Category: फिचर

  • अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

    अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

    काठमाडौं । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई भिसा दिने भएको छ । सो मुलुकले १८ महिनापछि यस्तो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

    यो नीतिले कोभिड(१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ। प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताए। अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो।

    उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ। तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्। सिड्नी, मेलबर्न र क्यानबेरामा सङ्क्रमणका कारण लकडाउन लगाइएको छ।

    त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउने गर्ने प्रवृत्ति बढेको छ। अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्दैछ। अहिले मानिसहरूले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न मात्रै अस्ट्रेलिया छाड्न पाउँछन्।

  • नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?

    नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो । समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।

    भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ । न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
    कुन मुलुकमा कति बजे साइत ?

  • नेपालमा थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    नेपालमा थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३२५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १०६६ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ९५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६६हजार ६९६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

  • चार पूर्वप्रधानन्यायाधीशले पाए अवहेलना मुद्दामा सफाइ, मागदाबी नपुगेको ठहर

    चार पूर्वप्रधानन्यायाधीशले पाए अवहेलना मुद्दामा सफाइ, मागदाबी नपुगेको ठहर

    काठमाडौं । सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई अवहेलना मुद्दामा सफाई दिएको छ ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा सफाई दिने फैसला गरेको हो ।

    अधिवक्ताहरूद्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।

    भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।

    २०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

    सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।

  • एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’

    एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

    अध्यक्ष मण्डलमा उपाध्यक्ष भीम रावल भने अटाएनन् । सुदूरपश्चिम प्रदेशको ईञ्चार्जको जिम्मेवारी नपाएपछि असन्तुष्ट रहेका रावल विधान महाधिवेशनको अध्यक्ष मण्डलमा समटिएका छैनन् ।

    महाधिवेशनमा प्रस्तुत हुने बहस नोट गर्नका लागि पनि समिति बनाइएको छ ।

  • काठमाडौं जिल्ला प्रशासनले भन्यो-‘सभा सम्मेलन गर्न रोक लगाएको छैन्’

    काठमाडौं जिल्ला प्रशासनले भन्यो-‘सभा सम्मेलन गर्न रोक लगाएको छैन्’

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरेर आदेश जारी नगरिएको स्पष्ट पारेको छ ।

    बिहीबारको सूचनामा सभा सम्मेलन गर्न रोक लगाएको विषयमा प्रशासनको चर्को आलोचना भएपछि आज पुनः एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
    सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।

    नेकपा एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रशासनले सभा सम्मेलन नगर्न आग्रह गर्दै आदेश जारी गरेको थियो । एमालेले आफूहरुको कार्यक्रमलाई प्रभावित पार्ने गरी उक्त सूचना जारी गरिएको भन्दै आपत्ति जनाएको थियो ।

    शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले हिजोको आदेशको बुँदा नम्बर १ लाई लिएर सार्वजनिक रुपमा जारी भइरहेका अभिव्यक्तिबारे ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा कोरोनाको जोखिम कायमै रहेकाले सरकारको निर्णय बमोजिम सभा सम्मेलन, भेला, जात्रा, पर्व, मेला स्वास्थ्यका मापदण्ड लागू गरेर गर्न प्रतिबन्ध नगरिएको स्पष्ट पारिएको छ ।

  • ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

    ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्।

    गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताएका हुन्।

    ओलीले अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटे भन्दै त्यसको बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताए ।

    ‘अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटेको छ । यसले जुनसुकै बहानामा गरिने हस्तक्षेप अस्वीकार्य छ भन्ने देखाएको छ’, उनले भने, ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ । तर नेपाल अहस्तक्षेप, असंलग्न नीतिमा विश्वास गर्छ ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिले पनि क्षेत्रीय शान्तिलाई असर गर्न सक्ने बताए ।

    ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताए । ‘हामी भारतसँगको असमझदारी कुटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं।

    भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैन,’उनले भने,’ कुनै पनि बहानामा पनि विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन।’ सम्बोधनका क्रममा उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए।

  • साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

    साफ च्याम्पियनसिप आजबाट, आयोजक माल्दिभ्स र नेपाल भिड्दै

    काठमाडौं । दक्षिण एसियाली मुलुकको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । १३ औं संस्करणको प्रतियोगिताको आयोजक माल्दिभ्स हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । साफ च्याम्पियनसिपमा पाँच मुलुक उपाधीका लागि भिड्दैछन् ।


    यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् । १३ औं साफको पहिलो दिन आजै दुई खेल हुने छन् । आज नेपाल र आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र बङ्गलादेश भिड्ने छन् । नेपाल यो पटक राम्रो तयारीमा रहेका कारण उपाधी दावेदार टीम मानिएको छ । नेपालले अहिलेसम्म साफको उपाधी जित्न सकेको छैन ।

  • अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

    अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो ।

    सरकारले खर्च गर्न नपाउने प्रावधान लागु हुन केही घण्टा मात्रै बाँकी रहँदा संसद्ले उक्त विधेयक पारित गरेको थियो। राष्ट्रपति बाइडनले समयसीमा भन्दा एक घण्टा अगाडी मात्रै त्यसमा हस्ताक्षर गरेका थिए। त्यस्तो हुन नसकेको भए सङ्घीय सरकार अन्तर्गतका सङ्ग्रहालय, राष्ट्रिय निकुञ्ज अनि सुरक्षा सम्बन्धी कार्यक्रम बन्द हुने समाचारमा उल्लेख छ । रिपब्लिकन र डेमोक्र्याटहरूबीच सहमति जुटेसँगै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा मतदान भएको थियो।

    संसद्को पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ। हालसालै चरम मौसमी प्रभाव देखा परेका अमेरिकी राज्यहरू र अफगान शरणार्थीहरूको बसोबासको प्रबन्ध मिलाउन समेत अब सरकारले खर्च गर्न सक्ने छ ।

    खर्च अनुमोदन भएसँगै शुक्रवार सङ्घीय निकाय बन्द रहने छैनन् । जसले गर्दा लाखौँ सरकारी कर्मचारीहरूले बेतलबी बिदा लिनुपर्ने छैन। बिहीवार सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत परेको थियो भने विपक्षमा ३५ मत खसेको थियो। १५ जना रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गरेका थिए।तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भने पक्षमा २५४ र विपक्षमा १७५ मत खसेको थियो।

  • एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

    एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । यो कार्यक्रममा एमालेले ६ हजार प्रतिनिधिलाई काठमाडौंमा बोलाएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमाले नेताहरुले बताएका छन् ।

    माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनले आफुलाई सच्याउला वा पुरानै ढर्रामा चल्ला भन्ने निश्चित छैन ।

    विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

  • काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक

    काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक

    काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला-महोत्सव र सभा-जुलुस गर्न नपाउने गरि प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्म यस्तो आदेश जारी गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घर बाहिर मानिस जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्लेख छ । कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रशासनको भनाई छ ।

    चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहन समेत प्रशासनले भनेको छ । यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने समेत उल्लेख गरिएको छ ।
    यस्तो छ प्रशासनको आदेश

  • पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

    पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

    काठमाडौं । अब पर्यटक भिसामा खाडी मुलुक, सार्क मुलुक, मलेसिया र थाइल्याण्डमा घुमफिरमा जाने नेपालीले २५० डलर मात्र बोके पुग्ने भएको छ । सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम डलर घटाउने निर्णय गरेको हो । यसअघि यस्तो रकम ५ सय डलर थियो । यस्तो रकम डलर वा सोही मुलुकको मुद्रामा सटही गर्न सकिने छ ।

    खर्च व्यहोर्ने व्यक्ति वा संस्था सबैको व्यहोरा खुलेको पत्र भएमा भने सो रकम समेत बोक्नु पर्नेछैन । युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा भने साविकमा झै ५ सय डलर न्यूनतम बोक्नु पर्ने नियम छ । विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने छ ।

  • १०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु

    १०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यसबीचमा ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना छन् ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा थप १७४, प्रदेश २ मा १६, बागमती प्रदेशमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकीमा १०३, लुम्बिनीमा ८६, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २८ जना संक्रमित थपिएका छन् ।

  • नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

    नेपाली सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा फेरि दोहोरो अंकको गिरावट आएको छ । यससाता तीनदिनमा २०५ अंकले घटेको बजार बुधबार ५० अंकले बढे पनि आज फेरि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले घटेर पौने ४ अर्बमा सीमित भएको छ ।

    बिहीबार सेयर बजार मापक सूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ बराबरको ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने विकास बैंक ३.१८ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ५० कम्पनीको मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अपी पावर साढे १० करोड र मेगा बैंक १० करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला हाइड्रोपावर र नेपाल फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज गुडविल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.८६ प्रतिशत गुमाएका छन् । यसैगरी, प्रिमियर इन्स्योरेन्स र कालिका पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर, वरुण, आखुँखोला, र रसुवागढी हाइड्रोपावरका सेयरधनीले ५ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

  • वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

    वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्ने

    हेटौंडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ ।

    मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेशमन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडा समायोजन हुने बताएका हुन् । यसका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम अगाडि बढाएको उनले जानकारी दिए । उनले अब भाडा समायोजनको अन्तिम निष्कर्ष आउन मात्र बाँकी रहेको जनाउँदै उक्त निर्णयपश्चात मात्र सवारी साधनको नयाँ भाडा निर्धारण हुने बताए ।

    सार्वजनिक यातायात महासङ्घका अध्यक्ष डोलनाथ खनालले विसं २०७० बाट भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको जानकारी दिए। उनले विसं २०६५ मा सरकारले ६ महिनासम्म अनुसन्धान गरेर वैज्ञानिक भाडा नीति ल्याएको भए पनि उक्त कार्य पाँच वर्षसम्म लागू भएर स्थिर बनेको बताए ।

    पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशत मात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको उनको भनाइ छ ।

    भाडा समायोजनमा विभिन्न पक्ष अध्ययन गरिने अध्यक्ष खनालको भनाइ छ । अध्ययन गरिने विषयमा गाडीको मूल्य, ब्याज, चालकको पारिश्रमिक, गाडीका विभिन्न भागको मूल्यलगायत छन् । सङ्घीय सरकारले अन्तरप्रदेशको भाडा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशभित्र समायोजन हुन नसकेको अध्यक्ष खनालले बताए ।

    छिट्टै भाडादर बढ्ने र राहत पाउने हेटैँडाका यातायात व्यवसायी राजु पौडेलको भनाइ छ । यातायातका साधनमा निर्भर आफ्नो व्यवसायमा अब भने थोरै मुनाफा हुनसक्ने अनुमान उनको छ । नौ वर्षदेखि भाडादर स्थिर रहेको जनाइएको छ ।पुरानो भाडा दरमा ढुवानी गर्न नसक्ने पुरानो नारायणी यातायात व्यवसायी सङ्घका प्रबन्धक सरोज खनालले बताए ।

  • पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

    पोखरा विमानस्थलमा यसै वर्ष उड्ला जहाज ?

    पोखरा । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत पुरा भएको छ । निर्माण कम्पनीले आगामी अंग्रेजी नयाँ वर्षबाट विमानस्थलमा कम्तिमा आन्तरिक उडान शुरु गर्न सकिने जानकारी गराएको छ । बुधबार गण्डकी प्रदेशका मूख्यमन्त्री सहितका टीमले विमानस्थल निर्माणको भौतिक संरचनाबारे स्थलगत अवलोकन गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।

    यहाँ पेरिफेरी सडकमा ७० प्रतिशत र विमानस्थल वरिपरिको नाला निर्माण ९० प्रतिशत पुरा भइसकेको छ । विमानस्थलमा टर्मिनल एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण पुरा भइसकेको छ । भवनमा रङरोगन तथा विद्युतीय उपकरण जडानको काम जारी छ । ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम पुरा भएका छन् । लाइटिङ, एक्सेस रोड, कार पार्किङ, तारबार लगाउने काम समेत पुरा भएको छ ।

    पोखरा विमानस्थलको रुटमा पर्ने रिट्ठेपानी डाँडा कटानको काम भने रोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनिरहेको छ । यसको लागत २२ अर्ब रुपैयाँ हो । निर्माण चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको छ ।

  • न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं

    न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं

    काठमाडौं । न्यूयोर्क भ्रमण पुरा गरि परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्कदैं छन् । उनी संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका थिए । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूर्योक पुगेको नेपाली प्रतिनिधिमण्डल ८ असोजमा न्युयोर्क प्रस्थान गरेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गरेका छन् ।

    अमेरिकामा उनले भारत, बङ्गलादेश, कुवेत, बहराइन र चीनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।

  • इक्वेडरमा जेलमा झडप, कम्तिमा १ सय मारिए

    इक्वेडरमा जेलमा झडप, कम्तिमा १ सय मारिए

    काठमाडौं । इक्वेडरमा एक कारागारमा भएको झडपमा कम्तिमा १ सय जना मारिएका छन् । बीबीसीका अनुसार त्यहाँ बन्दी गृहका दुई समूहबीच झडप भएको हो । मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको भेटिएको छ । अन्यको गोली प्रहार गरेर हत्या गरिएको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका छन् ।

    स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको छ । उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्य राखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो। उक्त गिरोहले हाल सो मुलुकमा काम गरिरहेको समेत समाचारमा उल्लेख छ । इक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई डरलाग्दो भएको बताएका छन् ।

    उनका अनुसार प्रहरीले २ बजे (स्थानीय समय) स्थिति आफ्नो नियन्त्रणमा लिएपनि राती पुनः गोली प्रहार, अन्य कुराहरू र विस्फोटन भएका छन् । यसअघि त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दी मारिएका थिए। प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए। त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरेका थिए । घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन्। राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

  • प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउने प्रयास

    प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संसदको अवरोध हटाउने प्रयास

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालले माधव कुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्न माग गर्दै लामो समयदेखि संसद अवरुद्ध गरिरहेको छ । यसका बाबजुत संसदको काम बारवाही भने चलिरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएका छन् । बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बैठकमा एमाले जाने नेजाने टुंगो लागेको छैन । बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । संसद बैठक समेत आज दिउँसो १ बजे बोलाइएको छ ।

  • याक एण्ड यति होटेलको बेडमा कतारी नागरिकको शव

    याक एण्ड यति होटेलको बेडमा कतारी नागरिकको शव

    काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीको कोठामा एक विदेशी नागरिकको शव भेटिएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार होटलको एक कोठामा कतारका नागरिकको शव भेटिएपछि त्यहाँ प्रहरी पुगेको थियो । कर्मचारीले भित्र बाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा पाुहनालाई मृत भेटेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन् । होटेल स्रोतका अनुसार उनी चार दिन अगाडी चेक इन भएका थिए ।

    आज बुधबार उनी चेकआउट हुनुपर्ने थियो । तर तोकिएको समयमा चेकआउट नभएपछि कर्मचारीले ढोका खोलेका थिए । महानगरीय प्रहरी कार्यालयले घटनाबारे काठमाडौंस्थित कतारी दूतावासलाई जानकारी गराएको समेत संचारमाध्यमले लेखेका छन् । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ टोलीले उनको चेकजाँच गरेसँगै मृत्युको कारणबारे खुल्ने छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

  • मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु

    मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु

    गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएका थिए ।

    उनको उचाई सम्बन्धी समस्याका कारण ज्यान गएको अनुमान गरिएको छ । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । बुधवार बिहान कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । यो सिजनमा मनास्लु हिमाल आरोहणमा आरोहीको भीड लागेको छ ।

  • ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

    ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। केही दिनयताको ज्वरो निको नभएको र त्यसका कारण शारीरिक कमजोरी भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनको समस्या पहिचान भएपछि पथ उपचारबारे पत्ता लाग्ने छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकले निगरानी शुरु गरेको अस्पताल स्रोतले जनाएको छ । नेता पछिल्लो केही महिनायता दौढधुपमा छन् ।

  • जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति

    जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति

    काठमाडौं । आन्तरिक उडानका जहाजहरुमा समस्या दोहोरिन थालेसँगै सरकारले अध्ययन समिति बनाएको छ । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् ।

    समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् । यो समितिले आइकाओबाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको, नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने भएको छ वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई तीन महिनाको समय दिइएको छ । सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए जहाज ग्राउण्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी जहाजहरु ग्राउण्डेड गरिने मन्त्रालयको भनाइ छ ।

    नेपालमा सञ्चालित वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा समस्या देखिएका बेला सरकारले वायुयानहरुको अध्ययन गर्न समिति बनाएको हो । सोमबार मात्र बुद्ध एयरको जहाज अवतरण गर्न नसक्दा यात्रुले डर र सास्ती भोग्नु परेको थियो ।

  • नेपालमा थप ११५७ जनामा कोरोना पुष्टी, १११३ जना संक्रमण मुक्त

    नेपालमा थप ११५७ जनामा कोरोना पुष्टी, १११३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३८८९ एन्टिजेन परीक्षण गर्दा २६५ गरी ११५७ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार १६३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १११३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

  • भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

    भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

    काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ ।

    अमेरिकी नागरिक पर्यटन भिषामा १८० दिनमात्र बस्न पाउने प्रावधान अनुसार उनलाई यो वर्ष नेपाल प्रवेशमा गृहमन्त्रालयले रोक लगाएको हो ।

    अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

    गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

    उनी गत सोमबार नेपाल आएका थिए । तर, सोहीदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाइदिएको थियो।

    सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् ।

  • वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोचच अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ।

    २०७७ भदौ १२ मा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइ आज (बुधबार) तोकिएकोमा हेर्न नभ्याइनेमा परेको हो।

    सर्वोच्च अदालतले संवैधानिक इजलासले गौतमको मनोनयनविरुद्धको रिट हेर्न नभ्याइने जानकारी दिएको हाे।

    प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा थिए ।

    एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन थियो।

    राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त रहेको त्यस गौतमलाई लगिएको थियो।

    त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सो मनोनयन संवैधानिक व्यवस्था प्रतिकूल रहेको दाबीसहित रिट हालेका थिए।

    त्यतिबेला गौतमलाई मन्त्री बनाउने तयारी गरिएपछि प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने जिकिर रिटमा गरिएको थियो।

  • नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाताका ३ दिनमै २०५ अंकले घटेको बजार आज ५० अंकले फर्किएको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७२ करोडले घटेर ५ अर्बमा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.८७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर ४.२२ प्रतिशत र विकास बैंक ३.१७ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २२९ कम्पनीमध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी साढे १८ करोड र नेपाल बैंक १६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपी पावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कालिका पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, हिमालयन ऊर्जा, छ्याङी हाइड्रोपार र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.९२ प्रतिशत गुमाएका छन् ।

  • प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ।

    साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

    अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ।

    प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

    प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

  • चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु

    चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु

    काठमाडौं । चीनको गुझाउ प्रान्तमा एक पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार चीनको जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका छन् । अधिक भारका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो । हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको समाचारमा उल्लेख छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

  • माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान

    माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान हिमालय एयरलाइन्सको कार्गो उडानबाट उनी बैंकक गएका हुन् । बैंककमा हिमालयको नियमित उडान भने छैन । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् ।

    पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने कार्यक्रम छ । उनी जण्डिस बिग्रिपछि देखा पर्ने समस्याबाट लामो समयदेखि पीडित छन् । यो अवस्था कुनै पनि बेला खतरनाक बन्न सक्छ । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए । पुन दम्पतीलाई माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायतले बिदाई गरे ।