काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै… Continue reading कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड
Category: फिचर
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।… Continue reading बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै
काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक क्यानले लारा एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जानकारी गराएको छ । ‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने भएका छन् । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेको बताइएको छ । लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ… Continue reading विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै
प्रधानसेनापति भारत प्रस्थान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् । यसअघि भारतीय सेनाध्यक्ष… Continue reading प्रधानसेनापति भारत प्रस्थान
हुस्सुको कहरले जनजीवन प्रभावित
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी… Continue reading हुस्सुको कहरले जनजीवन प्रभावित
यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?
काठमाडौं । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि–कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे। उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध… Continue reading यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?
अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि… Continue reading अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ। यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन। स्थानीय तहका कूल ४४… Continue reading एमाले सचिवालय बैठक आज बस्दै
एनपीएलमा आज दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक… Continue reading एनपीएलमा आज दुई खेल
बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए । सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला… Continue reading बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो । विश्वका… Continue reading नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि
काठमाडौं । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो । “बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरम पन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई… Continue reading सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि
जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ
काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले… Continue reading जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ
अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताए । ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दैछन् । आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा… Continue reading अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो । यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको… Continue reading नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्
अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका… Continue reading अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट
गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो । ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि… Continue reading गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
काठमाडौं । राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान… Continue reading राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
नुवाकोटमा दुई छोरासहित आमा मृत फेला
काठमाडौं । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन्। आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन्।आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक… Continue reading नुवाकोटमा दुई छोरासहित आमा मृत फेला
शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति
काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूका अनुसार बसर अल असद परिवारसहित मस्को गएका हुन् । सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ। विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए । असद… Continue reading शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति
हिमाली भेगमा हिमपात सुरु
काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु… Continue reading हिमाली भेगमा हिमपात सुरु
रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद… Continue reading रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे । ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ,… Continue reading प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन
एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन
काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए । एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि… Continue reading एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन
अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लु अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र… Continue reading अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी
अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपाल भ्रमणका क्रममा आजै नेपाल आएका… Continue reading अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?
सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे
काठमाडौं । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन्। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि… Continue reading सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे
दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । महाभियोग प्रस्तावको पक्ष वा… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने
कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय… Continue reading कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही
काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ… Continue reading सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही