भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ । सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार… Continue reading भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ । यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य… Continue reading चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत… Continue reading कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निकै सक्रिय छन् । उनले कुशलतापूर्वक जिम्मेवारी समेत बहन गरिरहेका छन् । जसले गर्दा प्रधानमन्त्रीलाई तुलनात्मक रुपमा बढी आराम गर्ने मौका मिलेको छ । बुधबार प्रधानमन्त्रीले ट्वीटमा आफ्नो उपस्थिति देखाए । सामाजिक सञ्जाल… Continue reading प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

काठमाडौं । नेपालले मंगलबारबाट लकडाउन घोषणा गरेको छ । यससँगै देश अहिले ठप्प बनेको छ । यातायात तथा अन्य सेवा बन्द भएका छन् । यसको मारमा विभिन्न स्थानमा पुगेका पर्यटक समेत परेका छन् । लुक्लामा ११९ पर्यटक अलपत्र परेको त्यहाँबाट नेपाली गाइड रमेश तामांगले जानकारी दिएका छन् । उनका अनुसार सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका… Continue reading लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ । यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ । यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र… Continue reading नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चीन माथि उठिसकेको छ । तर, पछिल्लो सयम यस भाइरसले यूरोपलाई इपिसेन्टर बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यूरोपका दुई मुलुक स्पेन र इटलीमा अहिले पनि परिस्थिति नियन्त्रण भन्दा बाहिर छ । यस्तै अवस्था अमेरिकामा समेत देखिएको छ । तर, जापान र दक्षिण कोरियाले भने धेरै हदसम्म यो… Continue reading स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ । मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि… Continue reading भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

काठमाडौं । नेपालम आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । उनीसँगै एउटै जहाजमा ४ चैतमा नेपाल आएका सबैमा कोरोना संक्रमणको आंशका छ । सरकारले उनीहरु सबैको पहिचान भइसकेको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विमल देवकोटाले ति युवतीसँगै हवाई यात्रा गरी… Continue reading कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

भारत २१ दिन लकडाउनमा, निषेध्याज्ञा जारी हुने

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध कडा नीति अपनाएको छ । अब भारत २१ दिन लामो लकडाउनमा जाने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रातीबाट लागु हुने गरी लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ सय पुगेको… Continue reading भारत २१ दिन लकडाउनमा, निषेध्याज्ञा जारी हुने

कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ । खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष… Continue reading कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् । अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल… Continue reading सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै… Continue reading कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् । मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने… Continue reading लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए । उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् । सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य… Continue reading नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई भरपुर सहयोगको आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपाललाई हतोत्साही नहुन आग्रह गरेकी छिन् । आवश्यक स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउँदैछ । यसका लागि विशेष विमानहरु ल्याउने तयारी समेत भइरहेको छ । नेपालमा आइतबार मात्र थप एक कोरोना संक्रमित पुष्टी भएको थियो… Continue reading कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष

प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरसको प्रकोप चर्कंदो छ । दुई सातामा अमेरिकी जनजीवनमा नाटकीय परिवर्तन आइ सकेको छ । अझै पनि भाइरस नियन्त्रणको कुनै लक्षण देखिएको छैन । अस्पतालहरुमा मास्क, पञ्जा, भेन्टिलेटर जस्ता जरुरी स्वास्थ्य उपकरणको खाँचो भइ रहेको छ । सोमबार साँझसम्ममा भाइसरबाट मृत्यु हुनेको संख्या साढे पाँच सयबाट उकालो लागेको छ भने संक्रमित… Continue reading कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष

मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि… Continue reading मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

देशभरका जिल्लामा धमाधम लकडाउन

काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ । यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन… Continue reading देशभरका जिल्लामा धमाधम लकडाउन

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक… Continue reading फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय ८० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३ लाख ३६ हजार मानिस यस भाइरसकोे चपेटामा आइसकेका छन् । यसमध्ये आइतबार अमेरिकामा सर्वाधिक नयाँ बिरामी भेटिए । आइतबार एक दिनमै अमेरिकामा ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका हुन् । विश्वभर आइतबार एकै दिन १… Continue reading कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित

भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो

काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो । सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ । जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको… Continue reading भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो

नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट  अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ । राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् । स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा… Continue reading नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

भारतमा कोरोनाबाट मर्ने ७ पुगे

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार गुजरातमा ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । यसको पुष्टी भारतीय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ । कोरोनाबाट संक्रमित भएको वृद्धको उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी उनी मिर्गौला र दमका बिरामी समेत… Continue reading भारतमा कोरोनाबाट मर्ने ७ पुगे

कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ । रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।… Continue reading कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन्… Continue reading एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

वीरगन्ज । आइतबार साँझ एकाएक समाचार फैलियो, वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । संक्रमणको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएको खबर सार्वजनिक भयो । तर, यो खबर झुटो सावित भएको छ । उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी गराएको छ । यद्दपी उनको रिपोर्ट… Continue reading वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

नयाँ दिल्ली । आज भारत सरकारको आह्वानमा जनता कर्फ्यु जारी रहेको छ । कोरोना भाइसविरुद्ध लड्न प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रस्ताव गरेका थिए । उनले जनतालाई घर बाहिर ननिस्कन आह्वान गरेका छन् । उनले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार जनता कर्फ्युको घोषणा गरेका हुन् । आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्नेछ… Continue reading आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

आजबाट अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ । यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए । संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै… Continue reading आजबाट अन्तराष्ट्रिय उडान बन्द

प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् । आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ… Continue reading प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स