मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु

गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर… Continue reading मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु

ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। केही दिनयताको ज्वरो निको नभएको र त्यसका कारण शारीरिक कमजोरी भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनको समस्या पहिचान भएपछि पथ उपचारबारे पत्ता लाग्ने छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकले… Continue reading ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति

Photo : Lonely Planet

काठमाडौं । आन्तरिक उडानका जहाजहरुमा समस्या दोहोरिन थालेसँगै सरकारले अध्ययन समिति बनाएको छ । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता… Continue reading जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति

नेपालमा थप ११५७ जनामा कोरोना पुष्टी, १११३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३८८९ एन्टिजेन परीक्षण गर्दा २६५ गरी ११५७ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार… Continue reading नेपालमा थप ११५७ जनामा कोरोना पुष्टी, १११३ जना संक्रमण मुक्त

भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ । अमेरिकी नागरिक पर्यटन भिषामा १८० दिनमात्र बस्न पाउने प्रावधान अनुसार उनलाई यो वर्ष नेपाल प्रवेशमा गृहमन्त्रालयले रोक लगाएको हो । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गायक गजमेरले नेपाल… Continue reading भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोचच अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ। २०७७ भदौ १२ मा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइ आज (बुधबार) तोकिएकोमा हेर्न नभ्याइनेमा परेको हो। सर्वोच्च अदालतले संवैधानिक इजलासले गौतमको मनोनयनविरुद्धको रिट हेर्न नभ्याइने जानकारी दिएको हाे। प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार… Continue reading वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो । सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ । बुधबार सेयर बजार मापक सूचक नेप्से… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ। साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ। प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी… Continue reading प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु

file : BBC

काठमाडौं । चीनको गुझाउ प्रान्तमा एक पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार चीनको जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका छन् । अधिक भारका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार… Continue reading चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु

माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान हिमालय एयरलाइन्सको कार्गो उडानबाट उनी बैंकक गएका हुन् । बैंककमा हिमालयको नियमित उडान भने छैन । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा… Continue reading माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान

विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली

File

काठमाडौं । वैदेशिक रोजगारीमा गएर घर फर्कने नेपालीलाई सुन तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नेपाली फस्ने क्रम बढ्दै गएको छ । प्रहरीले गत आइतबार मात्र यसरी भरियाका रुपमा सुन बोकेर आएका १७ जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो दिन कुल नौ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ… Continue reading विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली

काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

काठमाडौंं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट एक बालक वेपत्ता भएका छन् । प्रहरीका अनुसार भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएका हुन् । बालक सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा… Continue reading काठमाडौंको कपनबाट ४ वर्षिय बालक वेपत्ता

प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर… Continue reading प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा

नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो । आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ… Continue reading नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी ११५८ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार… Continue reading नेपालमा थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

काठमाडौं । यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा-जोमसोम उडान गर्ने भएको छ। नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो। यति एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई… Continue reading असोज २३ देखि तारा एअरको पोखरा–जोमसोम नियमित उडान

मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा… Continue reading मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

REUTERS\BBC

लण्डन । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । यसले खुलेका पम्पमा ठूलो भिड लागेको छ । यो अवस्था सहज बनाउन बेलायतले सेना परिचालन गर्ने भएको छ । बीबीसीका अनुसार सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम समेत… Continue reading बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले नेपाल अन्तर्राष्ट्रिय मामलामा एक स्वतन्त्र मुलुक रहेको सन्देश दिए । उनले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको उल्लेख गरे । महासभालाई उनले मंगलबार बिहान सम्बोधन गरेका हुन् । अमेरिकाको न्यूयोर्कमा महासभा जारी छ । परराष्ट्रमन्त्री खड्काले… Continue reading संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुलाई विभाजन गर्न खोजेको भन्दै नेपाली महावाणिज्य दूतावास न्यूयोर्कप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ, प्रवाशी नेपाली मञ्च अमेरिकाका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन र प्रवाली नेपाली समाज अमेरिकाका अध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् । महावाणिज्य दूतावासले… Continue reading अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । रकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिन लागेको हो । सो प्रावधान केवल एमाले… Continue reading राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

काठमाडौं । सोमबार बिहान १०) बजेको समयमा काठमाडौंको आकासमा एक जहाजले करीव १० फन्का लगायो । अन्य उडान अवतरण बन्द भएको समयमा एउटै जहाजले १० फन्को मार्दा काठमाडौंबासीलाई अचम्म लाग्नु स्भाविक थियो । त्यतिन्जेल संचारमाध्यमहरुमा खबर फैलियो, काठमाडौबाट विराटनगर उडेको जहाज त्यहाँ ल्याण्ड हुन नसकी काठमाडौं फर्किएको छ । समस्या थियो ल्याण्डिंग गिर नखुल्नु अर्थातः… Continue reading बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १२८२ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार… Continue reading नेपालमा थप १२८२ जनामा कोरोना पुष्टी, १२६२ जना संक्रमण मुक्त

रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ६२ अंकले घटेको बजार आज त्याुभन्दा धेरै अंकले घटेको हो । यससँगै नेप्से २७०० विन्दु तल झरेको छ । लगातार घटेसँगै नेप्से ६ महिना अघिकै विन्दुमा पुगेको छ । गत वैशाख ३० गते सेयर बजार २६८५ विन्दुमा रहेको थियो। सोमबार सेयर बजार मापक सूचक… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

Reuters

काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा… Continue reading कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो, कतिले लगाए ?

फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

काठमाडौं । सरकारले वडा दसैँलाई लक्षित गरि सवारी साधनको रुट इजाजत खुला गरेको छ । यस वर्ष दशैंको फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनले नेपालभर जहाँ पनि यात्रा गर्न सक्ने गरि इजाजत खुला गरेको हो । यातायात व्यवस्था विभागका अनुसार त्यसपछि भने तोकिएको रुटमा मात्र सवारी साधन चलाउन पाइने छ । दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट… Continue reading फुलपातिदेखि पूर्णिमासम्म सवारी साधनले रुट इजाजत लिन नपर्ने

अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानमा तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने काम इस्लामिक कानून विपरित रहेको भन्दै त्यस्तो कार्य नगर्न उर्दी जारी गरेको छ । बीबीसीका अनुसार अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लागेको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने समेत बताइएको छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन आएको जानकारी… Continue reading अफगानिस्तानमा दारी काट्ने वा मिलाउने काम बन्द गर्न तालिबानको उर्दी

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटेका छन् । भेटमा दुई देशको सम्बन्धलाई अझ मजवुत बनाउने सम्बन्धमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी गराएका छन्… Continue reading नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

काठमाडौं । आजबाट काठमाडौं उपत्यकाबाट लामो दूरीमा चल्ने बसमा अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरि टिकट बुकिङ खुलेको हो । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।… Continue reading आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

रसुवा जिल्लाको संक्षिप्त चर्चा

सरस्वती न्यौपाने, रसुवा बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता… Continue reading रसुवा जिल्लाको संक्षिप्त चर्चा