूहको परिसूचक घटेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको भएको छ ।

    यसको आज तीन करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ । यसैगरी, गरिमा विकास बैंक,एभरेष्ट र नबिल बैंकको २ करोड रुपैयाँ बढकिो शेयर किनबेच भएको छ ।

  • माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

    माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी‍का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयाेगले २४ घण्टे स्पष्टीकरण साेधेकाे छ ।

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।

    नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ।

    त्यस्तै अध्यक्ष नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ। निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन निर्देशन दिएको हो ।

  • पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

    पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

    काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् ।

    बिहीबार सम्पन्न एथलेटिक्समा जयरानीले टिम स्पर्धामा दुई र एकल स्पर्धामा तीन स्वर्णपदक जितेकी हुन् ।

    जयरानीले एकल स्पर्धातर्फ ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फमा स्वर्णपदक जितेकी हुन् ।

  • प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ।

    खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ।

    असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिमको मृत्यु भएको थियो।निसिमको मृत्यु पछि देशभर प्याराग्लाइडिङमा रोक लगाइएको छ।

  • नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

    नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

    काठमाडौं । नेपालमा डेंगुको सेरोटाइप–३ पहिलोपटक पुष्टी भएको छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।

    अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो ।

    यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टी भएको थियो ।

    जटिलताका हिसाबले डेंगुका सबै सेरोटाइप उस्तै भए पनि एकपटक एउटा सेरोटाइपबाट संक्रमित भएका व्यक्तिलाई दोस्रोपटक फरक सेरोटाइपले संक्रमण गराए जटिलता बढी बताइएको छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिए । युुरोपेली सङ्घ इयूले हालै नेपालको अडिट गरिसकेको छ । नेपाल ईयूको कालोसूचीमा छ । नेपालमा हालै विश्व बैंकको टोलीले समेत सुरक्षा अडिट पुरा गरेको छ । उता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगनको पूर्ण अडिटको अन्तिम रिपोर्ट समेत आइसकेको प्राधिकरणले जनाएको छ ।

  • तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    ललितपुर । तिहारलक्षित गोदावरी फूल मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

    फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । तिहार तथा छठ पर्व, घर आँगनरबगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो । प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

    प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कटफ्लावर प्रजाति रहेका छन् । यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् । यो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा हुन लागेको हो ।

    मेलामा प्रवेशका लागि साधारणतर्फ एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ । प्रदर्शनीमा अवलोकनकर्तामध्ये ५ जनालाई विजेता घोषणा गरी ६ गते बेलुका सिभिल मलमा हुने चलचित्र ‘महापुरुष’ को प्रिमियर शोमा महजोडीसँगै सहभागी हुने अवसर दिइने एसोसिएसनले जनाएको छ । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ ।

  • १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

    १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसससँगै डलरको मूल्य सबैभन्दा माथिल्लो विन्ुदमा पुगेको हो । डलरको भाउ बुधबार १ सय ३२ रुपैयाँ ८ पैसा थियो ।

    डलर खरिदमा उच्च चाप बढेसँगै अहिले डलरको मूल्य निरन्तर बढिरहेको छ । जसका कारण नेपाली मुद्रा कमजोर बनेको छ । नेपाल आयातमूखी अर्थतन्त्र भएको मुलुक हो । सोहीकारण डलर बढ्दा आयातित सामानको मूल्य बढ्छ । डलरको भाउ उच्च रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ । किनकी डलरको तुलनामा नेपालमा मूल्य अधिक प्राप्त हुन्छ ।

  • राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

    राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

    पोखरा । गण्डकी प्रदेशमा चलिरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको दवदवा कायम छ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ। अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १५८ पदकसहित दोस्रो स्थानमा छ।

    तेस्रो स्थानमा रहेको अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १७६ पदक जितेको छ। घरेलु टोली गण्डकी प्रदेश चौथो स्थानमा उक्लिएको छ। उसले २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १०६ पदक जितेको छ। बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १२३ पदकसहित पाँचौ स्थानमा छ। छैठौं स्थानमा रहेको एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेको छ। कुल ७५ पदक जितेको प्रदेश नम्बर १ ले ९ स्वर्ण २२ रजत र ४४ कास्य जितेको छ। मधेश प्रदेशले ५ स्वर्ण जित्दा लुम्बिनीले ४ तथा कर्णालीले २ स्वर्ण जितेका छन्।

  • आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

    आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

    पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । महिना भने तय हुन बाँकी छ ।

    बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका छन् । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिँदैछ ।

  • राष्ट्रिय खेलकुदको समापन आज

    राष्ट्रिय खेलकुदको समापन आज

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ ।

    यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ । समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

  • प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ ।

    उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको छ । उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

  • बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

    बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

    बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    मृत्यु हुने मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ ।

    बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत हुन् । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

  • भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

    भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

    एजेन्सी । भारतमा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर गएको हो ।

    मतपरिणाम अनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। ४१६ मत बदर भएका थिए।

    ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।

  • खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

    रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

    उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

  • सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

    सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

    लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

    पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

    असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

    विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

    भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

  • आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

    आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

    काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुको दबादबा कायमै रहेको छ ।

    आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बुधवार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

    उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।

    मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिएका छन् । घटनाको थप विवरण आएको छैन ।

  • युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित

    युक्रेनमा पानी र विद्युतको आपूर्ति नराम्रोसँग प्रभावित

    काठमाडौं । रुसी सेनाले युक्रेनको उर्जा सेवालाई फेरि निसानामा पार्दा राजधानी किएभका केही क्षेत्रसहित अन्य सहरमा बिजुली र पानी आपूर्ति बन्द भएको छ। बीबीसीका अनुसार राजधानीमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ। किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ र डिनिप्रोमा दुईवटा केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।


    ूपहिलो कुरा बिजुली बचत गर्न र दोस्रो यदि आक्रमण जारी रह्यो भने अन्धकारमा बस्न पनि सबैजना तयार हुनुपर्छ,ू युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले भनका छन्, ‘सम्पूर्ण जनसङ्ख्या कडा जाडोको लागि तयार हुन आवश्यक छ।’ किएभलाई कामिकाजी ड्रोनले प्रहार गरेको २४ घण्टापछि पछिल्लो आक्रमण भएको हो।

    इरानमा निर्मित ठानिएको उक्त मानवरहित ड्रोन आक्रमणबाट राजधानी किएभमा कम्तीमा पाँच जना र उत्तरी सहर सुमीमा चार जनाको ज्यान गएको तथा सयौँ सहर र गाउँहरूमा विद्युत् आपूर्ति बन्द भएको विवरणहरू आएका छन्। ती हमलाहरूले कैयौँ महत्वपूर्ण पूर्वाधारहरूमा प्रहार भएको बताइएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलवार ट्विटरमा लेखेका छन्,‘ गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू ध्वस्त भएका छन् त्यसले गर्दा देशभरि व्यापक अन्धकार भएको छ।’

    रुसले हालैका साताहरूमा युद्धको अग्रमोर्चाभन्दा टाढाका सहरहरूमा विद्युत् तथा अन्य पूर्वाधारहरूमा आक्रमण बढाएको छ। अधिकारीहरूले क्षतिग्रस्त संरचनाहरूको मर्मत गरिरहेका छन् तर आउँदो जाडोअघि प्रणालीले कसरी काम गर्छ भन्ने चिन्ता बढेको छ। आक्रमणहरूमा ड्रोनहरू कुन हदसम्म संलग्न थिए भन्ने प्रारम्भमा स्पष्ट भएको थिएन।

    यद्यपि युक्रेनले रुसले क्षेप्यास्त्रहरू प्रहार गरेको र कतिपयको ज्यान गएको जनाएको थियो। केही सहरहरूमा युक्रेनीहरूले ऊर्जा उत्पादनका लागि जेनरेटरहरू र ग्यास बर्नरहरू खरिद गरिरहेका छन्। देशैभरिका मानिसहरूलाई मुख्य विद्युत् खपत हुने समयमा त्यसको खपत कम गर्न भनिएको छ। केही सहरहरूले पहिले नै विद्युत आपूर्ति अभावको समस्या बेहोरिरहेका छन्।

  • आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी गराएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • विप्लव पुन: महासचिव चुनिए

    विप्लव पुन: महासचिव चुनिए

    काठमाडौं । नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । हालै सम्पन्न नवौं महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएको पार्टीले जनाएको छ ।

    नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ ।

  • झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

    झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

    झापा । झापामा आफैलाई गोली हानेर एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको को गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर घाइते बनाएका एक व्यक्तिले ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको अनुमान गरिएको छ ।

    उनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानेर घाइते बनाएको समेत बताइएको छ । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार जारी छ । उनी सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त भएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको छ ।

  • काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर(३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो।

    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए। ‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’ यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।

    ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, ुव्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’ ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।

  • एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

    पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’ उता, मंगलबार झापा पुगेका ओली अस्वस्थ बनेका छन् । जसका कारण उनको चुनावी अभियान समेत प्रभावित बनेको छ ।

  • ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो ।

    चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा ५.१७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

    पूँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने धेरै गरेको छ । ३ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब ७५ करोड चालु खर्च गरेको छ । यो कुल लक्ष्यको १८.९१ प्रतिशत हो ।

    समग्र बजेट खर्च पनि लक्ष्यभन्दा कम रहेको छ । असोजसम्म सरकारले कुल बजेटको १५.९१ प्रतिशत खर्च गरेको छ । चालु आवमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको हो ।

  • संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

    संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ ।

    महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

    अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत दिएको छ ।

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुहुन अनुरोध छ ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

  • नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

    नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

    काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्।

    नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्।

    २०७९ को असारसम्म नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या १ करोड १२ लाख पुगेका छन्। गएको साउनमा यस्तो संख्या ५३ लाख मात्र थियो। सतप्रतिशतले बढेका छन्। टेलिकमले गएको वर्ष देशव्यापी फोरजी कभरेज विस्तार गरेपछि प्रयोगकर्ता बढेका हुन्।

    एक वर्षमा एनसेलका १६ लाख ४ हजार २ सय ९२ फोरजी प्रयोगकर्ता थपिएका छन्। फोरजीसहित मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड नाघेको छ।

  • बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

    बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

    काठमाडौं । कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका हुन् ।

    बैंकको कार्ड स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको नेटवर्क स्वीचमा कार्ड नेटवर्कको म्यानडेट इन्स्टल गर्नुपर्ने भएकाले कार्ड र एटीम सेवा बन्द हुने भएको हो ।

    सो अवधिमा विद्युतीय कारोबारका अन्य माध्यम प्रयोग गर्न बैंकले ग्राहकमा अनुरोध गरेको छ ।

  • केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

    केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

    काठमाडौं । प्रसिद्ध धार्मिकस्थल केदारनाथनजिकै हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर पर गरुडचट्टीमा आज हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सवार सातै जनाको मृत्यु भएको छ।

    खराब मौसम र बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर गुप्तकाशीबाट केदानरनाथतर्फ उडेको थियो।

    दुर्घटनाग्रस्त हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको हो।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनपछि केदारनाथकै यात्रामा निस्कन लागेका छन्। उनी बद्रीनाथ पनि जाने कार्यक्रम छ। तर मौसम खराब भएको र दुर्घटना भएको परिदृश्यमा उनले अब यात्रा नगर्ने सम्भावना रहेको छ।