बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने… Continue reading बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि आगामी बुधबार छलफल हुने भएको छ । बीबीसीका अनुसार ट्रम्पमाथि हिंसा भड्काएको आरोप छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको… Continue reading राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

फिल्म हल खोल्न सरकारको अनुमति

काठमाडौं । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । गत चैतयता बन्द रहेका फिल्म हल खोज्न सरकारले अनुमति दिएको हो । आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेता… Continue reading फिल्म हल खोल्न सरकारको अनुमति

भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ । यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको… Continue reading भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?

काठमाडौं । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोना भाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? भारतको खोप उत्पादन क्षमता कति ? अहिले भारतमा दुईवटा खोपलाई… Continue reading भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?

नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा… Continue reading स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् । अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन… Continue reading प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् । उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय… Continue reading म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

काठमाडौं । नेपाल एकिकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र आउनु अगाडी यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहले भने आज सार्वजनिक बिदा घोषणा गरेका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन… Continue reading आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम केसिएनएले आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएको सार्वजनिक गरेको छ । वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक अधिवेशन हुन्छ । जसबाट उनी सर्वसम्मत महासचिव बनेका हुन् । यसअघि पार्टीको महासचिव उनका… Continue reading किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले दोस्रो पटक विधान संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको छ । अब या नेकपामा केन्द्रिय सदस्यको संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी… Continue reading नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएका नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिने दाबी गरेका छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा सम्बोधन गर्दै ओलीले भारतसँग मित्रवत् छलफल गरेर सुगौली सन्धिपछि प्राप्त नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम गर्ने दाबी गरेका हुन् । उनले भने, ‘मिचिएको भूमि नक्सामा समेट्यौँ… Continue reading कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका… Continue reading काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए… Continue reading ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमाना ननाघ्न धम्की दिएका छन् । जति ठूलो सेलिब्रेटी भएपनि सिमाना नाघ्दा त्यसको जवाफ समयले माग्ने रिमालको चेतावनी छ । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले यस्तो चेतावनी दिएका हुन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीले… Continue reading रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

जकार्ता । इन्डोनेशियामा शनिबारदेखि हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमहरुक अनुसार दुर्घटनास्थल समेत पत्ता लागेको छ । आज बिहानैबाट खोजी थालिएको र विमान दुर्घटनाग्रस्त भएको स्थान समेत फेला परेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । बीबीसीले विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानीजहाज खटिएको जनाएको छ । इन्डोनेशियामा ६२ जना… Continue reading इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् । आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने… Continue reading आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को २०२१ सिजनका लागि नेपालबाट १० खेलाडी ड्राफ्टमा परेका छन्। उनीहरुको भविश्यबारे आज अक्सन हुनेछ । यसमध्ये सन्दीप लामिछाने ड्राफ्मा सबैभन्दा उच्च तलव पाउने श्रेणीमा छन् । अन्य ९ खेलाडी भने दोस्रो श्रेणीमा रहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडीलाई कुन कुन… Continue reading आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन मात्र अब १० दिन बाँकि छ । यसबीचमा उनले अनेक हर्कत गरेका छन् । त्यसमाथि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा समेत उठ्ने सम्भावना रहेको भन्दै उनीविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको राजिनामा तत्काल नआए… Continue reading ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

फाइल तस्वीर

काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । यसमध्ये २ लाख ५७ हजार… Continue reading नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

जाकार्ता । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको एक यात्रुबाहक जहाज वेपत्ता भएको छ । राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा हराएको छ । फ्लाइट रायर २४ ले देखाएअनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको देखिएको… Continue reading इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा नजाने भएका छन् । आगामी जनवरी २० नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह हुने छन् । ट्रम्प स्वयमले यस्तो घोषणा गरेका हुन् । नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने प्रचलन रहेको छ । तर, ट्रम्पले शुक्रबार… Continue reading बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी… Continue reading टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको… Continue reading ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो । राष्ट्रपति… Continue reading सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट… Continue reading इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै