काठमाडौं । अमेरिकाले म्यानमारका सेनाको बैंक खाता रोक्का गरेपछि खातामा रहेको करीव १ अर्ब अमेरिकी डलर बराबरको रकम सेनाले चलाउन नपाउने भएको छ । एक साता अगाडी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको कार्यकारी आदेश अनुसार म्यानमारको कूमा संलग्न सैनिक जनरलमाथि प्रतिबन्ध लागेको छ । सोही आदेश अनुसार नै म्यानमारका सेनाको अमेरिकाको बैंकमा रहेको रकम अमेरिकाले… Continue reading अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने
Category: फिचर
नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करियर बनाउन इच्छुक युवाहरुका लागि खुसीको खबर छ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना नयाँ भर्ना गर्ने गरी रोजगारी खुलाएको छ । बैंकले अनलाइन दरखास्त फारम आह्वान गर्दै यस्तो जानकारी दिएको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न… Continue reading नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर
दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै
काठमाडौं । दुई वर्षयता भूमिगत रहेका नेत्रविक्रम चन्द्र विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदैछन् । सरकारसँग तीन बुँदे सहमति गरेपछि विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति… Continue reading दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै
न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै मानिसहरु बाहिर घर बाहिर निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । भूकम्पसँगै सुनामीको समेत चेतावनी त्यहाँको भूकम्प मापन केन्द्रले दिएको छ । भूकम्प नर्थ आइल्याण्ड द्धिप न्यूजिल्याण्डमा आएको हो । प्यासिफिस सुनामी चेतावनी केन्द्रले समेत त्यहाँ सुनामीको चेतावनी दिएको हो । भूकम्प गएको केन्द्रबाट… Continue reading न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समुहमाथि विगत दुई वर्षदेखि लागेको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आज विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरेको हो । सोही अनुसार विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा भएको हो ।… Continue reading विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय
बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने
काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ । उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने
अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६\७७ सम्म नेपाली अर्थतन्त्रको आकार उक्त अवस्थामा पुगेको तथ्याङ्क विभागले जनाएको छ । विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्ष समेत यो वर्षबाट परिमार्जन गरेको छ । नेपालले यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्क निकाल्ने गरेको… Continue reading अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा
नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा
काठमाडौं । दुई वर्षपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति जुटेपछि फागुन २१ गते विशेष समारोहकाबीच ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् । विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । ओली नेतृत्वको सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएपछि… Continue reading सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा
‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई शरीरमा आउने पिलोसँग तुलना गरेका छन् । बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपालप्रति कटाक्ष गर्दै केही पिलो उछिट्टिएरर, निचोरिएर जाँदैमा शरिरको तौल नघट्ने बताए । प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गरे… Continue reading ‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’
प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिलान्यास दौड जारी छ । उनी सोही सिलसिलामा आज सिन्धुली जाने भएका छन् । राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली सिन्धुली जाने तय भएको उनको सचिवालयले जनाएको छ । मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गर्ने… Continue reading प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने
आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा जाने निर्णय होला ?
काठमाडौं । बुधबार कांग्रेस सभापति शेर बहादुर देउवाले आफुले प्रधानमन्त्री पद नमागेको तर आइपरे स्वीकार गर्ने बताएको थिए । यो भनाई यस्तो समयमा आएको छ, जहाँ नेकपा भित्रको प्रचण्ड नेपाल समुहले उनलाई प्रधानमन्त्रीका रुपमा खुला आह्वान गरेको छ । यसै सन्दर्भमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् । बिहीबार ३ बजे… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा जाने निर्णय होला ?
भारतले नेपाल र भुटान सीमानामा १३ हजार फौज बढाउने
नयाँ दिल्ली । भारतले नेपाल र भुटानको सीमा क्षेत्रमा शसस्त्र फौज वृद्धि गर्ने भएको छ । त्यहाँको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) युनिट बढाउने प्रस्ताव स्वीकृत गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । इण्डिया टुडो अनुसार दुई मुलुकको सीमा क्षेत्रमा भारतले अतिरिक्त १३ हजार फौज बढाउने निर्णय भएको हो ।… Continue reading भारतले नेपाल र भुटान सीमानामा १३ हजार फौज बढाउने
म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए
काठमाडौं । म्यानमारमा सैन्य शासकविरुद्धको आन्दोलनमा एकै दिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका हुन् । बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सबैको गोली लागेर ज्यान गएको छ । म्यानमारी सेनाले फेब्रुअरी १ मा शासन हत्याएको थियो । सेनाले सत्ता हातमा लिएर एक… Continue reading म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए
चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सदर चिडियाखाना जावलाखेलमा घुमफिरमा निस्किए । उनले चिडियाखानाको करीव सबै तिर घुमे र जनवारहरुको अवलोकन गरे । सो अवसरमा उनले एकसिंगे गैंडाको अभिभावकत्व समेत ग्रहण गरे । चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको प्रधानमन्त्रीबाट आज शुभारम्भ गराइएको छ । यस अभियान अन्तर्गत नेपाल सरकारले एक वर्षसम्म गैंडाका लागि चाहिने सबै… Continue reading चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण
जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने
काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्या हवाईमार्गबाट जोडिने भएका छन् । नेपालको निजी क्षेत्रबाट संचालित बुद्ध एयरले यी दुई शहरको बीचमा हवाई सेवा शुरु गर्ने तयारी थालेको हो । बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । अयोध्यामा अहिले भारतले राम मन्दिर बनाइरहेको छ ।… Continue reading जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने
गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना जिवनभर जेल बस्नु पर्ने, छोरीलाई सफाई
काठमाडौं । गत साउनमा काठमाडौंको गोंगबुमा एक आततायी घटना सार्वजनिक भयो । जहाँ एक व्यक्तिको हत्यापछि टाउको, खुट्टा र जिउ काटेर टुक्रा पारेको अवस्थामा फेला पर्यो । यो घटना घटाउने अपराधी थिइन् कल्पना मुडभरी पौडेल । उनलाई प्रहरीले घटना भएको तेस्रो दिनमै पक्राउ गर्न सफल भएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई जिवनभर जेल बस्नुपर्ने… Continue reading गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना जिवनभर जेल बस्नु पर्ने, छोरीलाई सफाई
निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग
काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव… Continue reading निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग
सरकार-विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, दुवैपक्ष समान धारणा नजिक
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दोस्रो चरणको वार्ता छिट्टै सकारात्मक निष्कर्ष पुग्ने अपेक्षासहित सकिएको हो । वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी टोलीका सदस्य डा. राजन भट्टराईले जानाकारी दिए… Continue reading सरकार-विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, दुवैपक्ष समान धारणा नजिक
नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
केपी ओली, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाही
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई हटाउँदै दलको उपनेताबाट सुवास नेम्वाङसहित ७ जनालाई ६ महिना निलम्बन गरेको हो । त्यस्तै संसदीय दलको सचेतकबाट शान्ता चौधरीलाई कारबाही गरेको छ । नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई,… Continue reading केपी ओली, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाही
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । दुवै वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । वार्ता भएको स्थान गोप्य राखिएको छ । वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश… Continue reading सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा
काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ… Continue reading विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा
बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै
काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ । पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५… Continue reading बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै
आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने
काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ । सभामुख र… Continue reading आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने
सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने
काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने भएको छ । यसका लागि खरिद प्रक्रिया समेत शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप किन्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा उपस्थित भएका सचिव अर्यालले यस्तो जानकारी गराएका हुन्… Continue reading सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने
नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा
जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए । सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन्… Continue reading नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा
ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा
ताप्लेजुङ । ताप्लेजुङ पुनः एक पटक आगोलागीको घटनाका कारण पिडामा पर्यो । आज बिहान ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगोले कम्तिमा ४७ वटा घर जलेर नष्ट भएका छन् ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ… Continue reading ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा
‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’
सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफुमाथि कुनै तलमाथि भए अचम्म नमाने हुन्छ भनेर दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै ज्यानको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताको रक्षा हुन नसक्ने बताएका छन् । उनले यस्ता प्रधानमन्त्रीलाई ‘लुते’ भनिने समेत उल्लेख गरे । मंगलबार सर्लाहीको… Continue reading ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’
कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा
काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१… Continue reading कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा