पोखरा । नेपालकी छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाको परिवारमा भने कोरोना नसरेको पाइएको छ । उनको परिवारको कोरोना परीक्षणबाट नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । पोखरा… Continue reading बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ
Category: फिचर
अमेरिकामा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आठ हजार बढिले गुमाए ज्यान
न्यूयोर्क अमेरिकामा कोरोना भाइसर सक्रमितको संख्या तीन लाख नाघेको छ । मार्च सुरु देखि तीब्र गतिमा बढि रहेको कोरोना संक्रमितको शनिबार तीन लाख नाघेको हो । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि आठ हजार नाघेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी साता मृत्युदर अझै बढ्ने बताएका छन् । मार्च १ तारिखको… Continue reading अमेरिकामा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आठ हजार बढिले गुमाए ज्यान
कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
न्यूयोर्क । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड १९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दावि गरेका छन् । यद्दपी यसलाई कुनै आधिकारिक निकायले पुष्टी भने गरेका छैनन् । डाक्टरहरुले प्रेस विज्ञप्ती जारी गर्दै खोपको परिक्षण सफल भएको बताएका छन् । उनीहरुले २१ जनवरीबाट खोपको विकास थालिएको उल्लेख गरेका छन् । डाक्टरहरुका… Continue reading कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ । सोहीकारण अब ती जिल्लामा… Continue reading बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए । त्यसअनुसार प्रदेशबाट प्रदेश र स्थानीय तहबाट स्थानीय तहसम्म समेत जान नपाउने गरी निर्णय भएको… Continue reading अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा बहराइन पुगेका नेपालीबारे चासो व्यक्त गरेका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भएका नेपालीका सन्दर्भमा प्रधानमन्त्रीले चासो राखेका हुन् । प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग शनिबार टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आधिकारिक ट्वीटर ह्याण्डल मार्फत्… Continue reading बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो
स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित
काठमाडौं । इटलीमा तुलनात्मक रुपमा संक्रमितको संख्या घट्न थालेको छ । खासगरी नयाँ संक्रमण कम हुन थालेको छ । तर, अर्को यूरोपेली मुलुक स्पेनमा भने निकै तिब्र गतिमा संक्रमण बढीरहेको छ । कोरोना भाइरस (कोभिड १९)बाट स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु भएको छ । अब स्पेनमा मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको… Continue reading स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित
नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ । विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको… Continue reading नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना… Continue reading नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
अब चितवनमा पनि कोरोना परिक्षण
चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो । प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र… Continue reading अब चितवनमा पनि कोरोना परिक्षण
बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ । क्याम्पमा अरु पनि… Continue reading बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परी ४२ घर जलेर नष्ट भएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा शुक्रबार भएको भीषण आगलागीमा ४२ घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुगौलीस्थित काशीराम यादवको घरबाट सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगलालीले मानवीय क्षति भने हुन भएन । गाउँको उत्तरदेखि शुरू… Continue reading कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन १३ सय २० जनाको मृत्यु भएको छ । यो अमेरिकामा एकै दिन भएको सबैभन्दा ठूलो मानवीय क्षति हो । अमेरिकामा शुक्रबार मात्र ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यहाँ १ हजार ३ सय २० जनाको ज्यान गएको हो । यस भारइसको संक्रमणबाट ज्यान गुमाउनेको… Continue reading कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो
तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने
काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् । सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ । कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति… Continue reading तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने
कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको उनको दावि छ । सरकारले… Continue reading कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा बस्न मुस्किल भए स्वदेश फर्कन आप्रबासीहरुलाई आग्रह गरेका छन् । खासगरी अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई उक्त मुलुकमा बस्ने अप्ठेरो भएको भए आफ्नो देश फर्किने प्रबन्ध मिलाउन प्रधानमन्त्रीले सुझाव दिएका हुन् । एक वर्ष समय नपुगेका आप्रबासीले आफ्नो प्रवन्ध आफैले गर्न पर्ने उनले जानकारी दिए । शुक्रबार… Continue reading बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव
औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ । कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो । यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका… Continue reading औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
काठमाडौं । अमेरिकाले आइतबार नेपालमा दोस्रो चार्टर्ड उडान गर्ने भएको छ । कतार एयरवेजको जहाजबाट अमेरिकाले नेपालमा छूटफूट अन्य नागरिकलाई समेत स्वदेश फर्काउन लागेको हो । अमेरिकी नागरिकले घर फिर्तीको चाहना राखेपछि जहाज चार्टर्ड गरेको हो । अमेरिका सरकारले व्यक्ति आफैले टिकट काट्नुपर्ने प्रावधानसहित नेपालमा रहेका नागरिकलाई घर फकाउन सहजिकरण गरिरहेको छ । त्यसो त… Continue reading आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
काठमाडौं । शुक्रबार अपरान्ह एक समाचार भाइरल बन्यो । समाचार अनुसार पोखरामा एक कोरोना संक्रमित भेटिएको पुष्टी भएको थियो । उक्त समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो नियमित प्रेस ब्रिफिंगका दौरान खारेज गरिदियो । स्वयम स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशका प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्टको खबर संचारमाध्यमलाई टिपाएका थिए… Continue reading पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् । उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले… Continue reading भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने
कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड
काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ । यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने… Continue reading कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड
कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो । बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।… Continue reading कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो
मस्को । रूस सरकारले उक्त देशमा जारी गरेको लकडाउनको अवधी बढाएको छ । यस मुलुकमा लगातार कोरोनाको संक्रमण बढेसँगै लकडाउनको अवधि समेत बढाइएको हो । अब रूसमा ३० अप्रिलसम्म नै लकडाउन जारी रहने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले यस्तो घोषणा गरेका हुन । रुसको मस्कोमा अवस्था गम्भीर रहेको बढाइएको छ । अन्य स्थानमा भने… Continue reading रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो
अमेरिकामा आकाशियो बेरोजगारी, दुई सातामा झन्डै एक करोडले गरे रोजगारी गुमाएको रिपोर्ट
न्यूयोर्क कोरोना भाइसरको संक्रमण चर्किएर जाँदा अमेरिकामा बेरोजगारहरुको संख्या रकेट गतिमा उकालो लागेको छ । अमेरिकी श्रम विभागले बुधबार जनाए अनुसार गत साता ६६ लाखले बेरोजगार भत्ता दावी गर्दै सरकार समक्ष आवेदन दिएका हुन् । अघिल्लो साता ३३ लाखले रोजगारी गुमाएको विवरण सरकारसमक्ष दिएका थिए । यसरी दुई सातामै अमेरिकामा ९९ लाख बेरोजगार बनेका छन्… Continue reading अमेरिकामा आकाशियो बेरोजगारी, दुई सातामा झन्डै एक करोडले गरे रोजगारी गुमाएको रिपोर्ट
रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा… Continue reading रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् । तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा… Continue reading १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ । यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो । बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो… Continue reading आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक
काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ । नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो । यसअघि बुधबार अष्ट्रेलियाले… Continue reading नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक
नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् । उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।… Continue reading नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने
काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ । सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् । प्रदेश १ को धरानस्थित… Continue reading अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने