जेनेभा, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गरेका छन् । मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो… Continue reading ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
Category: फिचर
अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने
सियोल, २८ फागुन (रासस–योन्हाप) । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स ९थाड०’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ । दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक… Continue reading अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने
इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ
वासिङ्टन, २८ फागुन (रासस–योन्हाप) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन… Continue reading इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ
इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ
वासिङ्टन, २८ फागुन (रासस–एएफपी) । इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ । टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो । “अमेरिकी सेनाले नजिकैको… Continue reading इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
गलेश्वर (म्याग्दी), २८ फागुनः वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको… Continue reading दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग
कर्णाली, २८ फागुनः गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१… Continue reading बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग
पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक
काठमाडौँ, २८ फागुनः परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका खातिर सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई… Continue reading पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ, २८ फागुनः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका… Continue reading पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ
काठमाडौँ, २८ फागुनः देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई
काठमाडौँ, २८ फागुन : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख… Continue reading अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई
मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल
भोजपुर, २८ फागुनः टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा… Continue reading मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल
मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु
तनहुँ, २७ फागुनः आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका… Continue reading मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु
सुदूरपश्चिममा ४१ हजार मत बदर
महेन्द्रनगर, २८ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार… Continue reading सुदूरपश्चिममा ४१ हजार मत बदर
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
मोरङ, २८ फागुनः कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो ।… Continue reading कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
सुध्रिएन त्रिभुवन विमानस्थल : ‘फस्ट लुक्स’मै गलत ‘इम्प्रेसन’ !
सेरिका थापाकाठमाडौं३० वैशाख २०८२ का दिन अघिल्लो संसद्को एक बैठकमा स्वतन्त्र सांसद अमरेश सिंहले प्रश्न उठाए । उनले भने, ‘मुलुकमा चलिरहेको एउटा मात्र अन्तर्राष्ट्रिय काठमाडौं विमानस्थल छ, त्यसलाई पनि अस्तव्यस्त राखेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौं ।’ धेरै नागरिकको ‘कम्प्लेन’ आएपछि आफू स्वयम् उपस्थित भएर देखेका बेथितिबारे सिंहले संसद्मा प्रश्न उठाएको उनले स्पष्ट पारेका थिए । उनले… Continue reading सुध्रिएन त्रिभुवन विमानस्थल : ‘फस्ट लुक्स’मै गलत ‘इम्प्रेसन’ !
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
काठमाडौँ, २८ फागुनः नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५०… Continue reading मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
काठमाडौँ, २७ फागुन । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२र८३ को सात महिना ९२०८२ माघसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य… Continue reading सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
काठमाडौँ, २७ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थीति नरहेको जानकारी दिए । “हामीले सम्बन्धित दूतावासमार्फत… Continue reading ‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ, २७ फागुनः गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक… Continue reading बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
काठमाडौँ, २७ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१… Continue reading समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया
काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका… Continue reading प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया
वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध
काठमाडौँ, २७ फागुनः प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए… Continue reading वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध
सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार
चितवन, २७ फागुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी रास्वपा सभापति समेत हुन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च… Continue reading सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार
प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना
काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना
वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत
काठमाडौँ, २७ फागुनः विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले… Continue reading वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत
फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा
जर्मनी, २७ फागुन (रासस–एएफपी) । जर्मनीको मोटर कम्पनी ‘फक्सवागन’ले मङ्गलबार कम्पनीले सन् २०३० सम्म जर्मनीमा करिब पचास हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ । फक्सवागनका प्रमुखले भने, “सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब पचास हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा पैंतीस हजार रोजगारी घटाउने सहमति भइसकेको… Continue reading फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
मस्को, २७ फागुन (रासस–सिन्ह्वा) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गरे । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति… Continue reading युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य
कोलम्बो, २७ फागुन (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो । नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर… Continue reading अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
काठमाडौँ, २७ फागुनः संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक,… Continue reading राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित
जेनेभा, २६ फागुन (राससएएफपी) । इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भने, “जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।” करिब एक लाख बीस हजार मानिसहरू… Continue reading मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित