धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राती बन्द

काभ्रेपलाञ्चोक, ३० फागुनः अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको… Continue reading धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राती बन्द

‘वायु प्रदूषणले लिन्छ नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २९ फागुनः वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने… Continue reading ‘वायु प्रदूषणले लिन्छ नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौँ, ३० फागुनः नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा… Continue reading डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ, ३० फागुन । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको… Continue reading डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ, ३० फागुन । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ ।पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म… Continue reading अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

राससभोजपुर, २९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि… Continue reading जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

file

मुना (म्याग्दी), २९ फागुन । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि… Continue reading बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ), २९ फागुन : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका… Continue reading ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

file

काठमाडौँ, २९ फागुनः विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ । विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाभिसा बसिरहेका २१ नेपालीलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली… Continue reading अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने

सुबास ढुंगाना/रासस

काठमाडौँ, २९ फागुनः नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’का लागि तीन देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने व्यवस्था… Continue reading चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

दागबत्ती दिनुहुँदै अध्यक्ष ओली काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार पशुपतिनाथस्थित आर्यघाटमा पिता मोहनप्रसाद ओलीलाई दागबत्ती दिनुहुँदै । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । तस्बिरः बिमलबहादुर विष्टररासस

काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो । पिता ओलीको पार्थिव शरीरमा ज्येष्ठ पुत्र अध्यक्ष ओलीले दागबत्ती दिए । दिवङ्गत पिता ओलीप्रति… Continue reading अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौंमा वर्षा, घट्दैछ वायु प्रदूषण

तस्बिर : हरिराम भेटुवाल/ रासस

काठमाडौँ, २९ फागुनः केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ)को तथ्याङ्कले देखाएको छ । बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा… Continue reading काठमाडौंमा वर्षा, घट्दैछ वायु प्रदूषण

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर, २९ फागुनः हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल… Continue reading ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

file

त्रिशूली (नुवाकोट), २९ फागुनः स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी… Continue reading स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

झापामा हावाहुरीपछि रुखले किचेर किशोरीको मृत्यु

झापा, २९ फागुनः गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

file

काठमाडौँ, २९ फागुनः सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई… Continue reading पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २८ फागुनः देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम… Continue reading बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौँ, २८ फागुन । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।… Continue reading चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि मतदाता भारत फर्किन थाले

सुदूरपश्चिम, २८ फागुनः निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् ।… Continue reading मतदानपछि मतदाता भारत फर्किन थाले

ग्यासको हाहाकार अब नेपालमा पनि, प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

file

काठमाडौँ, २८ फागुनः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि… Continue reading ग्यासको हाहाकार अब नेपालमा पनि, प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

RSS

काठमाडौँ, २८ फागुनः निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम… Continue reading समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

rss

काठमाडौँ, २८ फागनुः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ । प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र… Continue reading निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी, २८ फागुनः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।… Continue reading माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन, २८ फागुनः जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको… Continue reading चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्याली

लुम्बिनी, २८ फागुन । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल र्याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल (याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब… Continue reading मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्याली

शान्ति सैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ, २८ फागुनः पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्ति सैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य… Continue reading शान्ति सैनिकको सुरक्षामा नेपालको जोड

इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

तेहरान, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ । अमेरिका… Continue reading इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु

file

नैरोबी, २८ फागुन (रासस–एएफपी) । दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ। दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । प्रहरीका अनुसार बाढीमा… Continue reading इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु

‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

People fire live rounds into the air as a warning following Israeli airstrikes in Dahiyeh, Beirut's southern suburbs, Lebanon, Wednesday, March 11, 2026. (AP Photo/Bilal Hussein)

जेनेभा, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गरेका छन् । मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो… Continue reading ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह