काठमाडौं । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिए चलचित्र हलहरु बन्द गर्ने भएको छ । बोर्डका अनुसार जेठ महिनादेखि बक्स अफिस अनिवार्य गरिएको छ । कानुन अनुसार नचल्ने हल बन्द गर्ने निर्णय गरिएको हो । सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बक्स अफिस जडान गर्न… Continue reading बक्स अफिस जडानमा कडाई गर्दै बोर्ड, वैशाखभित्र नगरे हल बन्द गरिने
Category: फिचर
नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस
काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति… Continue reading नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस
प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातामा तीन उडान गर्ने गरि सो कम्पनीले उडान अनुमति लिएको छ । कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गरि तीन उडानका साथ जजिराले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति जनाउने भएको हो ।… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…
सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले… Continue reading अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…
आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु
काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की… Continue reading आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु
सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु
जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे
काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र… Continue reading जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे
चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक… Continue reading चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार
काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास… Continue reading एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार
एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोणणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ ,’प्रत्येक… Continue reading एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क
अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै
काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका सिलसिलामा शुक्रवार नेपाल आउने भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउने भएका हुन् । उनीहरुको साथमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने… Continue reading अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै
ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन
काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।… Continue reading ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन
बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा अर्थमन्त्रालय र योजना आयोगले मन्त्रालयगत छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बिहीबारबाट अर्थ मन्त्रालय र योजना आयोगले संयुक्त रुपमा मन्त्रालयहरुसँग छलफल गर्न थालेका हुन् । यसअघि योजना आयोगले पठाएको सिलिङ अनुसार मन्त्रालयहरुले आफ्नो कार्यक्रम र बजेट अनुमान अर्थमा पठाइसकेका छन्… Continue reading बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
आजबाट एसईई परीक्षा, दुई वर्षपछि भौतिक उपस्थितिमा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट देशभर संचालन हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुने बताइएको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको छ । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा… Continue reading आजबाट एसईई परीक्षा, दुई वर्षपछि भौतिक उपस्थितिमा
डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?
काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री… Continue reading डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?
सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?
काठमाडौं । सत्तारुढ गठबन्धनले देशका प्रमुख सहरमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् । गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले विभिन्न सात सहरमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको… Continue reading सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?
नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २३१ कम्पनीको १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु
काठमाडौं । ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको… Continue reading ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेकाले नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन आग्रह गरेको छ । भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’
निर्वाचन चिन्ह अंकित सामग्री उत्पादन गरे कडा कारवाही गर्ने आयोगको चेतावनी
काठमाडौं । स्थानीय तहलाई लक्षितथ गरि आचार संहिता अहिले लागु भइरहेको छ । यस दौरान निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने चेतावनी समेत आयोगले दिएको छ । राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी,… Continue reading निर्वाचन चिन्ह अंकित सामग्री उत्पादन गरे कडा कारवाही गर्ने आयोगको चेतावनी
युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
काठमाडौं । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार मारिऊपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन्। आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको भन्दै उनले ट्वीट गरेका छन्।… Continue reading युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु
कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी… Continue reading कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु
डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया… Continue reading डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै
गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?
काठमाडौं । पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो। सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी… Continue reading गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?
ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने
काठमाडौं । अब ठेक्कापट्टामा जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी (ठेकेदार) ले निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन्। ठेक्कापट्टासँग जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नबाट नरोक्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि ठेकेदारलेले पनि उम्मेदवार बन्ने बाटो खुलेको हो। न्यायाधीश नहकुल सुवेदीको सोमबार बसेको एकल इजलासले स्थानीय तह निर्वाचन ऐन, २०७३… Continue reading ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने
सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?
काठमाडौं । सत्तारुढ गठबन्धनले बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागवण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ । दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । सहमति अनुसार नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी… Continue reading सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?
जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही… Continue reading जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ
राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक घोषणापत्रमार्फत राप्रपाले कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा दिने घोषणा गरेको छ । यस्तै स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ… Continue reading राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता