काठमाडौंमा तिव्र हुरिबतासपछि मेघ गर्जनसहित वर्षा शुरु

काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहीबार राति तिब्र हुरिबतास चलेको छ । यसले जनजीवन प्रभावित पारेको छ । हावाको गति सार्वजनिक भएको छैन । तर, रात्रीकालिन सेवामा खटिएका, सडकमा यात्रारत रहेका मानिसहरुलाई भने आज प्रभावित बनाएको छ । हावाहुरीको क्षतिको विवरण भने आइसकेको छैन । देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित… Continue reading काठमाडौंमा तिव्र हुरिबतासपछि मेघ गर्जनसहित वर्षा शुरु

चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

तस्वीर : सुजन गुरूङ\गोरखापत्र अनलाइन

काठमाडौं । नेपालबाट विभिन्न समयमा चोरी भएर यूरोप र अमेरिका पुर्याइएको ५९ वटा मूर्ति नेपाल फर्काइएको छ । विदेशमा पु¥याइएका सम्पदामा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान र तिब्बतबाट २८ थान मूर्ति फिर्ता भएको पुरातत्व विभागलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले जनाएको छ । विभागका अनुसार पाटनको मोमुडु… Continue reading चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

फाइल तस्वीर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्र (रेड जोन)मा राखेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रेड जोनमा परेका हुन् । यी क्षेत्र खासगरी दुई प्रकारले जोखिममा छन् । एउटा भारतसँगको सिमाना जोडिएको र मानिसहरुको… Continue reading ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ । यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड… Continue reading त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लका राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका हुन् । मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही,… Continue reading भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिनमा फेरि नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २७३५ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७३० विन्दु नाघेको इतिहासमै… Continue reading नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने

काठमाडौं । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न, आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो सुविधा ल्याएको हो । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर यो व्यवस्थाको शुभारम्भ गरेका हुन् । यो प्रणाली मार्फत आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट… Continue reading ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने

भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

Photo : Anushree Fadnavis/Reuters

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड बनेको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी संख्यामा कोरोना भेटिएको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको त्यहाँका संचारमाध्यमले लेखेका छन् । यस दिन १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारमा… Continue reading भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

झापा । पश्चिम बंगालमा ४ वैशाखमा हुने आम निर्वाचनलाई ध्यानमा राख्दै आजबाट नेपाल र भारतका दुई पूर्वी नाका बन्द गरिएको छ । बिहीबार बिहानदेखि ७२ घण्टा सम्म लागु हुने गरी नाका सिल गर्न लागिएको राससले जनाएको छ । राज्य सभाको निर्वाचनको तयारीमा पश्चिम बंगाल रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार वैशाख… Continue reading पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ

Photo : Jelani Cobb\Twitter

मिनसोटा\अमेरिका । अमेरिकामा एक अस्वेतः युवाको प्रहरीको गोलीबाट भएको मृत्युको विषयलाई लिएर प्रदर्शन भइरहेका छन् । यसै सन्दर्भमा मिनसोटामा भएको यो घटनामा संलग्न महिला प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । ती प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चल्ने भएको छ । बीबीसीका अनुसार ती प्रहरी अधिकारी किम पोटर हुन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको छ… Continue reading अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ

बेलायतबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टी

काठमाडौं । कोरोना महामारीको दोस्रो वेव नेपालमा समेत शुरु भएको छ । छिमेकी मुलुक भारतमा उचाई छोइरहेको यो भाइरस क्रमशः नेपालमा समेत हरेक दिन बढ्दो क्रममा छ । यससँगै नेपालमा बेलायतमा पत्ता लागेको भेरियन्ट पुष्टी भएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलका अनुसार नेपालमा ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई यस्तो भाइरस… Continue reading बेलायतबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टी

यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । यस वर्ष नेपालमा… Continue reading यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो । आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२… Continue reading गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

काठमाडौं । अब मोबाइल एपबाटै आफ्नो जग्गाको लालपूर्जा, जग्गाको कित्ता लगायत विवरण हेर्न मिल्ने भएको छ । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम शुरु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । सरकारले… Continue reading अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५८० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८१ हजार ५६४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज

प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले वृद्धभत्ता बढाउने पुनः दोहोर्याएका छन् । सम्भवतः आगामी वर्ष मुलुकका निर्वाचन हुने छ । नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनलेतत्काल लकडाउन भने नहुने स्पष्ट पारेका छन् । सरकार लकडाउनको पक्षमा नरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्न आह्वान गरे । अब… Continue reading प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको भन्दै सुरक्षित भएर नयाँ साल मनाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मास्क, स्यानेटाइजरको प्रयोग अनिवार्य गर्न समेत सुझाव दिएका छन् । भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत… Continue reading कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा

THT

काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ साल शुरु भएको छ । नयाँ वर्षको आज पहिलो दिन, सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । वैशाख १ गतेलाई नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् । यो वर्ष धेरैले कोरोना महामारीको संकट हट्ने र मानिसका लागि सहज दिनहरु आउने अपेक्षा गरेका छन् । गत वर्ष धेरैका लागि… Continue reading आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा

टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार

काठमाडौं । कोभिड १९ का संक्रमितको संख्यामा भएको वृद्धिसँगै अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । यस अस्पतालबाट यसअघि भइरहेका सबै सेवा बन्द गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने गरी… Continue reading टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार

त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

काठमाडौं । नेपालमा संचालन हुने त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेका छन् । नेपालमा वैशाख चार गतेबाट नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा संचालन हुनेछ । दुवै मुलुकको राष्ट्रिय टीम मङ्गलवार बिहान नेपाल आएको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट… Continue reading त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षणमा लाग्न सबैसँग आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको भन्दै एकतामा जोड दिएका छन् । उनले सबैको एउटै उद्देश्य देशको उन्नति हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘निषेध र प्रतिशोधको चक्रब्यूहबाट… Continue reading पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

file

काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् । तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति… Continue reading हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक… Continue reading दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३८६ पीसीआर परीक्षणमा ४६० जनामा संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४६० जनामा कोरोना संक्रमण,१५३ जना डिस्चार्ज

ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो । कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई… Continue reading ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

file

काठमाडौं । सरकारले नेपालमा तत्काल लकडाउन वा कुनै क्षेत्र बन्द नगर्ने भएको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरुमा भने कडाई गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । यसअघि कम्तिमा… Continue reading नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

अमेरिकामा प्रहरीको गोली लागेर पुनः एक अश्वेत युवाको मृत्यु, भड्कियो तनाव

Photo : Jelani Cobb\Twitter

काठमाडौं\एजेन्सी । अमेरिकामा प्रहरीको गोलीले पुनः एक अश्वेत युवाको निधन भएको छ । यो घटनापछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । बीबीसीका अनुसार मिनियापलिस र सेन्ट पलका मेयरले सहरमा रातभर लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । बीबीसीका अनुसार २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम… Continue reading अमेरिकामा प्रहरीको गोली लागेर पुनः एक अश्वेत युवाको मृत्यु, भड्कियो तनाव

दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

प्रतिकात्मक तस्वीर

दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३… Continue reading दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । तर, रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले बढेको छ । ८ महिनामा नेपालमा ६ खर्ब ४२ अर्ब… Continue reading ८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स