काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको हो। सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि… Continue reading पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
Category: फिचर
हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सले नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड… Continue reading हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लालाई विकास निर्माण,शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अतुलनीय योगदान गरी जिल्लाको मुहार फेर्ने अग्रज व्यक्ति दावा फिन्जो तामाङ रसुवावासीले सम्झिरहनुपर्ने उदाहरणीय व्यक्ति हुन् । १९९४ साल असार १५ गते साविकको स्याफ्रु – ४ सानो भार्खु हाल गोसाईकुण्ड गाउँपालिका- ५ भार्खुमा बाबु डिनडुव वाङदी तामाङ(ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरवाट जन्मिनु भएका उहाँ… Continue reading रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
काठमाडौं । पाकिस्तानका विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । आगामी असोजमा काठमाडौंको कीर्तिपुरमा आयोजना हुने इपीएलमा उनी काठमाडौं किंग्स ११ को तर्फबाट मैदानमा उत्रने छन् । असोजमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग आयोजना हुँदैछ ।… Continue reading विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने… Continue reading बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग… Continue reading सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु
युटा । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार भएको हो । दुर्घटनाको कारण भने मरुभूमीमा आएको आँधि मानिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार धुलो, बालुवाुसहितको आँधीले सडकमा अवरोध गरेको थियो । जसका कारण गाडीहरु एक आपसमा ठोक्किएका थिए । कानोस… Continue reading अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु
विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने
काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका… Continue reading विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने
अन्ततः टाउको गनेर टुंग्याइयो जसपाको आधिकारिकता विवाद
काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि प्रहार गर्न थालेपछि शुरु भएको जनता समाजवादी पार्टीको किचलो अन्ततः टाउका गनेर छिनोफानो गरेसँगै टुंगिएको छ । अब डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आधिकारिक रुपमा पार्टीको संस्थापन पक्ष बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवादलाई केन्द्रीय कार्यकारिणी समितिको सनाखतका आधारमा आधिकारिकता प्रदान गरेको… Continue reading अन्ततः टाउको गनेर टुंग्याइयो जसपाको आधिकारिकता विवाद
काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । एक जहाजमा यात्रु बेहोस भएका कारण मेडिकल प्रयोजनमा जहाजको आकस्मिक अवतरण भएको हो । अर्को एक जहाजमा भने प्राविधिक गडबडी देखिएको छ । त्रिभुवन विमानस्थल कन्ट्राल टावरका अनुसार काठमाडौंबाट ६९ यात्रु लिएर धनगढीका लागि उडेको जहाज साँझ ६ बजे काठमाडौंमा आकस्मिक… Continue reading काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण
थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टी, २५ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २४० जनाको पीसीआर २३९१ जनामा र ५०३२ जनाको एन्टिजेन परीक्षणमा १०३० जना गरी ३४२१ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ… Continue reading थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टी, २५ जना संक्रमितको मृत्यु
बिदेश जानेले प्रहरी र सैनिक अस्पतालमा कोरोनाकाे खोप लगाउन पाउने
काठमाडौं । सरकारले बिदेश जानेहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन अस्पताल तोकिदिएको छ । सरकारले अध्ययन तथा कामदार भिसामा बिदेश जानेहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि खोप लगाउन उक्त दुई अस्पताल तोकिएको… Continue reading बिदेश जानेले प्रहरी र सैनिक अस्पतालमा कोरोनाकाे खोप लगाउन पाउने
सर्वाधिक विन्दुको रेकर्ड राखेको नेपाली सेयर बजारमा करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार एकैदिन ५४ अंकले बढेर इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड राखेको बजारमा आज सामान्य करेक्शन आएको हो । आज हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहकोे सेयरमा चमक आए पनि बैंकिङ समूहमा गिरावट आउँदा बजार ओरालो लागेको हो । बैंकको सेयरमा प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्शन आएको हो… Continue reading सर्वाधिक विन्दुको रेकर्ड राखेको नेपाली सेयर बजारमा करेक्शन
जसपा विवादमा रेशम चौधरी तटस्थ, राजेन्द्र महतो भन्छन्- ‘जनता त हाम्रै पक्षमा छन्’
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरे… Continue reading जसपा विवादमा रेशम चौधरी तटस्थ, राजेन्द्र महतो भन्छन्- ‘जनता त हाम्रै पक्षमा छन्’
कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?
काठमाडौं । कतार जानेहरुका लागि त्यहाँको सरकारले नयाँ प्रावधान ल्याएको छ । कतारस्थित नेपाली दुतावासले यसबारे जानकारी गराएको हो । अब कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु पर्ने छैन । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर,… Continue reading कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?
टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा चीनले आफ्नो दवदवा कायम राखेको छ । सोमबार बिहान नेपाली समय अनुसार साढे ८ सम्मको पदक तालीका अनुसार चीन अग्र स्थानमा कायम छ । उसले कुल ६ स्वर्ण, २ रजत र ५ काश्य जितेको छ । ५ स्वर्ण र एक रजत पदक जितेको जापान पदक तालीकाको दोस्रो… Continue reading टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
कोरोना नियन्त्रणमा अमेरिकाले खेलबाड गरिरहेको स्वास्थ्यविज्ञ एन्थोनी फाउचीको आरोप
न्याूयोर्क । कोरोना नियन्त्रणमा अमेरिकी सरकारको पछिल्लो गतिविधिप्रति प्रमुख स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले आपत्ति प्रकट गरेका छन् । बीबीसीका अनुसार खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका सन्दर्भमा उनको चेतावनी आएको हो । उनले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्। उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको उल्लेख गरेका… Continue reading कोरोना नियन्त्रणमा अमेरिकाले खेलबाड गरिरहेको स्वास्थ्यविज्ञ एन्थोनी फाउचीको आरोप
सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने
काठमाडौं । सोमबारबाट मुलुकका अधिकांश स्थानमा झरि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने भएको छ । यसले जोखिमपूर्ण क्षेत्रमा बाढी र पहिरो निम्त्याउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । यो तीन दिन मनसुन सक्रिय हुन लागेको हो । केही स्थानमा ठूलो पानी पर्ने, त्यसले खोलाको बहाव बढ्ने… Continue reading सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने
आज जसपा विवादमा निर्वाचन आयोगले सदस्यहरुको सनाखत गर्दै
काठमाडौं । जसपाको पार्टीमा देखिएको विवादका सम्बन्धमा आज जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत निर्वाचन आयोगमा हुँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई आयोगले बोलाएको छ । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा छ । सोहीकारण आधिकारिकता डा. बाबुराम भट्टराई । उपेन्द्र यादव पक्षले पाउने… Continue reading आज जसपा विवादमा निर्वाचन आयोगले सदस्यहरुको सनाखत गर्दै
निर्मला पन्त हत्याकाण्डको तीन वर्ष पुरा, दोषि पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको आज तीन वर्ष पुरा भएको छ । तर, दोषि पहिचान गरि कारवाही गर्न नसक्दा आफन्तले न्याय पाउने आशा भने मारिसकेका छन् । कन्चनपुरको यो घटनालाई तत्कालिन प्रतिपक्षीका रुपमा शेरबहादुर देउवाले निरन्तर खबरदारी गरेका थिए । अब भने उनी स्वयमः प्रधानमन्त्रीको कुर्सीमा छन् , दोषि पत्ता… Continue reading निर्मला पन्त हत्याकाण्डको तीन वर्ष पुरा, दोषि पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन
पछिल्लो २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिए, २०५० संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५६९ पीसीआर परीक्षणमा १५३९ र ३२६५ जनाको एन्टिजेन परीक्षणमा ६९८ जना गरी २२३७ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।… Continue reading पछिल्लो २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिए, २०५० संक्रमण मुक्त
काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज सकिदैछ । काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस,… Continue reading काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी
बैंक चम्किँदा नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । बैंकिङ समूहको सेयरमा आउँदा नेप्सले डेढ महिना अघिको रेकर्ड तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । आज नेप्सेले ३०५८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०५० विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि गत जेठ ३१ गते नेप्सेले इतिहासकै सर्वाधिक… Continue reading बैंक चम्किँदा नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान
संसदीय समितिमा माधव नेपालले भने, ‘प्रतिगमनको मतियार बाहिर जानुस्’
काठमाडौं । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको संसदीय समितिमा एमालेका नेताहरुबीच नै भनाभन भएको छ । आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसदहरुबीच संसद पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो । बैठकमा एमालेका वरिष्ठ नेता माधकुमार नेपालले संसद पुनःस्थापना भएको भन्दै खुसी व्यक्त गरे । उनले ठूलो संघर्षबाट संसद पुनःस्थापना भएको बताए । नेता नेपाल लगायतले… Continue reading संसदीय समितिमा माधव नेपालले भने, ‘प्रतिगमनको मतियार बाहिर जानुस्’
टोकियो ओलम्पिक : पदकमा चीनको अग्रता, जापान र अमेरिका पच्छाउँदै
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकका खेलहरु जारी छन् । अहिलेसम्म पदक तालिकामा भने चीनको शूरुवाती अग्रता रहेको छ । ओलम्किपमा सधैजसो चीनले आफ्नो दवदवा राख्ने गरेको छ । यसपटक जापान र अमेरिकाले चीनलाई पच्छ्याइरहेका छन् । आइतबार बिहानसम्मको तालीका अनुसार चीनले तीन स्वर्ण र एक काश्यसहित चार पदक जितेको छ । चीन शीर्ष स्थानमा… Continue reading टोकियो ओलम्पिक : पदकमा चीनको अग्रता, जापान र अमेरिका पच्छाउँदै
अफगानिस्तानमा हिंसा रोक्न कर्फ्यू आदेश, सरकारी सेनाको कारवाहीमा २६० विद्रोही मारिए
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षाफौज फिर्ता भएसँगै कब्जा जमाउन शुरु गरेको तालिबानविरुद्ध पुनः कारवाही तिब्र पारिएको छ । त्यहाँका अधिकारीहरूले तालिवानी आक्रमण बढेको भन्दै नियन्त्रण गर्न ३४ मध्ये ३१ प्रान्तमा कर्फ्यू आदेश जारी गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबान विद्रोहीले मुख्य सीमा नाका र दर्जनौं जिल्ला नियन्त्रणमा लिएसँगै पुनः अमेरिकी सेनाले हवाई आक्रमण… Continue reading अफगानिस्तानमा हिंसा रोक्न कर्फ्यू आदेश, सरकारी सेनाको कारवाहीमा २६० विद्रोही मारिए
कैयौं अमेरिकी नागरिक र संस्थामाथि चीनले लगायो प्रतिवन्ध
काठमाडौं । चीनले थुपै अमेरिकी नागरिक र संस्थामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको विरोध स्वरुप चीनले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बीबीसीका अनुसार यो सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस समेत रहेका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त… Continue reading कैयौं अमेरिकी नागरिक र संस्थामाथि चीनले लगायो प्रतिवन्ध
कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका कारण १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो । यो अवधिमा ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । कोरोनाबाट नेपालमा पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बर भन्दा… Continue reading कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो
काठमाडौं । आज मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार एक साता भित्र ३७… Continue reading मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो
नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ । केही दिन स्थिर रहेको संक्रमण अब दैनिक ३ हजार भन्दा माथि पुगेको छ । सार्वजनिक यातायात खुला भएको र व्यापार व्यवसायसहितका क्षेत्र समेत खुला भएपछि बजारमा चहलपहल बढेको छ । यसले भाइरसको संक्रमण समेत बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४… Continue reading नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते