नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १४७३… Continue reading नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

काठमाडौं । कोरोना भाइरस फोन, पैसा र स्टेनलेस स्टिल जस्ता केही वस्तुको सतहमा २८ दिनसम्म जीवित रहने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको नेश्नल साइन्स एजेन्सीले गरेको अध्ययनमा कोरोना भाइरस पैसा, फोनको स्क्रिनमा २८ दिनसम्म जीवित रहने देखाएको हो। पैसा र फोनको स्क्रिनमा २८ दिनसम्म भाइरस जीवित रहने अध्ययनको निष्कर्षमा केही जानकारले भने आशंका व्यक्त गरेका… Continue reading ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२… Continue reading झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

चक्रपथ बिस्तार आयोजनाले गति पाउने

Photo : BBC

काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको कामलाई गति दिने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले आयोजना गरेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । चक्रथप विस्तार अन्तर्गत अब कलंकी चावहिल खण्डमा काम भइरहेको छ । मन्त्रालयका अनुसार आयोजनामा पर्ने पोल स्थानान्तरण एक महिना भित्र स्थानान्तरण गरिने… Continue reading चक्रपथ बिस्तार आयोजनाले गति पाउने

काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

काठमाडौं । नजिकिएको दशैंसँगै स्वाभाविक रुपमा बजारमा भिडभाड बढ्छ । सरकारले सोही प्रयोजनका लागि बजार पसल खुला राख्न दिने निर्णय समेत गरेको छ । तर, त्यस क्रममा अनिवार्य सामाजिक दूरी कायम गर्न भनिएको छ । अनिवार्य साबुन पानीले हात धुनुपर्ने, माक्स लगाउनु पर्ने र भिडभाड नगर्न समेत आग्रह गरेको छ । तर, बजारमा त्यसको पालना… Continue reading काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ । सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा… Continue reading बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

काठमाडौं । सरकारले कोरोना महामारी शुरु भएसँगै लगाएको महंगो विदेशी मदिरा र महंगा गाडीको आयात खुला गरेको छ । यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर… Continue reading राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

file

काठमाडौं । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी नियन्त्रणमा काठमाडौं उपत्यका पछि परेको भन्दै यसको संकेत गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा हरेकजसो राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको… Continue reading फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं । राष्ट्र बैंकले कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा… Continue reading दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिविरुद्ध आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शाहीविरुद्ध हस्ताक्षर गर्नेमा पुर्व माओवादीका ३ जना सांसद समेत रहेका छन् । नेकपा… Continue reading कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४२७ जनाको पीसीआर परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

नेपालमा कोरोना संक्रमणबाट मृत्युको नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १७ पुरुषको मृत्यु भएको हो । यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो। काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। सुनसरीमा… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्युको नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु

सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन

काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच केसीले अनसन तोडेका हुन्। बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए। अनशसन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ । बुधबार सरकार र… Continue reading सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन

कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही जिल्लामा थप चार जनाको ज्यान गएको छ । यसमध्ये बुटवल उपमहानगरपालिकामा नीन जनाको ज्यान गएको छ । एकजना तिलोत्तमा नगरपालिकाका छन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा ज्यान गएको प्रहरीे जानकारी दिएको छ । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल… Continue reading कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

Pic : Hamropatro

काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । कोभिड–१९… Continue reading यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको गत राती निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको… Continue reading बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु

२८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति

शिक्षा सचिव मैनाली (दायाँ) र डा केसीबीच सहमतिमा पत्रमा हस्ताक्षर हुँदै, तस्वीर : शिक्षा मन्त्रालय

काठमाडौं । आज २८ औं दिनमा अनसनरत डा. गोविन्द केसीले अनसन अन्त्य गर्ने भएका छन् । मध्यरातमा सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएसँगै उनी अनसन तोड्न सहमत भएका हुन् । शनिबार राती डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… Continue reading २८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति

पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनी आफैले यसको पुष्टी गरेका छन् । ट्वीटमार्फत उनले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् । उनका अनुसार शुक्रबार हल्का ज्वरो आएपछि शनिबार परीक्षण गरेका थिए । त्यसअघि सोमबार कोरोना परीक्षण गराएर नेगेटिभ भई काठमाडौं… Continue reading पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण

नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १९ हजार ३२० जनाको पीसीआर परीक्षणमा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड

काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणले कीर्तिमान कायम गरेको छ । एकै दिन संक्रमितको सर्वाधिक संख्या, कुल संख्या, पिसिआर परीक्षणको संख्या, काठमाडौं उपत्यकामा संक्रमितको संख्यासहित कोरोना तथ्यांकमा आज रेकर्ड कायम भएको हो । आज कोरोना भाइरसको संक्रमण देखिएयताकै सर्वाधिक अर्थातः ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस दिन कुल… Continue reading आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड

गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह

काठमाडौं । सरकारले अनसन तोड्न डा. गोविन्द केसीसँग आग्रह गरेको छ । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शनिबार समेत सहमति नबनेपछि सरकारले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको हो । सहमति प्रयास शनिबार समेत गरिएको थियो । तर, सफल हुन सकेन । त्यसपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले… Continue reading गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह

बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’

तस्वीर सौजन्य : सेभेन समिट ट्रेक

गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका… Continue reading बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’

कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । बाँके, दाङ र रूपन्देहीका एक एक जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी १३ असोजमा कोहलपुर मेडिकल कलेज भर्ना हुन्… Continue reading कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता असफल, आज पुनः वार्ता हुने

तस्वीर सौजन्य : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबारको वार्ता असफल भएको छ । वार्ता बिना निश्कर्ष टुङ्गिएको वार्तामा सहभागीहरुले जानकारी दिएका छन् । शुक्रबार राती अबेरसम्म चलेको छलफलमा बिहीबार बनेको सहमतिको मस्यौदाबाट सरकार पछि हटेको आरोप केसी पक्षधर सदस्यहरुले लगाएका छन् । सोहीकारण शुक्रबार नै सहमति हुने भनिएको वार्ता भाँडिएको थियो । उता,… Continue reading सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता असफल, आज पुनः वार्ता हुने

अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

Source : BBC

मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् । विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर… Continue reading अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्‍नका लागि देश छाड्नु नपरोस

तस्वीर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए। उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका… Continue reading गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्‍नका लागि देश छाड्नु नपरोस

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २७९ जनाको पीसीआर परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १६८० जना कोरोना… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,कुन जिल्लामा कति थपिए ?

संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल

photo: google

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको बताउँदै त्यस्तो थाहा पाए जानकारी गराउन आग्रह गरे। आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग एन अनुसार ६ महिना जेल सजाय हुने गौतमको भनाई… Continue reading संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल

वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो । केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत… Continue reading वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ। शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ । ‘डब्लूएफपीले भोकलाई… Continue reading राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार