कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ४ हजार भन्दा माथि पुगेको… Continue reading कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु

नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा गरि ९ हजार ४८३ जनामा कोेरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ ।… Continue reading नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त

पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो

काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको… Continue reading पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो

देशकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बन्द

काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले आजदेखि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो। समितिले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ।‘कृषक बजार मंगलबारदेखि… Continue reading देशकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बन्द

उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ। पार्टी प्यालेसमा हुँदै… Continue reading उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने

नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । तर, जसपामा दुई धार देखिएपछि भने नयाँ सरकार गठनको प्रक्रिया जटिल बन्ने भएको छ । जसपामा महन्त ठाकुर पक्ष एमाले अध्यक्ष ओलीकै पक्षमा रहेको छ । तर, उपेन्द्र यादव र डा.… Continue reading नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै

अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

Photo : Dan Stepenosky| LATIMES

वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ । यो… Continue reading अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका

Photo : Twitter\Thewire

उत्तर प्रदेश । भारतको गंगा तटमा ४० भन्दा बढी वेशारिसे शव भेटिएका छन् । यी शव कहाँबाट आए भन्ने खुलेको छैन । भारतीय संचारमाध्यम हरुका अनुसार उत्तर भारतको गङ्गा नदीको किनारमा शव भेटिएका हुन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने आंशका गरेका… Continue reading भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका

बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन्। सोमबार अबेर राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी… Continue reading बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा

file

काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा चुचुरोमा पुग्न सफल भएको छ । बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितको टीम मंगलबार बिहान ६ः४० मा सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सामाजिक संजालबाट पुष्टी गरेकी छिन् । उनका अनुसार सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । मनास्लु र लुवुचो हिमालको सफल आरोहण… Continue reading बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा

नेपालमा थप ९२७१ जनामा संक्रमण पुष्टी, एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ पीसीआर र ७८८ एन्टिजेन परीक्षणमा गरि ९ हजार २७१ जनामा कोेरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ ।… Continue reading नेपालमा थप ९२७१ जनामा संक्रमण पुष्टी, एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु

प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ । संसादमा जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ। विश्वासको मत नपाएसँगै प्रधानमन्त्री ओली… Continue reading प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्। ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत… Continue reading ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् । सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्। अमेरिकन आइडलको १८ औं संकरणको उनि उपविजेता बनेका थिए। गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको छ। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागि जनाएका… Continue reading दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

दुई सातादेखि जारी उपत्यकाको निषेधाज्ञा १५ दिन थप्न सिफारिसकाठमाडौं । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा थप १५ दिन थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो । डीसीसीएमसीले सोमबार काठमाडौंका मयेरहरुसँग छलफल गरी थप १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको… Continue reading उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८८ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच भएका छन् । आइतबार… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट

‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौँ’ पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए । त्यस्तै… Continue reading ‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौँ’ पुष्पकमल दाहाल

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने… Continue reading एसईई र कक्षा १२ को परीक्षा स्थगित

तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए। कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे… Continue reading तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

काठमाडौं । पार्टी एकता कायम राख्न एमालेमा माधव नेपाल समूहले दिएको अल्टिमेटमको अवधि घर्किएको छ । सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको थियो । शर्तसहितको अल्टिमेटमबारे ओली टसमस भएनन् । उल्टो धम्कीपूर्ण विज्ञप्ती जारी गरेसँगै आक्रोसित बनेको नेपाल समुहले कठो निर्णय लिने चेतावनी दिइसकेको छ । समूहको बैठक… Continue reading अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

Photo : Jay Reeves/Associated Press

न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ । कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ ।… Continue reading अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

Photograph: Jerilee Bennett/AP

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा एक घरमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यहाको क्यान्टरबरी मोबाइल होम पार्कस्थित घरमा जन्मोत्सव पार्टी चलिरहँदा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । घटना आइतबार बिहान भएको हो । बन्दुकधारीले अन्धाधुन्ध गोली हानीर ६ जनाको हत्या गरेसँगै आफुलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले… Continue reading कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आइतबार राती एक पत्र सार्वजनिक गरे । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरि लेखिएको पत्रमा उनले स्पष्टसँग भनेका छन् ओली नसच्चिए पार्टी फुट्छ । माधव कुमार नेपाल समुहले सोमबार बिहानसम्मको अल्टिमेटम ओलीलाई दिएको छ । ती शर्त नमाने नेपाल पक्षका प्रतिनिधिसभा सदस्यले राजिनामा गर्नेछन्… Continue reading मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ । केपी… Continue reading आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । पार्टीलाई अदालतको आदेश अनुसार २ जेठ २०७५ को अवस्थामा फर्काउने निर्णयमा सहमत नभए सोमबार ९ बजेपछि भने यो समूहका सांसदले राजिनामा दिनेछन् । त्यस अवस्थामा केपी शर्मा ओलीको सरकार ढल्नेछ भने नेकपा एमाले समेत विभाजित हुनेछ ।… Continue reading ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार… Continue reading नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडौं । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका… Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

काठमाडौं । सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र माघव नेपालबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो। उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’ उनका अनुसार दुबै… Continue reading ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन