दक्षिण कोरियामा दुर्घटनाका कारण एक नेपालीको मृत्यु

सोल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनाका कारण एक नेपालीको मृत्यु भएको छ । नेपालमा बागलुङको गलकोट नगरपालिका–११ घर भएका ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। उनी कोरियाको थेगु शहरको एक राइसमिलमा काम गर्दै आएका थिए । नेपाल मगर संघ दक्षिण कोरियाले यसको पुष्टी गरेको हो । दुई वर्षअघि… Continue reading दक्षिण कोरियामा दुर्घटनाका कारण एक नेपालीको मृत्यु

सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

काठमाडौं । म्यानमारी सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि घुस लिएको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । बीबीसीका अनुसार उनीमाथि सेनाले ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको छ । फेब्रुअरी १ मा सेनाले त्यहाँको सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएको थियो । यो सुकीमाथि लगाइएको सबैभन्दा ठूलो… Continue reading सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

काठमाडौं । महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्त भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले यसको पुष्टी गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको अभियोग प्रमाणित भएको हो । उनलाई भविष्यमा सरकारी… Continue reading यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

प्रधानमन्त्रीले भेटे जसपाका उच्च नेता, के आयो निष्कर्ष ?

काठमाडौं । परिवर्तित परिस्थितिमा आफ्नो सत्ता जोगाउन कसरत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा सत्ता साझेदारीको विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले र जनता समाजवादी पार्टीका उच्च नेताहरुबीच छलफल भएको जानकारी दिएका छन् ।… Continue reading प्रधानमन्त्रीले भेटे जसपाका उच्च नेता, के आयो निष्कर्ष ?

चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी

Photo : spotlightnepal

काठमाडौं । आमागी चैत १५ बाट काठमाडौं उपत्यका बासीको घरको धारामा पानी आउने भएको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा मात्र मेलम्चीको पानी वितरण हुने छ । मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको तालीका नै बनाएर यस्तो जानकारी दिएको हो । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थालिने आयोजनाले… Continue reading चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी

बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्त्वपूर्ण विजय मानेका छन्। बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा… Continue reading बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग… Continue reading ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

Photo: AFP/BAGUS AHMAD

जावा इण्डोनेसिया । इण्डोनेसियामा एक पर्यटक बस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते छन् । यहाँको जावा द्वीपमा पर्यटक सवार बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटना बुधबारको हो । स्थानीय पुलिस प्रमुख एको प्रासेत्यो रोब्बियांतोका अनुसार यो बस पश्चिमी जावास्थित सुबांग शहरबाट इस्लामी माध्यमिक स्कूलका… Continue reading इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणले भयाभह रुप लिन थालेको छ । बिबिसीका अनुसार बुधबार यहाँ एकै दिन २ हजार मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यो ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक भएको ठूलो मानवीय क्षति हो । यस दिन २ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा… Continue reading ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर… Continue reading मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

File Photo

काठमाडौं । आज नेपाली सेनाले सेना दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएका छन् । नेपाली सेनाको परमाधिपति राष्ट्राध्यक्ष हुने प्रचलन रहेको छ । कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पण गर्ने… Continue reading आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ । पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।… Continue reading आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

न्यूयोर्क राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार… Continue reading प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

तस्बिर सौजन्य: गोरखापत्र

दैलेख । घरेलु हिंसाको शिकार बनेकी दैलेखकी एक महिलाले आइतबार राती आफ्ना चार सन्तानसहित यो संसारलाई त्याग्ने अकल्पनीय निर्णय लिइन् । आइतबार भएको यो घटनामा चार जनाको शव भेटिएको छ भने एक जना अझै वेपत्ता छिन् । कर्णालीमा हाम फालेका एकै परिवारका पाँच जनामध्ये शव फेला परेका चार जनाको दाहसंस्कार गरिएको छ । आठबिस नगरपालिका–३… Continue reading कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् । बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस… Continue reading सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् । बुधबार संघीय संसद भवनमा सञ्‍चारकर्मीसंग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने यादवले बताए । हाम्रो मुख्य ध्ययअ… Continue reading ‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।

महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न… Continue reading महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो ।… Continue reading ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिभिसभा बैठक बस्दैछ । यसअघि २३ फागुनमा बसेको बैठक कांग्रेस तथा जनता समाजवादी पार्टीको अवरोधपछि स्थगित भएको थियो । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । फागुन २३ गतेको बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेको थियो । सोहीकारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध… Continue reading आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ… Continue reading सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

१३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य… Continue reading १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

Reuters

ट्यूनिसिया । ट्यूनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । १६५ जना भन्दा बढी घाइते भएको आंकडा आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुई वटा डुङ्गा दुर्घटनामा परेका छन् । डुंगा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेका थिए । डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी… Continue reading ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

Photo: THT

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ । महाशिवरात्रिको तयारी पुरा भएको समेत… Continue reading महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

File Photo

काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन । नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना… Continue reading सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार देउवालाई भेट्न प्रचण्ड साँझ उनको निवास बुढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच बदलिँदो राजनीतिक परिस्थिति र सत्ता साझेदारीका विषयमा छलफल भएको बताएको छ । आजै बसेको माओवादीको बैठकले सत्ता साझेदारीका विषयमा कांग्रेस र जनता समाजवादी पार्टीसँग… Continue reading प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज