दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा… Continue reading दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ । सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा… Continue reading सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कुनै पनि तहका बैठक राख्ने पक्षमा छैनन् । तर, पार्टीका अन्य नेता भने बैठक राखेर विवादहरुमा सामुहिक छलफल चलाउनु पर्ने मागमा छन् । सोहीकारण उत्कर्षमा पुगेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र कुनै निष्कर्ष आउन सकेको छैन । आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका थिए ।… Continue reading नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’

नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा उनीहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ४८ पुगेको छ। पछिल्लो समय नेपालमा औसतः २० भन्दा बढी… Continue reading नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख ९९ हजार… Continue reading नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने… Continue reading कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

कल्पना शाक्य / अधिवक्ता सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो… Continue reading बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट… Continue reading मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको… Continue reading पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

File

काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ ।… Continue reading अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

Photo : Bangkok post

काठमाडौं । न्यूजिल्याण्डमा नवगठित सरकारले आफ्ना मतदाता तथा नागरिकका लागि आकर्षक सहुलियत प्याकेज ल्याएको छ । खासगरी साना व्यवसायीलाई बचाई राख्न विषेश राहत कार्यक्रम ल्याइएको हो । लेबर पार्टीबाट नवगठिन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला उद्योगमा ठूलो प्रभाव परेको छ । प्रधानमन्त्री जसिन्दा अर्डेर्नले… Continue reading न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

बैतडी । बैतडीमा १८ वर्षीया माया महताको ज्यान लिएको चितुवालाई स्थानीयले मारिदिएका छन् । सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया महतालाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न पुगेकी उनलाई चितुवाले सोमबार दिउँसो आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरी उनलाई मारेपछि पनि लास छोडेको थिएन । त्यसपछि… Continue reading किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

एजेन्सी अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् ।  सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन… Continue reading सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्‍ने सरकारको निर्णय रोक्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो। गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ुसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालुबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’… Continue reading संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्‍ने सरकारको निर्णय रोक्न निर्देशन

बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य

काठमाडौं । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोभिड-१९ महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोभिड परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना… Continue reading बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य

विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक… Continue reading विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

Source : BBC

काठमाडौं । अजरबैजानले विवादित नागोर्नो काराबाखको एक सहर कब्जा गरेको घोषणा गरेको छ । उसको यो दावीलाई अर्मेनियाले भने अस्विकार गरिदिएको छ । बीबीसीका अनुसार अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो काराबाखको शुशी सहर आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् । अर्मेनियाले भने यस भेगमा भिडन्त जारी रहेको र अजरबैजानको दावि झुट भएको बताएको छ ।… Continue reading अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

भाइटीकाको उत्तम साइत ११:३७ बजे

Photo : The Rising Nepal

काठमाडौं । यो वर्ष भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ लाई तोकेको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार मंसिर १ गते टीका परेको छ । त्यस दिन टीका लगाउन साइत हेर्नु नपरे पनि उत्तम साइत भने साढे ११ बजे रहेको हो ।… Continue reading भाइटीकाको उत्तम साइत ११:३७ बजे

आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक

काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे… Continue reading आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक

एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया… Continue reading एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् । उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी… Continue reading उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना निको… Continue reading नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त

विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र… Continue reading विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस

बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा

काठमाडौं । केही दिनको अनिश्चिततापछि जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचन हुने निश्चित भएको छ ।उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकामा मात्रै होइन विश्व शक्ति बन्ने होडमा रहेको चीन, भारत लगायत देशमा समेत समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने आँकलन गर्न थालिएको छ । ट्रम्पको अपरिपक्क अभिव्यक्ति तथा नीतिका कारण चीन, उत्तरकोरिया लगायत देशसँग सम्बन्ध चिसिँदै गएकाले यतिबेला… Continue reading बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । साताको पिहलो दिन आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा कायम भएको छ । यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८६ लाख ३८ हजार ५६ कित्ता सेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

File Photo : (AP Photo/Paul Sancya)

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे… Continue reading अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। ट्वीटरमार्फत ओलीले उनीहरुको जितलाई प्रभावकारी र ऐतिहासिक समेत भनेका छन् । उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन्… Continue reading निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

मुख्यमन्त्री घोडाबाट लडेपछि..

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लामा घोडाबाट लडेका उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ । टाउको र हातमा चोट लागेको तर अवस्था भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ । शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग… Continue reading मुख्यमन्त्री घोडाबाट लडेपछि..

बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई

न्यूयोर्क अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा डेमोक्रेटिक प्रत्याशीहरु जो बाइडेन र कमला ह्यारिस निर्वाचित भएपछि देशभर उत्सव सुरु भएको छ । सबै राज्यमा समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाउन थालेका हुन् । डेमोक्र्याटहरुले ट्रम्प पराजयसँगै अमेरिकामा घृणा र विभाजनको राजनीति अन्त्य भएको बताएका छन् । बाइडेन र ह्यारिस लेखिएको संकेत हातमा लिएर एवं कोरोना भाइरस संक्रमणबाट जोगिन… Continue reading बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई