३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको… Continue reading कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
Category: फिचर
रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नौकुण्ड गापा… Continue reading रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
३ असार, लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद… Continue reading राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
३ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन… Continue reading चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो। दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका… Continue reading एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी
३ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी… Continue reading वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी
सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित
३ असार, काठमाडौं । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको… Continue reading सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
३ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका… Continue reading आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
एजेन्सी३ असार, काठमाडौं । पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् । इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो । सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने… Continue reading पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
एजेन्सी३ असार, काठमाडौं । अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो । भियतनामी सरकारका… Continue reading इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
एजेन्सी३ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने… Continue reading अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
एजेन्सी२ असार, काठमाडौं । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि… Continue reading इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा
२ असार, काठमाडौं । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनीरसञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको… Continue reading अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति… Continue reading विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल
२ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीचको सहकार्यमा असर नपर्ने बताएका छन् । आगामी आवको बजेटबारे प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले बजेटलाई देखाएर एमाले र कांग्रेसबीच दूरी बढाउने प्रयास भइरहेको बताउँदै त्यसले द्विदलीय साझेदारीमा फरक नपर्ने उल्लेख… Continue reading बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल
रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत
२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त… Continue reading रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत
स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु
२ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा… Continue reading स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
२ असार, दमौली । गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ । नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । बेपत्ता नेपालीको… Continue reading तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते
२ असार, पाल्पा । यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका… Continue reading बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते
इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित
२ असार, काठमाडौं । इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्। इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द… Continue reading इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित
अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
२ असार, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पु्ष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर… Continue reading अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?
रासस २ असार, काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर… Continue reading सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल
२ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।… Continue reading प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल
ढोरपाटन सडक सञ्जालमा जोडियो
२ असार, म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको… Continue reading ढोरपाटन सडक सञ्जालमा जोडियो
’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर… Continue reading ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद
१ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।… Continue reading रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद
बूढानीलकण्ठमा दुईजना मृत फेला
काठमाडौँ, १ असारः काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading बूढानीलकण्ठमा दुईजना मृत फेला
कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट
१ असार, विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२–८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७… Continue reading कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
१ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको… Continue reading इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट
१ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९… Continue reading सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट