काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतबाट आदेश आएको छ । वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिइएको थियो । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश प्रेमराज कार्की,… Continue reading अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातलाई थुनामा राख्न अदालतको आदेश
Category: फिचर
भौतिक दूरी कायम राख्दै सरकार विरोधी प्रदर्शनमा उपस्थित हुन देउवाको अपिल
काठमाडौं । नेपाली कांग्रेसले सोमवार (भोलि) देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरि राख्दै उपस्थित हुन कांग्रेसले अपिल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका लागि अपिल गरेका हुन् । देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक… Continue reading भौतिक दूरी कायम राख्दै सरकार विरोधी प्रदर्शनमा उपस्थित हुन देउवाको अपिल
नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन्… Continue reading नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो । यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा आइतबार मानव विकास प्रतिवेदन सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको प्रतिवेदनले नेपाल अब मध्यम मानव विकासको सूचकांकको स्तरमा पुगेको देखाएको छ। विश्व सूचकांकमा कम मानव विकास सूचकांकमा गणना भइरहेको… Continue reading मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित,अर्को बैठक पुस १ गते बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी… Continue reading शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित,अर्को बैठक पुस १ गते बस्ने
तेह्रथुममा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेको प्रहरीको भनाई छ ।… Continue reading तेह्रथुममा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु
फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
काठमाडौं । चिनी मिलबाट पाउनु पर्ने करोडौं रुपैयाँको भुक्तानी नपाएका कृषक पुनः आन्दोलित बनेका छन् । गत वर्ष सरकार र उद्यमीबीच भएको सम्झौता अनुसार उखुको भुक्तानी नपाएका सर्लाहीका कृषक पुनः आन्दोलनका लागि काठमाडौं आइपुगेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा कृषक काठमाडौं आइपुगेका हुन् । कृषकले आजबाट माइतीघरमा प्रदर्शन थाल्दैछन् । गत वर्ष… Continue reading फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
काठमाडौं । अमेरिकामा सोमबारबाट सर्वसाधारण्को स्तरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोनाबाट संसारमा सबैभन्दा बढी मानवीय क्षति भएको यो मुलुकमा आफ्नै कम्पनीले निर्माण गरेको खोप लगाउने अनुमति सरकारले दिएको हो । अमेरिकाले फाइजर-बायोएनटेक खोप दिन लागेको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भन्दै खोप लगाउने… Continue reading अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण
काठमाडौं । नेपालमा दैनिक संक्रमणको संख्या तीन अंकमा झरेको छ । अर्थातः हरेक दिन १ हजारभन्दा माथिको संक्रमण पुष्टी भइरहेकोमा शनिबार मात्र ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कुल ५ हजार २४२ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या… Continue reading तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण
प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकलाई कांग्रेसले पार्टीको कार्यक्रम विथोल्ने षडयन्त्रका रुपमा बुझेको छ । सोहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन्। कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको छ । त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखेपछि कांग्रेस सशंकित बनेको हो । देउवाले आफू बैठकमा उपस्थित हुन… Continue reading प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित
नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणका लागि खेलहरुको मिति तय गरेको छ । यसअघि यी खेल मार्च अप्रिलमै सकिनु पर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण रोकिएका खेलहरु एक वर्षपछि पुनः सुचारु हुन लागेका हुन् । खेलहरु २०२१ मार्च र… Continue reading नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय
बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने
लण्डन । बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ सङ्क्रमित व्यक्तिको आइसोलेसन तथा क्वारेन्टिनब बसाई अवधि घटाएको छ । बेलायती संचारमाध्यमका अनुसार अब बेलायत जाने विदेशीले १४ दिनको साटो १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने छ । यस्तो नियम शुक्रबार घोषणा गरिएको छ । जुन सोमबारबाट कार्यान्वयनमा आउने छ । वेल्समा भने यसअघि नै सोही नियम… Continue reading बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने
नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
काठमाडौं । संसरका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन पछि वितरण शुरु गरिसकेका छन् । चीन र रुसले अघोषित रुपमा आफ्ना नागरिकलाई खोप लगाइसकेको सार्वजनिक भएको छ । बेलायतले औपचारिक रुपमै खोप वितरण थालेको छ । अमेरिका यसैसाताबाट सर्वसाधारणलाई खोप वितरण गर्ने तयारीमा छ । तर, तेस्रो विश्व भने अझै अलमलमा छ । किनकी यी… Continue reading नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा ट्रकको ब्रेक फेल भएपछि भयानक सडक दुर्घटना भएको छ । ट्रकले ८ वटा गाडीलाई ठक्कर दिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस दुर्घटनामा १० जना घाइते भएका छन् । थानकोटबाट कलंकी तर्फ आउँदै गरेको प्र०२(०३००१ख१४२० नम्बरको मालवाहक ट्रकको ब्रेक फेल… Continue reading नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु
नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा कुल ७४१४ जनामा कोरोना परीक्षण गरिएको थियो । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको… Continue reading नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी
नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित
काठमाडौं । नेपाल र भारतबीच दैनिक एक उडान हुने भएको छ । यसका लागि दुबै मुलुकले अनुमति प्रदान गरेका छन् । नेपालले भारतको एयर बबल स्कीममा सहभागी हुने गरी सहमति दिएको थियो । यससँगै अब भारत र नेपालबीच ९ महिनापछि हवाई उडान हुन लागेको हो । नेपालस्थित भारतीय दूतावासका अनुसार आज भारत सरकारले एयर इण्डिया… Continue reading नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित
सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच बिहिबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार… Continue reading काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० रहेको छ । थप १०६४ जना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये संक्रमित… Continue reading नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त
झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेकोे छ । आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा थामिएको छ । सेयर बजार मापक सूचक नेप्से ८.२७ अंकले घटेर १९६४.०२ विन्दुमा पुगेको छ । यसदिन २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर… Continue reading झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी
महेश न्यौपाने, खोज पत्रकारिता केन्द्र- काठमाडौं । २०७७ साउनमा सुरक्षित प्रसूति सेवा लिन जिल्ला अस्पताल रोल्पा पुगेकी रोल्पा नगरपालिका–८ जंकोटकी मेलिना बुढाले छोरो जन्माइन् । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखियो । थप उपचारका लागि भैरहवा ल्याउने क्रममा शिशुको प्राण गयो । रोल्पा अस्पतालले उपचार गर्न नसकेका कारण भैरहवा ल्याउँदा एम्बुलेन्समा अक्सिजन… Continue reading रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी
आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था… Continue reading आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै
विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि
मोरङ । मोरङमा सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । त्यसपछि शव आफन्तलाई बुझाइएको हो । उनका पुत्र छत्रले शव बुझेका छन् । मोरङको मिक्लाजुङ… Continue reading विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि
पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो । कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन्… Continue reading पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु
शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?
काठमाडौं । मंगलबार मोरङमा शिक्षकको विभत्स हत्याको जिम्मेवारी विप्लव समुहले लिएसँगै सरकार उक्त समुहविरुद्ध रणनीति बनाउन जुटेको छ । सोही क्रममा गृह मन्त्रालयले आज सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक डाडेको छ । बैठकले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधिमा उन्मुख भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको… Continue reading शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?
लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने
काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स), रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपासलगायतमा जरिवाना छूट दिएको छ । मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना छूट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार कोभिडको असरलाई… Continue reading लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने
विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने
काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका… Continue reading विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने
साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे
काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली पार्टीबिच एकता भएको छ । पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो। वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।… Continue reading साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे
थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । थप १४८३ जना संक्रमण मुक्त… Continue reading थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?