काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो । खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको… Continue reading आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
Category: फिचर
वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार… Continue reading वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै नकपाको बैठक स्थगित गरिएको हो । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने गरी मिति निर्धारण गरिएको थियो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालका अनुसार बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना… Continue reading कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । देशभरका प्रयोगशालाबाट कुल ८२४८ नमुना परीक्षण गरिएको थियो । यसमध्ये ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यसमध्ये… Continue reading नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना… Continue reading भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक
परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो । अब देशभर संक्रमितको… Continue reading परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार५ सय जना नेपाली घर फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन्… Continue reading लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ । सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध… Continue reading संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १… Continue reading खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मंगलबार रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका सिलसिलामा निधन भएको हो । उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना… Continue reading विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु
सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु
काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला… Continue reading सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु
आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो
काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका… Continue reading आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो
एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा झडप भएको र त्यसले उग्ररुप… Continue reading एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना
काठमाडौं । नेपालमा आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसबाट १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना भाइरस… Continue reading आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना
यो वर्ष कांग्रेसको चियापान नहुने
काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने
रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् । भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार… Continue reading रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ
विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु
काठमाडौं । विदेशमा थप एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको हो । अघिल्लो साता साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपालीमा कोरोना… Continue reading विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु
सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’
काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा… Continue reading सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’
जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएको हो । अझै दुई जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल छन् । घटनामा… Continue reading जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु
कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने
काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले हात झिकिसकेको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो । सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिसकेको… Continue reading कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने
शनिबार २२२५ जनामा देखियो कोरोना
काठमाडौं । नेपालमा शनिबार थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा अब कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको… Continue reading शनिबार २२२५ जनामा देखियो कोरोना
दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका
काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस… Continue reading दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका
चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या… Continue reading चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
रुसी खोपको परीक्षण भारतमा समेत हुने
नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् । खोप भारतमा परीक्षणका… Continue reading रुसी खोपको परीक्षण भारतमा समेत हुने
पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक संजालबाट यसको पुष्टी गरेका हुन् । उनका अनुसार कात्तिक ७ मा गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । उनले भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी
नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार
देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे । कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग… Continue reading देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं
नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या डेढ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८६३ नमुना परीक्षण गरिएको थियो । जसमा १६९० महिला र २८०९ पुरुषमा… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी
प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन । सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री… Continue reading प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…