नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

काठमाडौं  । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ । ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको… Continue reading नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा… Continue reading नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ पुगेको छ । जेठ ४ मा बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको छ । ४ गते ज्यान गएपनि उनको सोमबार मात्र रिपोर्ट आएको थियो । वृद्धको… Continue reading नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।

डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्ति जारी गरेर सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् । उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा,… Continue reading डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा सोमबार बिहान ७२ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा तीन जना सहित ७२ जना थप बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३ र काठमाडौंमा ३ जनामा कोरोना देखियो । यसैगरी बारामा २, रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरिमा २, बर्दियामा 1,… Continue reading काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

भारतमा खुल्यो आन्तरिक उडान

नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान

नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

काठमाडौं । नेपालमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ६०८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा आइतबार साझ ५ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५… Continue reading नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

एकै पटक डिस्चार्ज भए कोरोनाका १८ बिरामी

वीरगञ्ज । नेपालमा एकै पटक १८ जना कोरोना सङ्क्रमितले कोरोनालाइ जित्न सफल भएका छन् । आइतबार राती कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भए । लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । राती डिस्चार्ज हुनेहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्य हुन् । यस… Continue reading एकै पटक डिस्चार्ज भए कोरोनाका १८ बिरामी

न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्‍यु हुनेहरुको अनुपात उच्च देखिएको हो । अधिकांश गरिबीको… Continue reading न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

काठमाडौं । पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ । भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेका हुन । भारतीय ह्याकरले‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका थिए… Continue reading प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सामात्र नभइ भुमी नै फिर्ता ल्याउन कुटनैतिक पहल गर्न सरकारसङ्ग माग गरेको छ । काङ्ग्रेसले सुगौली सन्धिअनुसार लिम्पियाधुरापूर्वका सबै भूगोल नेपालको भएको समेत स्पष्ट पारेको छ । नक्सामा समेटिएका यी भूभागलाई आफ्नो अधीनमा ल्याउन प्रभावकारी कूटनीतिक पहलको लागि दलले सरकारसँग माग गरेको हो । काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आइतबार… Continue reading नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस

अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ। सफा नोट नीति कार्यान्वयनलाई संशोधन गर्दै राष्ट्र बैंकले नोटहरुलाई तीन किसिमले वर्गीकरण गरेर व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। निर्देशन अनुसार नोटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य… Continue reading अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने

उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका… Continue reading उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको… Continue reading नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

सियान–नेपाल कार्गो रेल सेवा शुरु

काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट नेपालका लागि कार्गो ढुवानी सेवा शुरु भएको छ । सियानबाट काठमाडौं सामान पु¥याउने गरी कार्गो सेवा प्रारम्भ भएको हो । सियान सहरबाट पिभिसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको काग्रो रेल शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेको लागि प्रस्थान गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।… Continue reading सियान–नेपाल कार्गो रेल सेवा शुरु

कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ११४ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ । शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना… Continue reading कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आइतबार बिहान सुत्ने ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टी गरेको छ । ती असईको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको प्रहरी स्रोतको भनाई रहेको छ ।… Continue reading स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा.… Continue reading लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

न्युयोर्क न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि… Continue reading ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

न्युयोर्क       मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्‍यु भएको छ ।  न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्‍यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी… Continue reading कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

बुटवल । नेपालमा शनिबार साझ थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा… Continue reading नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले भारतस्थित १५ बर्षीया एक बालिकाको प्रसँसा गरेकी छिन् । भारत बिहारको दरभंगा घर भएकी ज्योती पासवानले आफ्नो घाईते पितालाई गूडगाँऊदेखि दरभंगाको आफ्नो घरसम्म एक्लै साइकलमा १२ सय किलोमिटर तय गर्दै पुर्याएको खबर पछि राष्ट्रपति ट्रम्प पुत्री ईभान्काले ट्विटर् मार्फत प्रसँसा गरेकी हुन । ईभान्काले… Continue reading बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा

शनिबार बुटवलमा पनि निको भए १० संक्रमित

बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यस रोगलाई पराजित गर्ने बिरामीको संख्या समेत बढ्दो छ । शनिबार वीरगन्जमा ९ जना डिस्चार्ज भएका थिए । साँझ बुटवलमा थप १० जना बिरामी डिस्चार्ज भएका छन् । शुक्रबार समेत बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । शनिबार साँझ बुटवलको कोरोना… Continue reading शनिबार बुटवलमा पनि निको भए १० संक्रमित

नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

काठमाडौं। नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको हो । जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना… Continue reading नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार  थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।

शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय… Continue reading शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा लकडाउन जारी छ । लकडाउनपछि बन्द रहेका कर्मचारी संचय कोषका सेवा अब शुरु हुने भएका छन् । अहिलेलाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने लागिएको कोषले जनाएको छ । कोरोनाका कारण ११ चैतदेखि सरकारले लकडाउन शुरु गरेको हो । त्यसपछि कोषका सबै सेवा बन्द थिए… Continue reading कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

भारतमा १ लाख २५ हजारलाई कोरोना

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार… Continue reading भारतमा १ लाख २५ हजारलाई कोरोना

काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको… Continue reading काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए