ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ । अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो । उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार… Continue reading अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
Category: फिचर
कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्
सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार… Continue reading कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्
नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज
काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै अगाडि कर्मचारीले एकआपसमा कुटाकुट गरेका छन् । इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको बताइएको छ । न्यायाधीशकै अगाडि भएको सो कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएको अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले बताए । प्राप्त जानकारी अनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच कुटाकुट भएको हो । यसअघि भइसकेको… Continue reading काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट
५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने
काठमाडौं । गत पुस ५ सम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी आम निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगेले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनमा मतदान गर्न पाउने… Continue reading ५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने
विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ । ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’… Continue reading विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस
काठमाडौं । कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ साताको बीचको अवधिमा लगाउन सकिने कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिले स्पष्ट पारेको छ । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्तो सुझाव दिएको हो । सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको गरेको बताइएको छ ।… Continue reading कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस
आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत
काठमाडौं । आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले श्रीपञ्चमी पर्व मनाउँदैछन् । माघ शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआज गरिन्छ । यस दिन विद्यालय जाने उमेरका बालबालिकाको पहिलो सिकाई प्रारम्भ गराउन अर्थातः अक्षाराम्भका लागि पनि शुभसाइत मानिन्छ । सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने… Continue reading आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत
ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् । अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै… Continue reading ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण दक्षिण कोरियामा बेरोजगारी बढेको छ । पछिल्लो डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएको कोरोनामा जनवरी भित्रै ९ लाख ८२ हजारले रोजगारी गुमाइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या पछिल्लो २३ वर्ष यताकै सबैभन्दा बढी हो । कोरियाको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै… Continue reading कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?
निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे मौन बसेको भन्दै निर्वाचन आयोगप्रति आक्रोस व्यक्त गरेका छन् । यसले आयोगप्रति नै शंका उत्पन्न गराएको उनको भनाई छ । नेपाली कांग्रेसले आज भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनी आयोग अनिर्णयको बन्दी भएको भन्दै निर्वाचन आयोगप्रति आक्रोसित बनेका हुन् । आयोगले निर्वाचन नै गराउन नचाहेको… Continue reading निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा
नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४४ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज
यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् । उपलब्धि सार्वजनिक कार्यक्रममा ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने दाबी गरे… Continue reading यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)
नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको रेकर्ड तोड्दै मापक नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको हो । आइतबार ३३.३३ अंकले घटेको सेयर बजार सोमबार कारोबार शुरु भएदेखि नै उछाल आएको थियो । नेपाल स्टक एक्सचेन्जका नेप्सेका अनुसार ९२.४२ अंकले नेप्से बढेर २५८६.१… Continue reading नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,१३१ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३१ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,१३१ जना डिस्चार्ज
ललितानिवास जग्गा प्रकरण: अभियोग दर्ता गर्दाको प्रमाण झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आइतवार ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको… Continue reading ललितानिवास जग्गा प्रकरण: अभियोग दर्ता गर्दाको प्रमाण झिकाउन सर्वोच्चको आदेश
विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
काठमाडौं । पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । काठमाडौं प्रहरी परिसरका अनुसार सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् । बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।… Continue reading विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष… Continue reading प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिनेछन् । यसअघि विहिबार सरकारी पक्षको बहस सकिएको हो । सरकारी पक्षबाट आएका जिज्ञासा र तर्कको जवाफ निवेदक पक्षले दिनु पर्नेछ । त्यसका लागि बढीमा ५ जना वकिलले समय… Continue reading संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस
आज भ्यालेन्टाइन डे, विश्वभर मनाइंदै
काठमाडौं । प्रेमका पक्षधर एक सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिन हो आज फेब्रुअरी १४ । यो स्मृति दिवस हो । तर, मानिसहरुले यसलाई प्रेम दिवसमा रुपान्तरण गरि हर्षोलाषसमय वातावरणमा मनाउन थालेका छन् । प्रेमको मामलामा सैनिकहरुको पक्षमा आवाज उठाएकै कारण भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको थियो । त्यसकारण आजको दिनलाई समर्पणको दिनका रुपमा समेत मानिन्छ । यद्दपी… Continue reading आज भ्यालेन्टाइन डे, विश्वभर मनाइंदै
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको… Continue reading ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप
काठमाडौं । नेपालमा आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिले कोरोना भाइरसको खोप लगाउन पाउने भएका छन् । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी । दोस्रो चरणमा पत्रकारलाई खोप दिइएको थियो । आजबाट तेस्रो चरणको अभियान शुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका… Continue reading आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप
चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का
नयाँ दिल्ली । शनिबार चीन र ताजकिस्तानमा छुट्टाछुट्टै भूकम्प गएको छ । १० मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएको हो । त्यसमध्ये एउटा ताजकिस्तान र अर्को चीनको सिचुवान प्रान्त केन्द्र बनाएर गएको छ । नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको छ । ताजकिस्तानबाट मानवीय क्षतिको विवरण आइसकेको छैन । यो भूकम्पको… Continue reading चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का
बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास
बुटवल । बुटवलमा केवलकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा बन्ने लुम्बिनी केवलकारको शनिबार शिलान्याश गरे । यो केवलकार लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने भएको हो । कम्पनी चन्द्र ढकालको हो । केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडामा पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न… Continue reading बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास
‘विशेषाधिकार प्रयोग गरेको हुँ, देशलाई अस्थिरतातर्फ लैजाने निर्णय अदालतले नलियोस्’
काठमाडौं । बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । उनले भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’ ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ ९१० को प्रधानमन्त्रीले… Continue reading ‘विशेषाधिकार प्रयोग गरेको हुँ, देशलाई अस्थिरतातर्फ लैजाने निर्णय अदालतले नलियोस्’
आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका छन् । फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि… Continue reading आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३३ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज
बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ। बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ। लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ। यसअघि… Continue reading बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने
नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी
काठमाडौं । सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो । २३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि,… Continue reading नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी
शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा
काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । उनीहरूले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार… Continue reading शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा