काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ । नेपालमा एक सातामा ३ हजार २ सय ६६… Continue reading नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
Category: फिचर
आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन्… Continue reading आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन्… Continue reading स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
सुनको मूल्य तोलाको ९० हजार नाघ्यो
काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अब सुन प्रतितोला मूल्य ९० हजारभन्दा माथि पुगेको छ । लकडाउनको अवधिमै तोलामा १० हजारभन्दा माथिको वृद्धि भइसकेको छ । शनिबारको तुलनामा भने आइतबार तोलामा ७ सय रुपैयाँ बढ्यो । छापावाल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन… Continue reading सुनको मूल्य तोलाको ९० हजार नाघ्यो
नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।… Continue reading नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
मिनियापोलिसमा गोली चल्दा १ को मृत्यु ११ घाईते
न्युयोर्क अमेरिकाको मिनियापोलिसमा आईतबार बिहान गोली चल्दा १ जनाको मृत्यु र ११ जना घाईते भएको प्रहरीले आईतबार बिहान ट्विट् मार्फत जनाएको छ । घाईते ११ जना खतरा मुक्त अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । हेनिपिन साउथको २९०० ब्लकमा आईतबार बिहान साँढे बाह्र बजे गोली चलेको प्रहरीले जनाएको छ भने मृतकको मृत्यु घटनास्थलमा नभएर अस्पतालमा… Continue reading मिनियापोलिसमा गोली चल्दा १ को मृत्यु ११ घाईते
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका सहित ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६… Continue reading नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। मुम्बईबाट आएका उनलाई… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन्… Continue reading साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने
काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।… Continue reading आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने
शिक्षाबिद अंगुर बाबा जोशीको निधन
काठमाडौं सामाजिक अभियन्ता एवम् शिक्षिबिद अंगुर बाबा जोशीको शनिबार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार जोशीको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो । उनी १७ वर्षदेखि घाँटीको क्यान्सबाट पिडित थिइन भने उनमा केही समय अघि ‘ब्रेष्ट क्यान्सर’ समेत देखिएको थियो । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत… Continue reading शिक्षाबिद अंगुर बाबा जोशीको निधन
सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता
काठमाडौं जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साँझ अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले संयुक्तरुपमा जाहेरी दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले बताए । जाहेरी दर्ता पछि अधिबक्ता भण्डारी भन्छन्; ‘सांसद सरिता गिरीका अभिब्यक्ती पूर्णत राज्यद्रोह कै लागि भएको हुँदा हामीले जन्म कैद माग… Continue reading सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता
सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै
न्युयोर्क गत मार्च महिनाको मध्यदेखि बन्द रहेको न्युयोर्क सहरमा अब सोमबार दोश्रो चरणको अर्थतन्त्र खुला हुँदैछ । गत ८ तारिख पहिलो चरणमा खुल्ला भएको न्युयोर्क अब सोमबार थप ब्यापार ब्यवसाय संचालन गर्न मिल्ने गरी खुल्ला गर्न लागिएको हो । सोमबार दोश्रो चरणमा न्युयोर्क खुल्ला भएसंगै अब बार्बर शप, सबै प्रकारका ब्युटी ब्यबसाय (नेल्स), रियल स्टेट… Continue reading सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै
भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज
काठमाडौं । भारत र चीनबीच चर्किएको सीमा विवादका बीच यी दुई मुलुकको बीचमा रहेको मुलुक नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानमा शान्तिपूर्ण उपायको खोजी गर्न दुबै मुलुकलाई आग्रह गरिएको छ । दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने नेपालको अडान यहाँ दोहोर्याइएको छ । नेपाल… Continue reading भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज
तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र… Continue reading तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् । कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११… Continue reading थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज… Continue reading नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५
नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति… Continue reading नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा
वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने
काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् । श्रम, रोजगार… Continue reading वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने
गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका ७ जिल्लामा ५८ जना कोरोना संक्रमित पुष्टी भएको हो । शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने… Continue reading गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप
अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव
योगेश आदी रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ? कुरा सुरु गरौं – अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम ‘रानीको पार्लर’ हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन्… Continue reading अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव
एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट… Continue reading एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य
शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव
काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो । नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २… Continue reading शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव
‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’
काठमाडौं । कोरोना भाइरस संक्रमण संख्या बढ्दैगएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट… Continue reading ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’
नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२
काठमाडौं । शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण मुक्त हुनेमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् । योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो
आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार
काठमाडौं । शुक्रबार विभिन्न पाँच मुलुकबाट नेपालीको उद्दार हुने भएको छ । विदेशमा समस्यामा रहेका, बेखर्ची बनेका र रोजगार गुमाएका नेपालीलार्य प्राथमिकताका साथ उद्दार भइरहेको छ । सोहीक्रममा शुक्रबार पाँच वटा मुलुकबाट नेपालीको उद्दार हुन लागेको हो । शुक्रबार साउदी अरेविया, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट नेपालीलाई घर ल्याउने कार्यक्रम रहेको छ । हरेक मुलुकबाट… Continue reading आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार
बेबी सावर गीत युट्युबमा सार्वजनिक
न्युयोर्क गीतकार दुर्गा खनाल घिमिरेको ‘बेबी शावर’ उत्सव लक्षित गीत बजारमा आएको छ । परिवारमा सबैभन्दा बढी खुसी त्यति वेला हुन्छ, जति वेला उत्तरदायित्व लिने सन्तान आमाको कोखमा छ भन्ने थाहा हुन्छ । अनि उत्सवको माहोल बन्ने गर्दछ । त्यही उत्सवको माहोललाई प्रतिनिधित्व गर्ने बेबी सावर सम्बन्धि गीत डि -४ युट्युबमा सार्वजनिक गरिएको हो । दुर्गा… Continue reading बेबी सावर गीत युट्युबमा सार्वजनिक
बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण
काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् । बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७… Continue reading बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण
नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने
काठमाडौं । नेपालमा सुनसहित विभिन्न १० वटा खानीको अध्ययन तथा उत्खनन् गरिने भएको छ । खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानी उत्खनन् गर्ने भएको छ । यसबाहेक देशका विभिन्न १० वटा खानी अध्ययन तथा उत्खनन गर्न सरकारले लाईसेन्स प्रदान गर्ने प्रक्रिया थालेको छ । सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहित १० वटा… Continue reading नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने