शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता

अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

काठमाडौं । लामो खडेरीका कारण समस्यामा परेका पहाडी भेगका कृषकलाई मंगलबार अधिकांश स्थानमा परेको वर्षाले राहत दिएको छ । मंगलबार काठमाडौं उपत्यका, पोखरा तथा पहाडी भेगका अन्य इलाकामा समेत वर्षा भएको छ । यसले मकै तथा तरकारी बालीलाई फाइदा पुगेको छ । पहाडी केही ठाउँमा बुधबार समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा… Continue reading अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी ११ वैशाखबाट काठमाडौंका धाराहरुमा वितरण गरिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले मंगलबार निर्देशन समेत दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत… Continue reading मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा

रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले… Continue reading रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

File RSS

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखमा करीव करीव सहमति जुटाएका सत्तारुढ गठबन्धनबीच महानगरपालिकाको उपमेयरमा समेत भागवण्डा मिलेको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरमा उपमेयर दिने गरि भागवण्डा गरेको छ । सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट पाएको छ । पोखराको… Continue reading गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

काठमाडौं । महानगरपालिकामा भागवण्डा टुंग्याएका सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकामा समेत करीव करीव टुंगो लगाएको छ । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाका सन्दर्भमा अधिकांशमा सहमति जुटाएका छन् । जनकपुरमा भने नेपाली कांग्रेस र जनता समाजवादी दुबैले दावी गरेपछि विवाद कायमै छ । यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा… Continue reading ७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान

काठमाडौं । अभिनेता पल शाह माथि लागेको करणी मुद्दामा पीडित नाबालिगका बुबाले समेत बयान फेरेका छन् । यसरी पीडित नाबालिगले समेत बयान फेरिेकी थिइन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्ने बयान दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले… Continue reading छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान

कतारमा २१ जना नेपालीले पाए क्षमादान

File

काठमाडौं । कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५… Continue reading कतारमा २१ जना नेपालीले पाए क्षमादान

अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको… Continue reading अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बैशाख १३ गते छलफलमा बोलाइएको सर्वोच्च प्रशासनले जनाएको… Continue reading गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको लागि महानगरपालिका भागबण्डामा सहमति जुटाएका छन् । बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको हो । सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र… Continue reading महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको ३२ लाख १३… Continue reading नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट

एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौ । सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। घाेषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ नारा तय गरिएकाे छ । एमालेसँग गरेको विद्रोह किन भयो… Continue reading एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ। बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो… Continue reading चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

काठमाडौं । एटीएम मेसिन र विद्युतीय भुक्तानीमा समस्या रहेको भन्दै अध्यागन विभागले अनअराइभल भिसा लिने पर्यटकलाक्षर्् नगद नै बोकेर आउनु पर्ने गरि ल्याएको प्रावधान खारेज गरेको छ । गत शुक्रबार विभागले यस्तो प्रावधानबारे सूचना जारी गरेपछि गृह मन्त्रालय र विभागको चर्को आलोचना भएको थियो । नेपाल आउँदा नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात्… Continue reading चर्को आलोचनापछि अनअराभइल भिसा लिने विदेशीले नगद बोकेर आउनु पर्ने प्रावधान खारेज

पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

काठमाडौं । पोखरा महानगरपालिका आफुले पाउनु पर्ने अडानका बीच नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको विवादमा अड्किएको चुनावी तालमेलको निर्णय सल्ट्याउन मंगलबार समेत सत्तारुढ दलको बैठक बस्ने भएको छ । दलहरुबीच ६ वटा महानगरपालिकाको बाँडफाँटको विषयलाई लिएर छलफल जारी छ । जसमध्ये ५ वटा महानगरपालिकामा सहमति जुटिसकेको र पोखरा महानगरको प्रमुखमा मात्र विवाद सल्टाउन बाँकि… Continue reading पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै

काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङमार्ग हुँदै आजबाट बागमती खेलामा बगाउन थालिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ परीक्षण गर्न चैत २९बाट पानी पठाइएको थियो । उक्त पानी मंगलबारबाट बागमतीमा बगाउन थालिने भएको छ । समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी बागमतीमा पठाइने भन्दै किनारमा बस्नेलाई सावधान रहन भनेको छ । समितिका अनुसार… Continue reading मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै

आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको… Continue reading आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

File : Emilio Morenatti / AP / TASS

काठमाडौं । रुसले युक्रेनमाथि पुनः युद्ध शुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार उनले टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले… Continue reading युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

File Photo

काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्रामा च्यापिएर भएको घटनामा एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले च्यापेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनको उपचारका क्रममा ज्यान गएको… Continue reading भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

काठमाडौं । सत्ता गठबन्धनबीच देशभरका ६ वटा महानगरपालिकामा तालमेलको टुंगो सोमबार लाग्ने बताइए पनि आज टुंगो लाग्न सकेन । सोमबार दिनभर भएका विभिन्न चरणका छलफलमा समेत सहमति जुटेको छैन । मंगलबार विहान साढे ११ बजे बैठक पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको नेताहरुले बताएका… Continue reading सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से आज सोभन्दा धेरै ४१ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७० अंकले घटेको छ । सूचकमा उच्च गिरावट आउँदा कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा… Continue reading नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने… Continue reading ‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि… Continue reading वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

काठमाडौं । नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो सेवा ८ देशको १० गन्तव्यमा विस्तार गरेको छ । यही वैशाख ९ गतेदेखि साउदी अरबको रियाद उडान गर्ने भएसँगै विदेशी गन्तव्य संख्या १० पुगेको हो । निगमले यसअघि भारतका तीनसहित ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई,… Continue reading नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

काठमाडौं । सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती भएको छ । सरकारले आर्थिक संकट टार्नका लागि भन्दै इन्धन उपभोगमा कटौतीको निर्णय गरेको हो । उक्त निर्याण सोमवारदेखि कार्यन्वयनमा आएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालयरनिकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने,’ अर्थ… Continue reading सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक… Continue reading बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

काठमाडौं । मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु… Continue reading एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ। उक्त समस्या नआओस् भन्नको लागि… Continue reading अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’