एजेन्सी५ असार, काठमाडौं । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले… Continue reading सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
Category: फिचर
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
एजेन्सी५ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् । ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुलेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त… Continue reading इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
एजेन्सी५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्याए । “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के… Continue reading ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
५ असार, काठमाडौं । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ । गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना… Continue reading लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
४ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । महानगरपालिकाका प्रमुख… Continue reading महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने
४ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र… Continue reading इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने
तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण
४ असार, काठमाडौं । सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको बताए । “ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम… Continue reading तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण
विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ
४ असार, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । उनले भने, “एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो… Continue reading विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
४ असार, काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार… Continue reading सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । “पक्राउ परेकामध्ये… Continue reading नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
अमेरिकामा निधन भएका नेपालीको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो
४ असार, गोरखा । अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् । गत जेठ अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान… Continue reading अमेरिकामा निधन भएका नेपालीको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो
काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?
४ असार, काभ्रे । काभ्रेका स्थानीय तहले औसतः प्रदर्शन गरिरहेको देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१–०८२को प्रगति समीक्षा सोमबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो । धुलिखेल अस्पतालस्थित अडिटोरियम… Continue reading काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?
तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश… Continue reading तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
४ असार, वीरेन्द्रनगर । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती… Continue reading रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
४ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर… Continue reading लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी
४ असार, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर… Continue reading स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
४ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान… Continue reading आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था… Continue reading किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
एजेन्सी४ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी… Continue reading इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु
भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
३ असार, काठमाडौं । भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीहरू पहिले नै तेहरान छोडेर गएको बताएको… Continue reading भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो । “शुक्रबारको आक्रमणपछि… Continue reading इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप… Continue reading ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
३ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ… Continue reading चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको… Continue reading कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नौकुण्ड गापा… Continue reading रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
३ असार, लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद… Continue reading राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
३ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन… Continue reading चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो। दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका… Continue reading एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी
३ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी… Continue reading वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी
सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित
३ असार, काठमाडौं । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको… Continue reading सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित