सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् । उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् ।… Continue reading रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

छूटे महरा, जेलबाट सिधै निवासतर्फ

काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् । उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे । उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए । जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त… Continue reading छूटे महरा, जेलबाट सिधै निवासतर्फ

महराले पाए सफाइ, आजै रिहा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् । उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् । जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने… Continue reading महराले पाए सफाइ, आजै रिहा

प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ । खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् । नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ । त्यसकारण… Continue reading प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

खरिपाटीका स्थानीयमा कोरोना आतंक

भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् । उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन । अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ । खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् । त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् । सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान… Continue reading खरिपाटीका स्थानीयमा कोरोना आतंक

काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् । नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र… Continue reading काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

महराको मुद्दामा आज आउला फैसला ?

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ । आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला… Continue reading महराको मुद्दामा आज आउला फैसला ?

काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ । सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ । त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ । काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो… Continue reading काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

काठमाडौं । नेपाल सरकारले चीनबाट १७५जना नेपालीलाई आइतबार बिहान काठमाडौं अवतरण गरायो । उनिहरु चीनको वुहान र यस आसपासका शहरमा बसोबास गर्ने नेपाली हुन् । वुहान कोरोना भाइरस उत्पत्ति भएको शहर हो । यहाँ मात्र करिब १ हजार मानिसको ज्यान गइसकेको छ । एक हिसावले हेर्दा काल कोठरी सरह बनेको शहरको एक कोठामा थुनिएर बसेका… Continue reading घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ । कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको… Continue reading बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

रसुवागढी अझै एक साता बन्द

file

रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ । सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका… Continue reading रसुवागढी अझै एक साता बन्द

वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानस्थित विमानस्थलमा पुगेको छ । १८५ जना नेपाली विद्यार्थीलाई बोकेर जहाज नेपाली समय अनुसार राती २:१५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । वुहानमा चीनका विभिन्न शहरबाट नेपाली आएर विमानस्थलमा जुटेका थिए । त्यसमध्ये केही विद्यार्थीलाई ज्वरो आएका कारण चीनले उतै रोकेको छ ।… Continue reading वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

काठमाडौं । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपाल भ्रमण आएका छन । उनी एक साता नेपाल भ्रमणमा रहने भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरेका थिए । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहदा प्रधानसेनापति… Continue reading नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

काठमाडौं । नेपाल एयरलाइन्सको सबैभन्दा ठूलो जहाज ए३३०-२०० जहाज आज अपरान्ह चीन उड्दैछ । चीनको वुहानबाट त्यहा बसोबास गर्ने नेपालीलाई उद्वार गरि नेपाल ल्याउने प्रक्रियाका लागि जहाज चीन उड्न लागेको हो । वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सरकारले चीनको वुहानबाट आफ्ना नागरिकलाई उद्दार गर्न लागेको हो । उनीहरुलाई ल्याएर नेपाल एयरलाइन्सको जहाज आइतबार काठमाडौं… Continue reading चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ । ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए । किनकी यसअवधिमा थप… Continue reading सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

काठमाडौं । नेपाल र भारतबिच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्ने भएको छ । यसका लागि भारतले आन्तरिक तयारी थालेको छ । भारतले टोली नै खटाएर अध्ययन थालेको नेपाल आयल निगमले जनाएको छ । सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईन बनाउने सन्दर्भमा भारतीय आयल निगमका अधिकारी फिल्डमा खटिएका हुन । उक्त पेट्रोलियम पाइपलाइनको स्थलगत रेखांकन बाट दूरी समेत कम… Continue reading नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई फिर्ता ल्याउदैछ । शुक्रबार त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा पुर्‍याउने सम्बन्धमा पूर्वाभ्यास गरिएको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिदैछ । त्यहासम्म कसरी उनीहरुलाई पुर्‍याउने भन्ने सम्बन्धमा प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरिएको हो । चीनबाट शनिबार… Continue reading वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ । यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो… Continue reading ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

असारसम्म काठमाडौंमा मेलम्ची !

काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ । खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन । मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ । जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं… Continue reading असारसम्म काठमाडौंमा मेलम्ची !

कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते… Continue reading कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । दिउँसो २ बजे संसदमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको छ । यस उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय सरकारका कामबाट प्रधानमन्त्री स्वयमः… Continue reading प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

कुवेत । कुवेतमा काम गर्ने स्थानमा भएको दूर्घटनामा पुरिएर ४ नेपालीको ज्यान गएको छ । अन्य ३ जना घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार बालुवा र ग्राभेलसहितको ढिस्को खसेको थियो । जसले कामदारहरुलाई पुरेको बताइएको छ । घटनामा ४ नेपाली कामदार परेको बताइएको छ । परिचय भने सार्वजनिक गरिएको… Continue reading कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

काठमाडौं । सरकारले शनिबार चीनबाट झण्डै २ सय विद्यार्थीलाई नेपाल फर्काउँदैछ । उनीहरुलाई नेपाल ल्याएपछि घर परिवारसँग भेट गर्न भने दिइने छैन । नेपाल एयरलाइन्सको विशेष विमानबाट नेपाल आउने उनीहरुलाई त्यहाबाट एम्बुलेन्समा राखेर सिधै खरीपाटीस्थित क्वारेन्टाइनमा लगिने भएको छ । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको… Continue reading चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो । मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले… Continue reading पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

फाइल तस्वीर

सल्यान । सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना भएको छ । दूर्घटनामा एक जनाको ज्यान गएको छ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर,… Continue reading सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

१० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् । चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो । अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम… Continue reading १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस जस्तै लक्षणमा संक्रमित बिरामी भेटिएपछि यसले नेपालको चिन्ता बढाइदिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सोही रोगसँग मिल्ने प्रकृतिको लक्षण देखिएको भन्दै गाउँपालिकाले रोगको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पत्राचार गरेको छ । गाउँपालिकाकाको गुम्बा बस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोको लक्षण देखिएको छ । यसको प्रकृति ठ्याक्कै कोरोनासँग मिल्छ… Continue reading के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो । वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् । नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ ।… Continue reading चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने