काठमाडौं । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको… Continue reading सरकारलाई पूर्णता दिने गठबन्धनको निर्णय, एकिकृत समाजवादीमा मन्त्रीका लागि मापदण्ड
Category: फिचर
कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने बताएका हुन् । ‘अहिले हामी १४ औं महाधिवेशनको तयारीका क्रममा छौँ। मैले १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दिएको थिएँ’,… Continue reading कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा
अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै
लुइजियाना । अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली समुद्री आँधीले जनजीवन प्रभावित बनाएको छ । आँधीले तटीय क्षेत्रमा डुबान बढाएको छ भने सात लाख मानिस विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूका अनुसार आइडा नामक आँधी केही कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको छ । दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै… Continue reading अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै
९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं । ९ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित नेपालमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको हो । ब्युरोले आइतबार सार्वजनिक गरेका उनीहरु फरक फरक मुलुकका नागरिक हुन् । ३ भदौमा कतार एयरवेजको विमानबाट आएकी ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक… Continue reading ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ
आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा
काठमाडौं । नेपाल, भारतसहित विश्वभर रहेको हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी मनाउँदैछ । भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व धुमधामसहित मनाइन्छ । सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज धर्मावलम्बीहरु कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्छन् । व्रत बसी रातभर जाग्राम बस्छन् । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा
काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो
काबुल । अफगानिस्तानमा आत्मघाती आक्रमणको योजना असफल पारेको अमेरिकी सेनाले दावि गेको छ । काबुल एयरपोर्ट बाहिर आईएसआईएस केले गत विहीबार गरेको ठूलो हमलापछि अर्को हमलाको तयारीमा उक्त आतंकवादी संगठन थियो । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको चेतावनी आएको जानकारी गराएका थिए । अमेरिकी सेनाले आत्मघाती विष्फोटक पदार्थ बोकेको गाडीलाई लक्षित गरि ड्रोन हमला… Continue reading काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो
नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत
काठमाडौं । एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयमा पठाएको छ । सोहीकारण सांसदहरु कारबाहीमा नपर्ने भएको उनको सचिवालयले जनाएको छ । निर्वाचन… Continue reading नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत
नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी
काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप प्रभावकारी बनेको पाइएको छ । अर्कोतर्फ सबै नेपालीको हिसाव गर्दा दुईतिहाइ मानिसमा कोभिड १९ को एन्टिबडी विकास भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनबाट यस्तो देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभ्यालेन्स सर्भे गरेको थियो । सर्भे अनुसार ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको छ… Continue reading नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी
नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार यससाता पहिलो कारोबार दिनमै ४९ अंकले घटेको हो । सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज साढे १५ अर्ब बढीको सेयर किनबेच भएको छ । आज सेयर बजार मापक सूचक नेप्से ४९.१८ अंकले घटेर… Continue reading नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल
एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन
काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् ।
मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर
काठमाडौं। नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको… Continue reading मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर
बाइडेन भन्छन्: काबुलमा अर्को हमला हुन सक्छ
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा अर्को आतंकवादी आक्रमणको चेतावनी दिएका छन् । उनले काबुल एयरपोर्टमा पुनः हमलाको सूचना आएको जानकारी गराएका छन् । बाइडेनका अनुसार अमेरिकी कमान्डरले यसबारे जानकारी गराएका छन् । अमेरिकी विदेश मन्त्रालयले समेत अमेरिकी नागरिकसँग विमानस्थलको नजिक नजान भनेको छ । अमेरिकाले अहिले पनि अफगानिस्तानबाट नागरिकहरुको उद्धार गरिरहेको छ… Continue reading बाइडेन भन्छन्: काबुलमा अर्को हमला हुन सक्छ
नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै
काठमाडौं । नेपालमा मनसिन लम्बिनी भएको छ । अहिले जारी वर्षा अझै अझै केही दिन निरन्तर भइरहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत हुन भनेको छ । आइतबार देशभर बदली भई वर्षा जारी छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार… Continue reading नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै
सरकारलाई पूर्णता दिने तयारी
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले दल दर्तापछि मान्यता पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि शनिबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । भेटमा सत्तारुढ गठबन्धनलाई थप… Continue reading सरकारलाई पूर्णता दिने तयारी
काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी
काबुल । अमेरिकी सेनाले अफगानिस्तानस्थित इस्लामीक स्टेट समूहविरुद्ध गरेको हवाई आक्रमणबाट काबुल विष्फोटका योजनाकार मारेको दावि गरेको छ । अमेरिकी अधिकारीले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्। बीबीसीका अनुसार अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरेको थियो । त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको समाचारमा… Continue reading काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी
१८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति केही थामिएको देखिएको छ । तर, मृत्युदर भने उच्च नै रहेको छ । नेपालमा अगस्टपछि संक्रमण केही कम भएको हो । अहिले समेत यो गति कायम छ । शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या… Continue reading १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु
काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलको गेटमा बिहीबार भएका विष्फोटमा मर्नेको संख्या १७० पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटनामा कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् । आक्रमण आइएसआइएस-के नामक संगठनले जिम्मा लिएको छ । अमेरिकाले यो घटनाको बदला लिने बताएको थियो । अमेरिकी राष्ट्रपति जो बायडेनले यस्तो बताएका थिए । समाचार सुत्रहरुका अनुसार… Continue reading काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला
शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम
काठमाडौं । शनिबार देशभर भीषण वर्षा हुने र यसले नदीहरुमा जलप्रवाह बढाउने भएका छ । शनिबार देशभर नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार सात वटै प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने छ । मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहेकाले शनिबार बिहान देशभर… Continue reading शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम
ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता
ललितपुर । दक्षिण ललितपुरस्थित बाग्मती गाउँपालिका ६ आश्राङ र वडा नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । उनीसँगै रहेकी करीव आठ वर्षीया बालिका बेपत्ता छिन् । उनको पहिचान खुलिसकेको छैन ।… Continue reading ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता
अमेरिका र ओमनसँगको सिरिजपछि नेपाली प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने
काठमाडौं । नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा घोषणा गरेका छन् । आईसीसी विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेकै समयमा उनका एजेन्टमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई उक्त व्यहोराको इमले प्राप्त भएको हो । उनले व्यक्तिगत कारण देखाउँदै अकस्मात घोषणा गरेको राजीनामालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपालमा आएका अहिलेसम्मकै ‘हेभिवेट’ प्रशिक्षक… Continue reading अमेरिका र ओमनसँगको सिरिजपछि नेपाली प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने
काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार भएका दुई शक्तिशाली बम विस्फोटका कारण मर्नेको संख्या ९० भन्दा माथि पुगेको छ । १५० भन्दा बढी मानिस घाइते भएका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनामा १३ जना अमेरिकी सैनिक र ३० भन्दा बढी तालिवान लडाकुको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले… Continue reading काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?
२०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमणदर केही घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । अब देशभर निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ६५ जनामा… Continue reading २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु
लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा
बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानले वितण्डा मच्याएको छ । पश्चिम नवलपरासीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको । एक जना बेपत्ता भएका छन् । रामग्राम नगरपालिका–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सुनवल… Continue reading लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा
प्रभुराम शर्मा बने प्रधान सेनापति
काठमाडौं । नेपालको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा उनलाई सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अहिले उनी नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे… Continue reading प्रभुराम शर्मा बने प्रधान सेनापति
एकीकृत समाजवादी पार्टी सरकारमा जाने
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने भएको छ । पार्टीले आज औपचारिक रुपमा यस्तो निर्णय लिएको हो । आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा जाने बारे औपचारिक निर्णय लिएको हो । पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि भने पार्टीले मन्त्री चयन गर्ने भएको छ । अब सत्ता साझेदार… Continue reading एकीकृत समाजवादी पार्टी सरकारमा जाने
काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित कम्तिमा ६० भन्दाको मृत्यु भएको पुष्टी भएको छ । यो विमानस्थल अमेरिकाले कब्जामा लिएर हवाई उद्धार गरिरहेको थियो । बीबीसीकाअनुसार आक्रमणका वावजुत विभिन्न मुलुकका नागरिकको उद्धारको काम भने जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। यो मिसन सम्पन्न गर्नै पर्ने भन्दै उनले… Continue reading काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए
मध्य तराईका जिल्लामा भारी वर्षा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध
बुटवल । अविरल परेको वर्षाका कारण पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका २९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ। सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भइरहेको छ। आज नवलपुर, रुपन्देही,… Continue reading मध्य तराईका जिल्लामा भारी वर्षा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध
बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने
काठमाडौं । अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउने भएको छ । सो प्रयोजनका लागि सरकारले तयारी शुरु गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको… Continue reading बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने
विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा वैदेशिक रोजगारीमा गएका नेपालीले एक वर्षको अवधिमा साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । गत आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस आवमा ९ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोना महामारीका कारण… Continue reading विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट
काबुल । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ । बीबीसीका अनुसार पेन्टागनले यसको पुष्टि गरेको हो । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए। विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनको भनाई छ । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन… Continue reading अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट