देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

डडेलधुरा । विगतका सहमति सरकारले पालना नगरेको भन्दै डा. गोविन्द केसी अनसनमा बसेका छन् । उनले यस पटक सरकारी निकाय नभई एक सर्वसाधारणको घरलाई छनोट गरेका छन् । पूर्वसहमति कार्यान्‍वयनको माग गर्दै उनी कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अनसन थालेका हुन् । यो उनको १७ औं अनसन हो । उनले सरकारी जागिरबाट… Continue reading देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ । यस पटक दुई… Continue reading नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई… Continue reading आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको… Continue reading अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो । सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २… Continue reading सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । नेकपा स्रोतका अनुसार सोमबार नयाँ प्रदेश प्रमुखहरुको सिफारिस पार्टीका तर्फबाट हुनेछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखलाई त्यसपछि बस्ने मन्त्रीपरिषदले नियुक्त गर्ने सम्भावना रहेको बताईको छ । सरकारले आइतबार मात्र सात… Continue reading नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ । क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो । नेपाली टोली आइतबार… Continue reading नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । पहिलो पटक घर किन्दै गरेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकले खुसी बनाउने गरी नीति ल्याएको छ । अब कम पैसा भएपनि आफ्नै घरमा बस्ने तपाईको आँटमा बैंकले सजिलै साथ दिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गरेको छ । जहाँ आवास वा घर कर्जा सम्बन्धमा नयाँ प्रावधान ल्याइएको छ । अब ३०… Continue reading अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् । आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको… Continue reading सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

सातै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय… Continue reading सातै प्रदेशका प्रमुख बर्खास्त

मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

माली । मालीमा विद्रोहीको आक्रमणमा परी ५३ जना सैनिक मारिएका छन् । आक्रमणमा परी एक जना सर्वसाधारणको समेत ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको एक सैन्य कार्यालयमा विद्रोहीले आक्रमण गरेका हुन् । आक्रमणमा ५३ जना सैनिक र एक सर्वसाधारणको मृत्युको पुष्टी भइसकेको छ । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । मालीको… Continue reading मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ । आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई… Continue reading आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ । नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२०… Continue reading बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

तराई र काठमाडौंमा छठको रौनक

काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे । नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् । घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न… Continue reading तराई र काठमाडौंमा छठको रौनक

अदालतमा महराको बयान, आरोप अस्वीकार

काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ । बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् । उनको… Continue reading अदालतमा महराको बयान, आरोप अस्वीकार

रिसाहा देउवा सामाजिक संजालमा भाइरल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक तस्वीर शुक्रबार एकाएक भाइरल भएको छ । अत्यन्तै रिसाहा मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको तस्वीरले शुक्रबार फेसबुक र टुइटरको भित्ता भरिएको छ । उनको यो रुप आफ्नै विद्यार्थी सँंगठनका कार्यक्रर्तामाथि खनिदा देखिएको हो । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी… Continue reading रिसाहा देउवा सामाजिक संजालमा भाइरल

माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ । स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ । उर्जा मन्त्रालयका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा,… Continue reading माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे । तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको… Continue reading आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।… Continue reading महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ । घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर… Continue reading कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ । १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा… Continue reading कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो । तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ… Continue reading किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

काठमाडौं एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता  पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ… Continue reading नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

न्युयोर्क अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट  बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा… Continue reading अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो

विश्वमा लामो समयदेखि सर्वाधिक खोजिमा रहेका आतंककारी समुहका नेता अबु बकर अल बग्दादीको मृत्‍युमा अहम भूमिका खेल्ने अमेरिकी सेनाको कुकुर घाईते अवस्थामा आफ्नो ड्युटीमा फर्किएको छ । गत शनिबार  चर्चित आतंकबादी नेता मारिएको भन्दै आइतबार बिहान राष्ट्रपति डोनाण्ड ट्रम्पले व्हाईट हाऊसबाट बिशेष सम्बोधन गरेका थिए । बग्दादीको मृत्‍युमा बिशेष भूमिका खेल्ने सेनाको तालिम प्राप्त उक्त… Continue reading अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो

विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए । इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा… Continue reading विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

न्युयोर्क नेपालका हरेक चाड पर्ब संस्कृती रिती रिवाजसँग नजिकको सम्बन्ध राख्दै हरेक स्थानीय चाडपर्बलाई पर्ब कै रुपमा मनाउँदै आएका नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले रंगोली बनाउँदै आफ्नो निवासमा  माला र झिलिमिली बत्तीले सझाउँदै तिहार मनाएका छन् । राजदुत बेरीले लक्ष्मी पूजाको तयारी गरेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गरिएको हो । एक बर्ष अगाडि अक्टुबर २५… Continue reading क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

शनिबार  राती राष्ट्रपती डोनाल्ड ट्रम्पले एकदम ठुलो घटना घटेको जनाउदै ट्विट गरेका छँन् ।सामान्यतया दिनमा १० देखी १५ ,१६ पटक सम्म ट्विट गर्ने राष्ट्रपती ट्रम्पको उक्त ट्विटले निकै ठुलो राजनीतिक घटनाको संकेत गेरेको छ । शनिबार  राती ९ बजेर २० मिनेटमा ट्विट गर्दै ट्रम्पले लेखेका छँन् ” समथिङ भेरी बिग ह्याज जस्ट ह्यापेन्ड ” ।  … Continue reading अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै

काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

फाइल तस्वीर

काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक… Continue reading काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

आज दिन भर देशभर बत्ति नजाने

काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ । आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ । नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी पूजाका दिन नेपाल विद्यूत प्राधिकरणले लोड कम हुने सामान चलाउन आग्रह गर्दै आएको थियो ।… Continue reading आज दिन भर देशभर बत्ति नजाने