विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी औपचारिक रुपमै लिएको छ । पार्टी विरुद्ध सुराकी गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा हतियारसहित आक्रमणमा उत्रिएको र प्रतिकारका क्रममा उनको मृत्यु भएको समुहले उल्लेख गरेको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार… Continue reading विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् । पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त… Continue reading कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

file

काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । मंगलवार नेपाल र… Continue reading सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्। बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा… Continue reading संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको… Continue reading विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ… Continue reading आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा

Photo : Citynews

नयाँ दिल्ली । भारतमा कृषि विधेयकविरुद्ध किसानको आन्दोलन देशव्यापी बनेको छ । त्यसक्रममा कृषकहरुले आज भारत बन्दको आयोजना गरेका छन् । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसहित कैयौं संगठनको स्वतस्फुर्त साथ पाएका किसानहरुले उठाएको विशाल आन्दोलनका कारण मोदी सरकार भने संकटमा पर्दै गएको छ । यसले आसन्न निर्वाचनहरु भारतीय जनता पार्टी (भाजपा)का लागि कठिन हुने संकेत गरेको… Continue reading आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा

आज सगरमाथाको नयाँ उचाई घोषणा

काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदैछ । सरकारले एकवर्ष अगाडी टोली खटाएर चुचुरो सम्मै पुगेर नापजाँच गरेको सगरमाथाको उचाई आज नापी विभागले सार्वजनिक गर्न लागेको हो । यस पटक चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्न लागेका छन् । सोहीकारण नयाँ उचाई सहजै विश्वव्यापी मान्य हुने भएको छ ।… Continue reading आज सगरमाथाको नयाँ उचाई घोषणा

नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ । अर्कोतर्फ निको हुनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । सोहीकारण सक्रिय संक्रमित र गम्भीर बिरामीको संख्यामा पनि उल्लेख्य कमी आएको देखिएको छ । तर, मृत्युदरमा भने सोचेजती प्रगति देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४… Continue reading नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित

प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ । समसामयीक विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्रीले बैठक डाकेका हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी आन्दोलन चर्किएको छ । राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुन थालेपछि सम्भवतः सोही विषयमा चर्चा… Continue reading प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकर पक्राउ परेका छन् । उनीहरुले सिस्टम ह्याक गरी परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोप प्रहरीको छ । प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २… Continue reading लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ

विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ । यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने… Continue reading विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस… Continue reading नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए

दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जनाएके छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्। मृतक दुईजनाको परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३… Continue reading दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु

उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले चार महिना भन्दा लामो समयदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर, यसको कार्यान्वयन भने हुन सकेको छैन । हरेक दिन बिहान ट्राफिक प्रहरीले केही सवारी साधनलाई सडकमा थुनेर राख्ने गर्छ । त्यसपछि खुला भएको सडकमा निर्वाध सवारी गुडिरहेका छन् । तर, यसले सवारी साधन चालकलाई मनोवैज्ञानिक… Continue reading उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग

इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?

काठमाडौं । युरोपियन युनियनले नेपाली नागरिक उडड्न क्षेत्रमा व्यापक सुधार भएको भन्दै प्रशंसा गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आज जारी गरेको वक्तब्यमा इयूले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने समेत संकेत गरेको छ। अन्तर्राष्ट्रिय नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको भन्दै यस्तो संकेत गरेको हो । नेपाल सन् २०१३ यता… Continue reading इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?

लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

लुम्बिनी। कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । मन्दिर आठ महिनादेखि बन्द थियो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप बाल्दै मन्दिर खुला भएको घोषणा गरेका हुन् । लामो समयसम्म मायादेवी मन्दिर नखुलेपछि लुम्बिनी क्षेत्र सुनसान बनेको थियो ।… Continue reading लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को… Continue reading मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप

नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । थप १७५२ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्‍यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक मंसिर २८ गतेबस्ने गरि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि भएका थिएनन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको… Continue reading नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्‍यो

नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । विगत केही दिनयताको विभिन्न समाचारहरु र त्यसले निर्माण गर्दै लगेको लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा आज पहिरो गएको देखिएको छ । धितोपत्र बोर्डले निकालेको विज्ञप्ति र राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने भन्ने समाचारहरु बाहिर आएसँगै लगानीकर्ताहरु आत्तिन थालेका थिए । आज बिहानै देखि घट्न थालेको सेयर… Continue reading नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट

कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। कडा सुरक्षा घेराबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकमा यसअघि दुवैजना… Continue reading कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यद्दपी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने निश्चित छैन । पार्टीमा बैठक बोलाउन… Continue reading आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै

देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालको धेरै ठाउँको मौसम बद्ली भएको छ । जल तथा मौसम विज्ञान विभागको अनुसार उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागको एक/ दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो… Continue reading देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो । नम्रताले ‘मिस नेपाल वर्ल्ड’को… Continue reading नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष… Continue reading डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु

नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटिमा पुगेको हो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए। ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा… Continue reading नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय

थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १० जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५७७ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १६ जना, विहिबार १३ जनाको मृत्यु भएको थियो ।

नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०२४जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ रहेको छ । थप २२०६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २ लाख २४… Continue reading नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

काठमाडौं । राजतन्त्रको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ। शनिबारको संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरेका हुन् । शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शनमा… Continue reading राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन