Category: फिचर

  • बालेनको मत १० हजार कट्यो, आधा कम मतसहित पच्छ्याउँदै स्थापित

    बालेनको मत १० हजार कट्यो, आधा कम मतसहित पच्छ्याउँदै स्थापित

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको मत १० हजार कटेको छ । मंगलबार बिहान ८ : ३० सम्मको अपडेट अनुसार बालेनले १० हजार २४१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका केशव स्थापित हुन् । उनले बालेन भन्दा आधा कम अर्थातः ५ हजार ४५३ मतसहित पच्छ्याइरहेका छन् ।

    कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनलाई ४ हजार ७४२ मत आएको छ । उता उपमेयरमा युवा उम्मेदवार एमालेकी सुनिता डंगोलले विपक्षी भन्दा तेब्बर मत पाइसकेकी छिन् । उनले ९ हजार ४१९ मत ल्याउँदा समाजवादीका रामेश्वर श्रेष्ठले २५७५ मत पाएका छन् ।

  • विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

    विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

    सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्कालाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । बसको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो।

  • गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

    गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

    तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो पटक यहाँ एमालेले जितेको थियो ।

    गोकर्णकै गृह पालिका इश्मामा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भयो । यसअघि यहाँ एमालेले जितेको थियो । समाजवादीकी नेतृ राम कुमारी झाक्रीको गृहपालिका मदानेमा समेत यस पटक कांग्रेसले जितेको छ । यो विगतमा एमालेको पकड क्षेत्र थियो । मालिका गाउँपालिकामा यस पटक एमालेले वडा सदस्यसम्म जित्न सकेन । १२ वटा स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहको मतगणना सकिँदा कांग्रेस र माओवादीले चार चार स्थानीय तह जितेका छन् । एमालले मात्र दुई तहमा जितेको छ ।

  • भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

    भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी हुन् । उनले ५ हजार ७१८ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ । नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

  • विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

    विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

    बुटवल । नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे। सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए । उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए ।

    वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए । माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् । दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

    शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगर प्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द (विप्लव) को घर र पार्टी केन्द्रीय कार्यालय समेत छ । २०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो ।

  • १९९ स्थानीय तहको नतिजा आउँदा कुन दलले कति पालिका जिते ?

    १९९ स्थानीय तहको नतिजा आउँदा कुन दलले कति पालिका जिते ?

    काठमाडौं । सोमबार साँझसम्म देशभर भएको मतगणनाका दौरान १९९ स्थानीय तहमा नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले देशभरबाट ८९ पालिका प्रमुखमा जित निकालेको छ । कांग्रेसले ९१ उपप्रमुखमा जित हात पारेको छ । दोस्रो स्थानमा एमाले रहेको छ । एमालले ५९ पालिका प्रमुख जितेको छ ।

    ५८ उपप्रमुखमा एमालेले जित हात पारेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले देशभर ४६ पालिका प्रमुख र ४२ पालिका उपप्रमुख पदमा जित निकालेको छ । अग्रताको हिसावले नेपाली कांग्रेस नै पहिलो स्थानमा छ । मतदात भइरहेका पालिकामध्ये कांग्रेस २२० वटामा अगाडी छ । एमाले १३४ र माओवादी ७४ पालिकामा अगाडी रहेका छन् । जसपा नेपाल ३१ र एकिकृत समाजवादी १७ स्थानमा अगाडी रहेका छन् ।

  • कांग्रेस र एमालेको पकड क्षेत्रकै वडामा समेत बालेनको अग्रता

    कांग्रेस र एमालेको पकड क्षेत्रकै वडामा समेत बालेनको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सानदार अग्रता लिइरहेका छन् । उनले ठूला पार्टी एमाले र कांग्रेसको प्रक्षेपण विपरित भोट ल्याएसँगै ठूला पार्टीका नेताहरु समेत हरेस खान थालेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता फराकिलो पारे । महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

    वडा नं १ मा बालेनले ७८३ मत ल्याए । जहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाए । वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत पाए । यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भए ।

    वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २५७ मत बढी हो । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाइरहेकी छिन् । उनलाई जाने भोट समेत बालेनले पाएको पाइएको छ ।


    वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाए । सोमबार मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान गरेको थियो । एमालेको अनुमान अनुसार वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, तर मेयरका उम्मेदवार स्थापितले त्यस अनुसार मत पाउन सकेका छैनन् ।

  • कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

    कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । यहाँ मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भए । एमालेले मात्र दुई महिला सदस्य जितेको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराएका थिए ।

    यस पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाएको थियो । एमालेले निवर्तमान मेयर रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५५०७ मत मात्र पाए ।

    उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छिन् । उनले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाइन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० मत ल्याए ।

  • योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादी विजयी,३० वर्षपछि एमाले पराजित

    योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादी विजयी,३० वर्षपछि एमाले पराजित

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    ताप्लेजुङ मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका हुन् ।

    वनेमले २ हजार ४५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङले १ हजार ९३० मत पाए ।

    नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस गाउँपालिकाका तत्कालीन फाकुम्बा गाउँ विकास समिति, साँघु गाउँ विकास समिति र मनन भण्डारीको जन्म थलो समेत रहेको ढुङ्गेसाँघु गाउँ विकास समितिमा ३० वर्षसम्म एमालेले जित्दै आएको थियो ।

    उपाध्यक्ष्मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमलकुमारी वनेम २ हजार ३९५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेकी १ हजार ९्७५ मत ल्याइन् ।

  • मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’

    मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् ।

    लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।

    मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरे ।

    मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको स्मरण गरे ।

    ‘आजको दिन लुम्बिनीमा सिद्धार्थ गौतमका रुपमा बुद्धको जन्म भयो । यही दिन बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र त्यही दिन कुशीनगरमा महापरिनिर्वाण हुनु भयो’, मोदीले भने, ‘यो अद्भूत कुरा हो ।’

    नेपाल आउँदा आफूलाई अरु राजनीतिक भ्रमण फरक आध्यात्मिक अनुभूति हुने मोदीको भनाइ थियो ।

    उनले विगतमा आफूले जनकपुरधाम र मुक्तिनाथको यात्रा गरेको पनि स्मरण गरेका थिए । ‘भारतको राम नेपालविना अधुरो हुनुहुन्छ’, मोदीले भने, ‘हाम्रा धेरै सम्पदा र संस्कृतिहरु साझा छन् ।’ मोदीले भगवान बुद्धको जन्मस्थानमा बेग्लै प्रकारको चेतनाको महसुस हुने बताए ।

  • काठमाडौं महानगरमा १८ हजार मत गन्दा बालेनको ७ हजार ३३९

    काठमाडौं महानगरमा १८ हजार मत गन्दा बालेनको ७ हजार ३३९

    काठमाडौं । काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना भएको छ । १८ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले ७ हजार ३३९ मत पाएका छन् ।

    एमालेबाट केशव स्थापितले ३ हजार ८३२ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३३५ मत ल्याएकी छिन् ।

  • भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता

    भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा दाहाल र सुवेदीबीचको मतान्तर ३८ थियो ।

  • भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत

    भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत

    काठमाडौं । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।

    यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।

    कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।

    उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्।

    १० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्।

  • ७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी

    ७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी

    काठमाडौं । स्थानीय तह निर्वाचनमा मतगणनाको काम जारी छ । अहिलेसम्म ७४ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । संकलित विवरण अनुसार नेकपा एमाले र नेपाली कांग्रसले समान २७–२७ स्थानीय तहमा जित निकालेका छन् । उनीहरुलाई माओवादी केन्द्रले पच्छ्याइरहेको छ । माओवादीले १८ केन्द्रमा जित निकालेको छ ।

    नेकपा एकीकृत समाजवादीले २ वटामा पालिका प्रमुख जितेको छ । यो विवरण प्रमुख पदको मात्र हो । अहिले सबै महानगरपालिका र उपमहानगर पालिकामा निर्वाध मतगणना जारी छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ । सोमबार बिहानसम्मको अपडेट अनुसार उनले ६२०७ मत पाउँदा एमालेका केशव स्थापितले ३२४३ र कांग्रेसकी सिर्जना सिंहले २८८५ मत पाएकी छिन् ।

  • आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ

    आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ

    काठमाडौं । आज २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना विश्वभर मनाइँदै छ । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । बुद्ध जयन्तीमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गरेकी छन् ।

    उनले बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताएकी हुन् । राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गरेकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउएका छन् । उनले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गरेका छन् ।

  • भारतीय प्रधानमन्त्री आज लुम्बिनी आउँदै, समकक्षी देउवाले स्वागत गर्ने

    भारतीय प्रधानमन्त्री आज लुम्बिनी आउँदै, समकक्षी देउवाले स्वागत गर्ने

    भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएकोछ । भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेका छन् ।

    २५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसर पारेर भारतका प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । देउवा आफैँ समकक्षीको स्वागतमा जानेछन् । दुई देशबीच केही राष्ट्रिय महत्वका विषयमा सहमति र समझदारीको तयारी भएको छ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले समेत लुम्बिनीमा छन् ।

    भारतका प्रधानमन्त्री मोदीले सोमबार करिब ६ घण्टा लुम्बिनीमा रहनेछन् । लुम्बिनीस्थित पाँच हजार दर्शकको क्षमता भएको बौद्ध सम्मेलन केन्द्रको सभाहलमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लुम्बिनीमा विशेष हेलिकप्टरबाट बिहान १०ः३० बजे उनी उत्रने कार्यक्रम छ । उनले लुम्बनीमा पूजा गर्ने छत् ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    भैरहवा । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । सोमबार कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुगेर अवतरण गरेका छन् । आज भैरहवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आउँदैछन् । तर, उनी यो विमानस्थलमा भने अवतरण गर्ने छैनन् । हेलिकोप्टरमा आउने उनी सिधै लुम्बिनी जाने कार्यक्रम छ । काठमाडौं पछि नेपालमा ७ दशकपछि अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

  • चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो

    चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। आइतवार एक वक्तव्य जारी गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले सरकार पक्षीय दलहरूले प्रशासनको दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका छन्। तर, निर्वाचन सकिएको तीन दिन पछि एमालेको यस्तो वक्तब्य आउनुलाई भने मानिसहरुले आफ्नो पक्षमा जनमत आउने नदेखिएपछि आएको प्रतिक्रियाका रुपमा मात्र बुझेका छन् ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै पालिकाहरूमा जित हासिल गरे पनि मतगणनाको प्रारम्भिक नतिजाले यो दलले यसअघिको जस्तो नतिजा ल्याउन नसक्ने सङ्केत गरेको छ। एमालेले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानको क्रममा र मतगणनाको क्रममा योजनाबद्ध धाँधली भएको भनेको छ । एमालेले आफ्नो दल र उम्मेदवारहरूको तर्फबाट कतिपय पालिकाको पुनः मतदान र मतगणना गराउन माग गर्दै दिएको निवेदनको सुनुवाइ गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ ।

  • देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता

    देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता

    काठमाडौं । स्थानीय तह निर्वाचन भएको स्थानीय तहमा अधिकांश स्थानमा मतगणना जारी रहेको छ । सबै महानगरपालिका र उपमहानगरपालिकासहित देशभर मतगणना जारी रहँदा ठूला दलले अपेक्षित अग्रता लिएका छन् । अहिलेसम्म १५ स्थानीय तह जितेको कांग्रेस अग्रस्थानमा रहेको छ । एमाले र माओवादी केन्द्रले समान १२÷१२ स्थानमा जितेका छन् । एकिकृत समाजवादीले २ स्थानीय तहमा जित्दा अन्य दलले भने जितेका छैनन् ।

    यस पटक देशभर स्वतन्त्र उम्मेदवारले भने ठूला दललाई टक्कर दिएको देखिएको छ । काठमाडौंमा बालेन शाहले एमालेका उम्मेदवारविरुद्ध दोब्बरको अग्रता बनाइसकेका छन् । धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरपालिकामा समेत स्वतन्त्र उम्मेवारको अग्रता रहेको छ । देशभर मतगणनाको काम भने निकै सुस्त भइरहेको छ ।

    निर्वाचन आयोगले जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने बताएको थियो। सकेसम्म बढी मतगणना टोली गठन गर्दै छिटो गणना सक्न सघाउन आयोगले आइतवार दिउँसो एक विज्ञप्तिमार्फत् आग्रह गरेको छ। सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक उचालेर विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्नेू जस्ता काम भएको आयोगले जनाएकोछ ।

    आयोगले राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई व्यवस्थित र अनुशासित रहन आग्रहु गर्दै तोकिएकै समयभित्र गणना सक्न सघाउन आग्रह गरेको छ। शुक्रवार १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो। तीमध्ये सप्तरी, कालीकोट र बझाङका केही केन्द्रहरूमा आइतवार मतदान भइरहेको आयोगले जनाएको छ। नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो ।

  • भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति

    भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति

    काठमाडौं । सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।

    उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुनः सुरु भएको हो । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो ।

    भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो ।

    मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

    मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मत गणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् ।

    यस्तै, विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।

  • विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

    विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

    एमाले प्रतिनिधिहरुले मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको निर्णय विरुद्ध आरोप लगाएका छन् । उनले कहिले सदर कहिले बदर भनेमने आरोप लगाएका हुन् ।

    पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

    ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

    यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

  • काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता

    काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्।

    पछिल्लो मतपरिणाम अनुसार बालेनले साहले ३ हजार ११० मत प्राप्त गरेका छन्। बालेनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।

    एमालेका उम्मेदवार स्थापितले १ हजार ६४५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६०२ मत प्राप्त गरेकी छन्।

    अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भैरहेको छ ।

  • भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

    भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ ।

    आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १८ सय ९५ मत प्राप्त गरेका छन् ।

    उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३ य ३३ मत प्राप्त गरेकी छन् ।

  • एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

    एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

    काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

    स्याङ्जाको वालिङ नगरपालिका– १ को वडा सदस्य उठेका उनी ४ सय ६७ मतले पराजित भएका हुन्। पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए। उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन्।

    वडामा कुल १८३४ मत खसेको थियो। नेपाली कांग्रेसबाट जितेका अर्यालले ११ सय १२ मत ल्याउँदा पराजित पौडेलले ६ सय ४५ मतमात्र ल्याए। वालिङको १ र २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।

    वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण उम्मेदबार रहेका छन्। उनीहरुले ११ सय १३ र ७ सय ५९ मत पाएका छन्।

  • काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?

    काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्।

    अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।

    पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ६०१ मत पाएका छन्।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत पाएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छन्।

    उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले २ हजार मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्।

    वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन्। ३ सय ५० मतसहित नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।

  • आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    नेपालमा आइतबारबाट सातामा दुई दिन सार्वजनिक बिदाको प्रावधान कार्यान्वयनमा आएको छ । यस अनुसार अब शनिबार र आइतबार लगातार कार्यालय खुल्ने छैनन् । यस्तो प्रावधानका कारण अब सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंकतथा वित्तीय संस्थामा बिदा थप भएको छ ।

    तर, अत्यावश्यक सेवा भने बिदाका कारण रोकिने छैन । कार्यालयहरुले कर्मचारीलाई दुई दिन बिदा दिएर सेवा भने सूचारु राखिराख्नु पर्नेछ । सरकारको पेट्रोलियम पदार्थको बढ्दो खपत कम गर्न यस्तो प्रावधान ल्याएको बताएको छ ।

  • भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत अन्तर बढेको छ । आइतबार बिहानसम्म कुल २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन्  ।

  • निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो

    निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता अझ बढेको छ । उनले  १५७५ मत प्राप्त गरेका छन् ।

    चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

  • पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि

    पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि

    काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले यी तीन वटै इन्धनमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरुेको हो । सरकारले भारतबाट मूल्य बढेर आएको भए पनि निर्वाचनका कारण मूल्य बढाएको थिएन ।

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । शनिबार राति बाटै बढेको मूल्य लागु हुने छ ।

  • बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

    बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

    काठमाडौं । अपडेट : ८४० बजे
    काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ ।

    अपडेट : ६ः५५ बजे…..
    निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन साहले ४०२ मत ल्याएका छन् । उनलाई केश स्थापितले ३१९ मतसहित पच्छ्याइरहेका छन् । गठबन्धनकी सिर्जना सिंहको २०२ मत ल्याएको निर्वाचन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ । राप्रपाले ५३ भोट ल्याएको छ । उपमेयरमा सुनिता डंगोलले ५२० मत ल्याउँदा समाजवादीका उम्मेदवारले मात्र ११० ल्याएका छन् । कार्यालयले पहिलो आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो ।

    अपडेट ४ बजे….

    काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवारलाई पुनः गठबन्धनले उछिनेको छ । स्वतन्त्र उम्मेदवार बालेन साह भने २ सय मतले अगाडी छन् । पछिल्लो तथ्यांक अनुसार साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत ल्याएकी छिन् ।

    एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेको तथ्यांक छ । काठमाडौं महानगरको वडा नम्बर १, २, ३ र ३२ को मतगणना चलिरहेको छ ।