जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ । नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ । जापानले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदारलाई अवसर दिँदैछ । त्यसअन्तर्गत पहिलो चरणमा नेपालीले केयर गिभरमा अवसर पाउने भएका… Continue reading जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

फाइल तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । खासगरी नदीहरुमा पानीको बहाव बढ्ने र पहाडमा पहिरोको सम्भावना हुने भन्दै मौषम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो । महाशाखाद्धारा जारी बुलेटिन अनुसार भारी र सामान्य वर्षाले समेत हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने… Continue reading देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

कस्तो छ प्रधानमन्त्रीलाई ?

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् । आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन । यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार… Continue reading कस्तो छ प्रधानमन्त्रीलाई ?

आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातको वृद्धिदर घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ को साउनको तुलनामा चालु आव २०७६\७७ को साउन महिनामा आयातको वृद्धिदर घटेको हो । यस अवधिमा निर्यात व्यापार भने बढेको छ । तथ्यांक अनुसार साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान… Continue reading आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् । तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए । जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका… Continue reading अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

काठमाडौं । नेकपासहितका दलले आसन्न उपनिर्वाचनमा भाग लिन अनिवार्य दल दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दललाई आह्वान गरेको हो । एमाले र माओवादी मिलेर निर्वाचन पछि एकिकरण भएका कारण नेकपाले नि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएको हो । १४ मंसिरमा विभिन्न तहमा रिक्त रहेको पद परिपूर्तिका लागि… Continue reading उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

पत्रकार बन्न लाइसेन्स अनिवार्य

काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ । यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन्… Continue reading पत्रकार बन्न लाइसेन्स अनिवार्य

दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?

काठमाडौं । नजिकिएको दशैंका लागि अग्रिम बुकिङ खुलाउन सरकारले व्यवसायीसँग छलफल डाकेको छ । २५ भदौबाट अग्रिम बुकिङ खुलाउने प्रस्तावसहित सरकारले व्यवसायीसँ छलफल गर्न लागेको हो । यातायात व्यवस्था विभागले बुधबार व्यवसायीसँग छलफल डाकेको हो । उनीहरु सहमत भएमा २५ भदौबाट अग्रिम बुकिङ खुल्ने विभागले जनाएको छ । अग्रिम बुकिङ खोल्नुअघि व्यवसायी भने भाडा समायोजनको… Continue reading दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?

चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ । सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ । चीनलाई… Continue reading चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

आज हरितालिका तीज, धुमधामले मनाइदै

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् । शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड मनाउन प्रचलन रहेका छ । यस दिन सरकारले बिदा घोषणा गरेको हुन्छ । काठमाडौंको पशुपतिनाथ… Continue reading आज हरितालिका तीज, धुमधामले मनाइदै

चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो । दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी… Continue reading चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि बन्द हुन लागेको हो । विमानस्थलको धावनमार्गको पीच परिवर्तन गर्ने योजना अनुसार विमानस्थल ७ घण्टा बन्द हुन लागेको हो । १५ असारबाट २१ घण्टा खुलेको विमानस्थल फेरी बन्द गर्न लागिएको… Continue reading आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द

अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ । यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् । उनीहरुको स्थानीय… Continue reading अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

शुरु भयो तीजको रौनक, आज दरखाने दिन

काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो । आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ । त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने… Continue reading शुरु भयो तीजको रौनक, आज दरखाने दिन

देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । शनिबार बिहान मन्त्री भट्टराई देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । भेटमा मूख्यगरी नेपाल भ्रमण वर्षको सम्बन्धमा छलफल भएको पर्यटन मन्त्री भट्टराईले जानकारी गराएका छन् । मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र… Continue reading देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?

भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए । करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।… Continue reading भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ । नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ । जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा… Continue reading नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

देशभर फैलदै डेंगु

काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए । मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो… Continue reading देशभर फैलदै डेंगु

बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल

काठमाडौं । श्री एयरलाइन्सले छैठौं जहाज काठमाडौं ल्याइपुर्याएको छ । क्यानडामा बनेको बम्बाडियर जहाज भारतको अहमदावाद हुँदै काठमाडौं आएको हो । बिहीबार काठमाडौं अवतरण गरेको जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम रहेपनि प्रतिकूल मौसमका कारण पटनातर्फ लगिएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार ८० सीट क्षमता रहेको यस जहाजले तीन वटा… Continue reading बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल

कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ । ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ । कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको… Continue reading कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

File Photo

काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् । विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ । नेपालले… Continue reading विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ । बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे । जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ । संघदेखि प्रदेश… Continue reading कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

बेलायती संसद निलम्बन, विपक्षीको विरोध

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएसँगै अब बेलायतको संसद निलम्बन हुने भएको छ । केही दिन मै औपचारिक रुपमा संसद विघटन प्रक्रिया शुरु हुने बेलायती संचारमाध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनका अनुसार संसद् निलम्बन भएपछि १४ अक्टोबरमा महारानीबाट देशका नाममा सम्बोधनको कार्यक्रम तय भएको छ ।… Continue reading बेलायती संसद निलम्बन, विपक्षीको विरोध

ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ । त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् । तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ,… Continue reading ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

काठमाडौं । नेपाल र क्यारेवियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडिएको छ । यो देश भूगोलका हिसावले विश्वकै सानोमध्ये एक हो । नेपाल र सेन्ट लुसियाबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएसँगै अब नेपालको कुटनीतिक सम्बन्ध १६७ देशसँग जोडिनु पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले… Continue reading नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

नेपाल एयरलाइन्सको जापान उडान शुरु

काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक नेपालबाट जापानमा सिधा उडान शुरु गरेको छ । बिहीबार बिहान २ः३० बजे निगमको जहाज जापानका लागि उड्दैछ । उडानको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल वायुसेवा निगमको भनाई छ । करीव १ सय २५ भन्दा बढी यात्रु बोकेर निगमको जहाज जापानका लागि उड्ने निगमले जानकारी दिएको छ । निगमका अनुसार… Continue reading नेपाल एयरलाइन्सको जापान उडान शुरु

कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बुधबारका लागि आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजेका लागि केन्द्रिय समिति बैठक बोलाइएको छ । बैठकले भातृ संस्थाहरुलाई सक्रिय बनाउने सन्दर्भमा ठोस निर्णय हुने बताइएको छ । धेरैजसो भातृसंगठनको नियमित कार्यकाल समाप्त भइसकेको छ । त्यसकारण भातृ संगठन सक्रिय छैनन् । यस अवस्थामा… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो । जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले हरेक वर्ष यसै समयमा नाडा अटो शो आयोजना गर्दै आएको छ… Continue reading देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का सिलसिलामा हरेक देशमा नेपाल डेस्क तथा स्थलको व्यवस्था गर्न मूल आयोजक समितिले गैरआवासीय नेपाली संघलाई आग्रह गरेको छ । मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले गैरआवासीय नेपाली संघलाई उक्त जिम्मेवारी तोकेको हो । ‘अब हरेक मुलुकमा नेपाल डेस्क स्थापनाको पहल हामी परराष्ट्र मन्त्रालयमार्फत गर्छौ,’… Continue reading भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या आरती प्रत्यक्ष प्रसारण हुनेछ । यहाँ संयौं भक्तजनको उपस्थितिम साँझ ६ बजेपछि ८ बजेसम्म सन्ध्याआरती… Continue reading पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै