इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका… Continue reading इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि ५६ जना आकंक्षी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाको उम्मेदवारी परेको हो । यसमा यसमा मूख्य प्रतिस्पर्धा भने गठबन्धन र एमाले बीच हुने छ । स्वतन्त्रतर्फ बालेन साह लोकप्रिय बनेका छन् । राप्रपा र विवेकसिलले समेत… Continue reading काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा ७१ हजार, २३७ जना चुनावी मैदानमा उत्रिएका छन् । कुल ३५ हजार, २२१ जना पदाधिकारीका लागि वैशाख… Continue reading स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको… Continue reading काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

काठमाडौं । चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा बढेको छ । फागुनको तुलनामा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट… Continue reading एक महिनामा कामको खोजीमा बाहिरिए साढे ५५ हजार नेपाली

डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत… Continue reading डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेद्वारी परेको छ । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा रेणुमाथि कांग्रेस नेताले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र… Continue reading प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर… Continue reading एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । सिंहले दिउँसो उमेदवारी दर्ता गराउने छिन् । कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो। दिउँसो शान्तिबाटीकामा भेला भएर उमेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसले जनाएको… Continue reading काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबुलाई नै उठाउने

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् । विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए। यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल या डा। डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेका थिए… Continue reading कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबुलाई नै उठाउने

४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित

© Ludovic Marin/AFP/Getty Images

पेरिस । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन्। बीबीसीका अनुसार माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो। आइफल टावरको फेदमा उदारवादी… Continue reading ४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित

सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

file

काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार शिविर पुगेको छ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ(आफ्नो आधार शिविर पुगेका हुन्। सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्‍चनजंघामा खटिएका टोली वैशाख ८ गते… Continue reading सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

आज महाविनासकारी भूकम्पको सातौं वार्षिकी, सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । नेपालमा विनासकारी भूकम्प आएको आज सातौं वार्षिकी आज मनाईंदैछ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन सङ्घीय… Continue reading आज महाविनासकारी भूकम्पको सातौं वार्षिकी, सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान

गठबन्धन भित्रका असहमति हटाउने प्रयास गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्नेछन् । पाँचदलीय गठबन्धनको बैठक आइतबार बेलुकी पनि बालुवाटारमा बसेको थियो। तालमेल बाँकी रहेका र विवादित क्षेत्रबारे आज बिहान… Continue reading गठबन्धन भित्रका असहमति हटाउने प्रयास गर्न सत्ता गठबन्धनको बैठक बस्दै

भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको छ । यहाँ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल उमेदवार छिन् । गठबन्धनमा असन्तुष्टी जनाएको कांग्रेसका केही नेताले स्वतन्त्र उमेदवारी समेत दिने तयारी गरेका छन् । राप्रपाले… Continue reading भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र… Continue reading स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो। उनीहरु चैत ६… Continue reading बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै… Continue reading धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

File

काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । एयर होस्टेसले भेटाएको यो रकम कम्पनीले प्रहरीलाई बुझाएको हो । जहाजको सिटमा छालाको ह्यान्ड… Continue reading जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

file

काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् ।… Continue reading हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले वृद्धि भएको छ । केही दिनदेखि ओरालो लागि रहेको शेयर बजार साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको बढेको हो । आइतवार नेप्से ९५.४६ अंकले बढेर २५२०.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको ६६… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने ,आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने जनाइएको छ । गणित, विज्ञान, स्वास्थ्य… Continue reading जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्। त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम… Continue reading काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि,… Continue reading स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

१० महिनापछि मेलम्चीको पानी जनताको धारामा

Photo : spotlightnepal

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएपछि दस महिनापछि जनताको घरघरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ । २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । आयोजना गत वर्ष मात्र… Continue reading १० महिनापछि मेलम्चीको पानी जनताको धारामा

महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

काठमाडौं । एमालले स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा आफ्नो उमेदवारको टुंगो लगाएको छ । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ । यससँगै काठमाडौं उपत्यकाको मेयरको प्रतिस्पर्धामा चर्चित अनुहार केशव स्थापित आएका छन् । गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्यका साथ एमालेले महानगर र… Continue reading महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

काठमाडौं । आइतबार नेपालमा १६औं लोकतन्त्र दिवस मनाइंदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएको थियो । यस दिन तत्कालिन राजा ज्ञानेन्द्र शाह आफ्नो कदमबाट पछि हटेका थिए । सरकारले विसं २०६४ बाट देशभर लोकतन्त्र दिवस मनाउन थालेको हो । विसं २०५९ असोजमा… Continue reading आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

काठमाडौं । आइतबार (आज) र भोली स्थानीय तह निर्वाचनमा उठ्ने उमेदवारले उमेदवारी दर्ता गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने जानकारी गराएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउन सकिने भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय… Continue reading आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दैछ । घोषणा पत्र लेखनको नेतृत्व महामन्त्री गगन थापाले गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह कार्यक्रम आयोजना गरि घोषणा पत्र सार्वजनिक गरिने भएको हो । कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछ । कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित… Continue reading गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने

स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल नेकपा एमालेको उपमेयरमा लड्ने भएकी छिन् । उनलाई पार्टीले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ । जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । डंगोल पूर्व मिस नेवाः… Continue reading स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार