राष्ट्रपति आज अजरबैजान प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७… Continue reading राष्ट्रपति आज अजरबैजान प्रस्थान गर्ने

२५ वर्ष अगाडी देखि प्लस टू पास गर्न नसकेकालाई खूल्यो मौका परीक्षा, करीव १४ लाखले अवसर पाउने

काठमाडौं । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न… Continue reading २५ वर्ष अगाडी देखि प्लस टू पास गर्न नसकेकालाई खूल्यो मौका परीक्षा, करीव १४ लाखले अवसर पाउने

फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

काठमाडौं । फ्लाइ दुबईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ । कम्पनीको जहाज शनिबार अपरान्ह यो विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका… Continue reading फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी

काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताएका छन् । शनिबार मकवानपुर आएका प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरेमकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग को नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी… Continue reading प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी

मानव तस्करीको आरोप लागेका नेतालाई एमालेले गर्यो पार्टीबाट निष्काशन

काठमाडौं । नेकपा एमालेले मानव तस्करी आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको बताएको छ । ‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी… Continue reading मानव तस्करीको आरोप लागेका नेतालाई एमालेले गर्यो पार्टीबाट निष्काशन

क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् । पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई… Continue reading क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए । राजधानी… Continue reading धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी… Continue reading पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

जजिराले जहाज भरेर गर्यो भैरहवामा उडान

काठमाडौं । जजिरा एयरवेजले भैरहवामा फुल सिट यात्रुसहित उडान गरेको छ । जजिराको जहाज शनिबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । यो जहाजमा कुवेतबाट १७१ जना यात्रु आएका छन् । भैरहवाबाट १६८ जना यात्रु कुवेत उडेको विमानस्थल प्रशासनले जनाएको छ । जहाज पुरै क्षमतामा आउँदा व्यवसायी, एयरलाइन्स कम्पनी र प्रशासन उत्साहित भएका छन् । यसअघि… Continue reading जजिराले जहाज भरेर गर्यो भैरहवामा उडान

विमानस्थलमा उडान कटौतीपछि बढ्यो हवाई भाडा, समाधान खोज्न तीन मन्त्रीबीच छलफल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् । विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती… Continue reading विमानस्थलमा उडान कटौतीपछि बढ्यो हवाई भाडा, समाधान खोज्न तीन मन्त्रीबीच छलफल

युक्रेनमा रुसी आक्रमण : कम्तिमा २५ जना घाइते

A man looks at destructions at the metro station entrance after Russian strike to the center of Kharkiv 8, 2024, amid the Russian invasion of Ukraine. (Photo by SERGEY BOBOK / AFP)

काठमाडौं । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् । आक्रमणमा फसेकाहरूको… Continue reading युक्रेनमा रुसी आक्रमण : कम्तिमा २५ जना घाइते

सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । दैलेखबाट सुर्खेत जाँदै गरेको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे दुर्घटना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख सहितको… Continue reading सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

भैरहवामा शनिबार मात्र तीन अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल… Continue reading भैरहवामा शनिबार मात्र तीन अन्तर्राष्ट्रिय उडान हुँदै

अमेरिकामा बसेका आप्रवासी फिर्ता पठाउने योजना कार्यान्वयन गर्ने ट्रम्पको अडान

काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् । एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै… Continue reading अमेरिकामा बसेका आप्रवासी फिर्ता पठाउने योजना कार्यान्वयन गर्ने ट्रम्पको अडान

काठमाडौं विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागकि उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ… Continue reading काठमाडौं विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द

छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइयो

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ । सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति,… Continue reading छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइयो

नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका… Continue reading नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

दोलखामा भूकम्पको धक्का महसुस

काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ । आज बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षति पुगेनपुगेको… Continue reading दोलखामा भूकम्पको धक्का महसुस

हारपछि कमला ह्यारिसले के भनिन् ?

GETTY IMAGES

काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु, तर निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो दुस्प्रचारलाई कहिल्यै स्वीकार गर्ने… Continue reading हारपछि कमला ह्यारिसले के भनिन् ?

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालन

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार… Continue reading चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालन

साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने

काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाले घरेलु श्रमिकको… Continue reading साउदीमा अब विदेशी महिला कामदारले रोजगारदाता बदल्न पाउने

मलेसियाले सबै श्रमिकलाई सञ्चयकोष सुविधा दिने, नेपाली समेत लाभान्वित

file

काठमाडौं । मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति घोषणा गरेको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमा उल्लेख गरेको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२५ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका हुन् । उनले सबै… Continue reading मलेसियाले सबै श्रमिकलाई सञ्चयकोष सुविधा दिने, नेपाली समेत लाभान्वित

सुनको मूल्यमा भारी गिरावट

file

बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो… Continue reading सुनको मूल्यमा भारी गिरावट

ट्रम्पको जितमा चीनले के भन्यो ?

काठमाडौं । पुनः एक पटक अमेरिकाको राष्ट्रपति बनेकोमा डोनाल्ड ट्रम्पलाई चीन सरकारले बधाई दिएको छ । चीनको विदेश मंत्रालयले आधिकारिक ‘एक्स’ अकाउन्टमा बुधवार एक पोस्ट राखेको छ । जसमा अमेरिकी जनताको छनोटको सम्मान गर्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएको उल्लेख छ । अमेरिकाबारे चीनको नीति निरन्तर रहने समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । आपसी सम्मान,… Continue reading ट्रम्पको जितमा चीनले के भन्यो ?

७२ अर्ब लागतका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने निर्णय

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ… Continue reading ७२ अर्ब लागतका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने निर्णय

ट्रम्पको विजयसँगै नयाँ उचाईमा अमेरिकी डलर

काठमाडौं । अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । अमेरिकी… Continue reading ट्रम्पको विजयसँगै नयाँ उचाईमा अमेरिकी डलर

ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?

काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्। दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम… Continue reading ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?

कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्कने निश्चित भएको छ। ब्याटलग्राउन्ड स्टेट्स भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले… Continue reading कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।… Continue reading प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई… Continue reading छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना