काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । यहाँ सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर आह्वान भएको छ । सरकारले १ मंसिरमा सुरुङ मार्ग निर्माण गर्न १० अर्ब १५ करोड रुपैयाँ प्रदान गरेको थियो । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान… Continue reading अन्ततः सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग
Category: फिचर
देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने
काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी… Continue reading देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने
‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन
नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना… Continue reading ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन
महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण
काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो । जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले यस्तो निर्णय लिएको हो । यो बैठकको… Continue reading महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण
महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने
काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश… Continue reading महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने
प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् । अदालतले फैसलामा अन्य विकल्प… Continue reading प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्याउन हस्ताक्षर गरेका सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोधिने भएको हो । अन्यको हकमा भने थप सोधपुछपछि… Continue reading एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो
नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान
काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही… Continue reading नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान
नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस अवधिमा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको थियो । नेपालमा… Continue reading नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए
अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने
काठमाडौं । अमेरिकी सरकारको तर्फबाट नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्रीको पहिलो खेप नेपाल आएको छ । आज एक कार्गो जहाजले ती सामान नेपाल ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको कोभिड१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेपका सामान नेपाल आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले… Continue reading अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने
राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिले चालेको कदमको प्रतिवाद गर्ने निर्ण गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन… Continue reading राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन्… Continue reading गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् । उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन्… Continue reading प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल
संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन्… Continue reading संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । एमाले ओली पक्षको गुटबाहेक अन्य राजनीतिक दल महामारीमा निर्वाचन भन्दा जनजिविका सहज बनाउन लाग्नुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्रीको भित्रि इच्छा पुरा गर्दै अन्ततः मुलुकमा निर्वाचन घोषणा भएको हो । यस सम्बन्धमा… Continue reading राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा
काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।
रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज
काठमाडौं । रास्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदका लागि परेका दुबै प्रस्ताव अयोग्य भएको घोषणा गरेकी छिन् । शुक्रवार मध्यरातमा रास्ट्रपति कार्यालयबाट जारि सूचनामा उक्त जानकारी दिइएको हो । प्रधानमन्त्री केपि शर्मा ओलि र विपक्षी दलका नेता शेर बहादुर देउवा दुबैको प्रस्ताव अमान्य घोषणा भए सङ्गै अब प्रधानमन्त्री ओलिको रणनीति अनुसार चुनावी… Continue reading रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज
प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ,… Continue reading प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् । देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित… Continue reading प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३ जनाको पिसिआरमा ८४०७ र ८३७ एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्। यो सहित हालसम्म ४ लाख ९७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ… Continue reading नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।
प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् । ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर बाहिरिएका स्रोतले जनाएको छ । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान… Continue reading प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र
नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल नभएको दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका हुन् । उनले उनले भने परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेको बताए । अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा… Continue reading नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्त्री ओली
संविधान संशोधनका लागि पाँच जनाको कार्यदल गठन
काठमाडौं । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बिहीबार पाँच सदस्य कार्यदल गठन भएको बताए । उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।
भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल
काठमाडौं । नेपालले ९ लाख भन्दा बढी जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको पहिलो डोज लगाएको छ । दोस्रो डोज खरीद गर्न भारतीय खोप निर्माता कम्पनी सिरमलाई रकम भुक्तानी गरिसकेको अवस्थामा पनि तत्काल खोप आउने सम्भावना छैन । किनकी भारत आफैले यतिबेला महामारीको सामना गर्नु परेको छ । यता नेपालमा पहिलो मात्रा लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि… Continue reading भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल
नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराक जाँदै, महत्वपूर्ण चार खेलको तयारी
काठमाडौं । नेपाली राष्ट्रिय फुबटल टोलीका लागि जेठ महिना महत्वपूर्ण छ । किनकी यो खेलबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति प्रमाणित गर्न सक्ने छ । नेपालले यो महिना कुल चार वटा प्रतिस्पर्धा गर्दैछ, सबै खेल बलियो टोलीविरुद्ध हुने छ । यसमध्ये एक खेल मैत्रीपूर्ण हो भने अन्य तीन खेल भने विश्वकप २०२२ को छनोट चरणका… Continue reading नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराक जाँदै, महत्वपूर्ण चार खेलको तयारी
राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् । कांगे्रसका वरिष्ठ नेता रामचन्द्र… Continue reading राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत
काठमाडौं\एजेन्सी । इजिप्टको मध्यस्थतापछि इजरायल र प्यालेस्टीनी विद्रोहीबीचका युद्ध थामिएको छ । करीव दुई सातायता जारी युद्धका कारण अढाइ सय मानिसले ज्यान गुमाइसकेका छन् । बीबीसीका अनुसार युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका हुन् । युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन… Continue reading इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत
खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै
फ्रान्स । कोरोना भाईरस बिरुद्धको खोप पूर्ण गरेका सबैको लागि युरोप खुल्ला हुने भएको छ। बुधबार युरोपियन युनियन अन्तर्गतका राजदुतहरुको राष्ट्रियस्तरको सहमतीले आगामी गर्मी याममा खोप पुरा गरेर छुट्टी मनाउन युरोप जानेहरुलाई प्रबेशमा कुनै रोक तोक नहुने निर्णय गरेको हो । राजदुतहरुको सहमतीले खोप पुरा गरेकाहरुले क्वेरण्टिनमा बस्नु नपर्ने र जाँच पनि गर्नु पर्ने छैन… Continue reading खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै
महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास
काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा… Continue reading महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास