नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका… Continue reading भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

नेपालमा आजबाट गैंडा गणना थालिने

file

काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्… Continue reading नेपालमा आजबाट गैंडा गणना थालिने

राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रपति भण्डारी आज ढाका जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका… Continue reading राष्ट्रपति भण्डारी आज ढाका जाँदै

होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

File Photo

काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले लकडाउन… Continue reading होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो । अनुमति पाएसँगै करीव दुई सातामा यो… Continue reading नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

काठमाडौं । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारबाही गर्न लागिएको विभागले जनाएको छ । मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए… Continue reading तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो । पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर… Continue reading चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट… Continue reading बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके,… Continue reading बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

Photo : wkow.com

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्‌याङमा चिप्लिएका छन् । उनी भर्‌याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए । चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको… Continue reading राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ… Continue reading भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

Photo : ekantipur.com

काठमाडौं । मनाङमा भएको ट्रक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ध १ ख ५९२ नम्बरको मालबहक ट्रक शनिबार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममाः ज्यान गएको हो । मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटनामा… Continue reading मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

File Photo

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। राससका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको छ । हात्तीले… Continue reading चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा… Continue reading दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो । कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका… Continue reading भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको… Continue reading एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गरिएको थियो । यसमध्ये ७९ जनामा कोरोना पुष्टि भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्।… Continue reading नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ । यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

file Photo: AFP

लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

Photo : Setopati

ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका… Continue reading ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । यो बैठक माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताले भने बहिष्कार गर्दैछन् । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ । आज संसदीय दलको विधान संशोधन गर्ने… Continue reading आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

फेरी बढ्यो हवाई भाडा

काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ… Continue reading फेरी बढ्यो हवाई भाडा

दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

File

काठमाडौं । दक्षिणकाली नगरपालिका–१, खहरेमा आज दुई किशोरको शव एकै स्थानमा भेटिएको छ । काठमाडौं प्रहरी प्रभागका अनुसार नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्ने… Continue reading दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

Photo courtesy of Lupin

काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो । कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले… Continue reading भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

File Photo

काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् । एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको… Continue reading उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् । महान्यायाधिवक्ताले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्। खरेलको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रधानमन्त्रीको… Continue reading प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ओली नेकपा एमाले समूह र माओवादी केन्द्रको आलोचना गरेका छ्न्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै सरकरको बचाउ समेत गरे। उनले स्थायित्वका लागि संसद विघटन गरिएको प्रष्टिकरण दिए। ‘सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण… Continue reading ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’