Category: फिचर

  • नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो

    नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो

    काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”

    नेपालमा दोस्रो भेरियन्टसहितको सङ्क्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङमार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो । देशभर सङ्क्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा सङ्क्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।”

    क्याम्पभित्र सङ्क्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताए । तत्काल भएकै कामदारबाट निर्माणलाई निरन्तरता दिइने उनले बताए ।

    निर्माणस्थलमा सङ्क्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताए । अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले बताए । अबको केही समयसम्म कम सङ्ख्यामा कामदार राखेर काम गरिनेछ । यो समयमा ‘पर्ख र हेर’ गरेर त्यसपछि अवस्था हेरेर अघि बढिने उनले बताए । काम प्रगतिका नाममा स्वास्थ्य सुरक्षासँग चुनौती नगरिने उनको भनाइ छ । उनले भने, “अझै धेरै सङ्ख्यामा सङ्क्रमित हुँदा काम गर्न रोकिनेछ ।”

    अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई सङ्क्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । आवश्यक सङ्ख्यामा जनशक्ति भित्रै रहेकाले सचेत भएर काम गरिरहेको उनले बताए ।

    कामदारको मनमा त्रास भएकै कारण आधाले काम छाडेर फर्किसकेका छन् । पछिल्लो अवस्थामा जतिसक्दो काम अघि बढाएर आठ–१० दिन पछि निर्माणस्थलको अवस्था हेरेर निर्णय गरिने उनले बताए । उनका अनुसार निर्माण स्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ । उनले भने, “अब कोभिड फैलन क्रम कम भएमा त्यसका आधारमा अघि बढिनेछ, सङ्क्रमण अझै फैलिएमा काम रोक्नुपर्छ ।”

    सङ्क्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङ मार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबीसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।

    जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।

    सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुने बताइएको छ । रासस

  • जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

    जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

    वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको आन्दोलनका रुपमा समेत लिइएको छ ।

    फ्लोइडको ज्यान गएसँगै विश्वभरबाट अमेरिकाको कडा आलोचना भएको थियो । प्रहरी अधिकृत डेरेक चाओविनले फ्लोइडको घाँटीमा करीव ९ मिनेट आफ्नो घुँडाले थिचेका थिए । जसको असरले उनको मृत्यु भएको हो ।

    यसैबीच, आज ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले फ्लोइडका परिवारसँग भेट्दैछन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार यहाँ मिडियालाई भने इन्ट्री छैन । भेटमा फ्लाइडकी छोरी जियाना, उनकी आमा राक्सी वाशिंगटन, बहिनी, भाई तथा भतिजाहरु सहभागी हुने भएका छन् ।

  • अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

    अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

    न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको छ । कोभिड १९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा पुष्टी भएको हो । त्यसयता भाइरसबाट विश्वभर १६ करोड ७० लाख मानिस प्रभावित एका छन् ।

    ३४ लाख मानिसको ज्यान गइसकेको छ। यस वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै कम भएको उल्लेख थियो ।


    अमेरिकी जासुसी सूत्रलाई उदृत गर्दै लेखिएका समाचारहरुका अनुसार सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

    यस सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई समेत अनुमति दिइनुपर्ने बताएका छन्। बेइजिङ भने यसमा सहमत छैन । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।

  • आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने

    आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने

    काठमाडौं । बौद्ध धर्मावलम्बीहरुका लागि आज विशेष दिन हो बौद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको यो दिन विश्वभर विभिन्न गतिविधिका साथ मनाइन्छ । यस वर्ष २५६५ औं बुद्ध जयन्ती मनाउन थालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाको बुद्ध जयन्ती पर्छ ।

    यो वर्ष नेपालमा यस दिन कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । कोरोना महामारी र सामाजिक दूरीसहितका मापदण्ड पालना गर्नुपर्ने भएकाले सरकारले औपचारिक कार्यक्रम राखेको छैन ।

    भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम हुने गर्छ । यसवर्ष लुम्बिनीमा दीप प्रज्वलन मात्र गर्ने कार्यक्रम छ ।

    यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर पर्व मनाइने छ । यस पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर पाठ्यक्रममा रहेका बुद्धबारेका भ्रमपूर्ण सन्देश सच्याउन आग्रह गरेका छन् ।

  • गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री आउने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले यसको जानकारी गराएको हो । दक्षिण कोरियाबाट तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी आउने भएको हो ।

    यो रकम दक्षिण कोरियाली सरकारको तर्फबाट प्राप्त भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको विज्ञप्तीमा जनाइएको छ ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेको जनाइएको छ ।

    उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका छन् ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको समेत सांसद खो यङ् यिनले जानकारी दिएको विज्ञप्तीमा उल्लेख छ ।

  • प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण

    प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने निर्णय महन्थ ठाकुर र राजन्द्र महतो समूहले गरेसँगै जनता समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ ।

    पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई सोधेको स्पष्टीकरण नआउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।


    मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषय उल्लेख छन् ।


    जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक एकल अध्यक्षतामा डाकेका थिए । यस सम्बन्धमा समेत यादवसँग स्पष्टीकरण सोधिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पठाउन समय दिइएको छ ।

  • शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

    शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

    काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ ।

    मंगलबारबाट देखिएको प्रभाव शुक्रबार सम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । मङ्गलवार बिहानदेखि इलाम लगायत पूर्वी क्षेत्रमा पानी परेको छ। यसले आगामी दुई, तीन दिन देशका विभिन्न भागमा प्रभाव पार्ने प्रक्षेपण गरिएको विभागको भनाई छ ।

    उक्त चक्रवात बुधवारसम्म उडिसा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागले अनुमान गरेको छ । नेपालमा बिहीवार र शुक्रवार धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी समेत आउने छ । विभागले सगरमाथा सहित हिमाली क्षेत्रहरूमा सतर्क रहन पनि सचेत गराएको छ।

  • आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

    आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

    नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् ।

    उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन् । उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको अभिव्यक्ति दिएका थिए । उनले अक्सिजन सिलिन्डर लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएको बीबीसीले लेखेको छ । अन्ततः केन्द्रिय स्वास्थ्यमन्त्रीले समेत उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्।

    आफ्नो भनाई फिर्ता लिएका उनले आधुनिक चिकित्सा प्रणालीको आलोचना गर्न भने छाडेका छैनन् । सोमवार उनले केही रोगहरूको उपचार आधुनिक चिकित्साले गर्न नसक्ने बताए । एलोप्याथी चिकित्सकहरूको प्रतिनिधित्व गर्ने इन्डियन मेडिकल एसोसिएसन आईएमएले रामदेवको आलोचना गर्दै उनको अभिव्यक्तिलाई महामारीको मध्यमा गरिएको असंवेदनशील कार्य भनेको बीबीसीमा उल्लेख छ ।

    त्यसो त उनले पटक पटक आधुनिक प्रणालीबारे आलोचना गर्दै आफ्नो उत्पादनको प्रचार गरिरहेका छन् ।

  • नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

    नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

    त्यसदिन देशभर ६४०४जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । पछिल्ले २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ ।

    हालसम्म मृतकको संख्या ६ हजार ७ सय पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेका छन् ।

  • उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

    उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

    थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ।

    तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ।

    बिबाहमा पनि १० जनाबाट घटाइएर ७ जना मात्र सहभागी हुन पाउने छन्। जसमा एउटा गाडी मात्र प्रयोग गर्न पाइने छ।

  • अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

    अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

    काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो ।

    यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा १ वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने भएका छन् ।

    ‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

    यस्तै खरिद गरेको एकवर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानीमात्र विक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, यसअघि २०७८ जेठ १० गतेसम्म लगानी गरेका सयर २०७९ असार मसान्तभित्र विक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

  • नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

    नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

    काठमाडौं । बहराइनले एसियाका पाँच मुलुकबाट सो देशमा छिर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण नेपालसहित पाँच मुलुकबाट आउन अस्थायी निषेध लगाइएको हो । राससका अनुसार भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान पाइने छैन । यी देशहरुलाई बहराइनले “रेड लिष्ट” मा राखेको छ ।

    आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको छ । बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

    पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पिसिआर रिपोर्ट नेगेटिभ देखाएमा क्वारेन्टाइनमा बस्नु पर्ने छैन । बहराइन धेरै नेपाली नागरिकले रोजगारी गर्ने मुलुक हो ।

  • उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

    उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । १३ जेठसम्म निषेधाज्ञा गरेको सरकारले यसबीचमा अपेक्षित संक्रमण कम नभएपछि लम्ब्याउने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने र यस बीचमा थप कडाईका निर्णयहरु समेत आज सार्वजनिक गर्ने तयारी छ ।

    स्वास्थ्यका मापदण्ड र निषेधाज्ञाका नियम पालना नगरे कडा कारवाही गर्नेसहितका नियम राखेर सरकारले अध्यादेश ल्याएको छ । सो अध्यादेश अनुसारका आदेश आज जिल्ला प्रशासन कार्यालयहरुबाट हुने भएको हो । कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले वैशाख १६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थालेको हो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइसकेको छ । अहिले देशभर ७५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।

  • महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

    महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

    काठमाडौं । एक मैत्रीपूर्ण खेल र त्यसपछि लगातार तीन वटा विश्व कप छनोटका खेलमा भाग लिन आज नेपाली राष्ट्रिय फुटबल टोली इराकतर्फ प्रस्थान गर्दैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

    इराकबाटै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत प्रस्थान गर्नेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको पहिलो पटक टीम सम्हाल्दैछन् ।

  • मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ

    मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ

    काठमाडौं\एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीमा सैन्य कू भएको छ । त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई पक्राउ गरेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रेसित गरेका छ् । मालीमा अघिल्लो साल निर्वाचित राष्ट्रपतिलाई सेनाले राजीनामा दिन बाध्य पारेको थियो । यहाँ सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको खबर छ ।

    उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ। मालिमा अलकायदा र इस्लामिक स्टेटको दवदवा छ । सेनाको यो कदमले मुलुकमा झन अस्थिरता निम्तने खतरा रहेको जनाइएको छ । मालीमा खटिएका संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले घटनाको निन्दा गरेका छन् । राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउनेसँग १८ महिना भित्र चुनाव गरि शासन सामान्य अवस्थामा फर्काउने जिम्मेवारी थियो ।

  • ५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

    ५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

    काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।


    पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेको पेट र कम्मरमा २ वटा गोली लागेको थियो । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

    उनीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परिसकेका छन् । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।

  • नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

    नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

    काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् ।

    ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उपविदेशमन्त्री शेर्मनले महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गरेको बताइएको छ ।

    प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे । उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो ।


    आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • अन्ततः फुटको संघारमा एमाले

    अन्ततः फुटको संघारमा एमाले

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि निर्णय लिएका छन् ।

    उनले सोमबार ११ जना सांसदलाई पार्टीबाट निकालेका छन् । यी बाहेक थप १२ जनालाई आज स्पष्टीकरण सोधिएको छ । उनीहरुले पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएमा पार्टीबाट निकालिने छ । एमालेले नेताहरुलाई निकालेसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    ओलीको दम्भका कारण उनीसँग सहयात्रा गर्न नसकिने निष्कर्षसहित माधवकुमार नेपालससहित वरिष्ठ नेताहरु अन्ततः नयाँ पार्टी घोषणाको तहमा पुगेका हुन् । यो पार्टीको सहकार्य माओवादी केन्द्रसँग समेत हुने छ । जसले कम्यूनिष्ट एकताको आधार पुनः तय गर्ने अपेक्षा लिइएको नेताहरुको भनाई छ । ओलीसँगको संघर्षमा भने माधवकुमार नेपाल समुहले कांग्रेस र माओवादी केन्द्रलाई खुलेर साथ दिएको छ ।

  • माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

    माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत पार्टील गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेले यसअघि उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन्।

    पार्टी हितविपरित काम गरेको भन्दै उनीहरुलाई पार्टीबाट निकालेको हो । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

  • नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

    नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्।

    सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

    सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । पछिल्ले २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ ।

    हालसम्म मृतकको संख्या ६ हजार ५३१ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेका छन् ।

    प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा १५०, पर्सा २३, बारामा ३८, महोत्तरीमा १४१, रौतहटमा ४१, सप्तरीमा ४२, सर्लाहीमा ३४ र सिरहामा ५७ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १४०, चितवनमा १७१, दोलखामा ८७, धादिङमा २५, नुवाकोटमा १९५, भक्तपुरमा २९८, मकवानपुरमा २४२, रसुवामा २, रामेछापमा ७८, ललितपुरमा ६८१, सिन्धुपाल्चोकमा ६० र सिन्धुलीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २५८, गोरखामा १४९, तनहुँमा ७९, नवलपरासी पूर्वमा २९, पर्वतमा ६५, मुस्ताङमा २, म्याग्दीमा २९, लमजुङमा ८९, बागलुङमा ७ र स्याङजामा १९८ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १९, कपिलवस्तुमा ८८, गुल्मीमा ४, दाङमा १४३, नवलपरासीमा ४१, पाल्पामा ५१, प्युठानमा १०, बर्दियामा ९, बाँकेमा ४६, रुकुम पूर्वमा १, रुपन्देहीमा २८७ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा २, दैलेखमा २९, रुकुम पश्चिमा १६, सल्यानमा २ र सुर्खेतमा ७८ जनामा कोरोना भेटिएको छ।

    सुदूरपश्चिम प्रदेशको अछाममा ७८, कञ्चनपुरमा १, कैलालीमा ९६, डडेल्धुरामा २५, डोटीमा १, दार्चुलामा २२, बझाङमा २, बाजुरामा २ र बैतडीमा ५७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

    नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्।

    सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्।

  • १४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

    १४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । उनीहरुले राष्ट्रपतिले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई नियुक्त नगरेको भन्दै अदालतमा रिट दायर गरेका छन् ।

    रिटमा संसदमा रहेका बहुमत सदस्य रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभाको पुर्नगठनको माग गरिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको संसद विघटनको विरुद्धमा रिट दायर गर्न विपक्षी पाँच दल सर्वोच्च अदालत पुगेका हुन् ।

    नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत पुगेका थिए ।

    यस्तो छ सर्वोच्चमा दायर भएको रिट

    श्री सर्वोच्च अदालतमा पेश गरेको

    सारसंक्षेपीकरण

    विषयः नेपालको संविधानको धारा १३३ (२) (३) धारा १३७ बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ ।

    जिल्ला गाँउपालिका नपा वडा नं. ४ घर भई हाल जिल्ला महानगरपालिका क्षेत्र नं. बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य ७६ वर्षको शेर बहादर देउवा समेत जवान….१ निवेदकहरु

    विरुद्ध

    राष्ट्रपतिको कार्यालय, शितल निवास, काठमाडौं समेत….१

    मुद्दाः उत्प्रेषणयक्त परमादेश समेत ।

    हामी निवेदकहरु सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४८ अन्तर्गत निम्नलिखित प्रकरणहरुका यो सार सक्षेपीकरण प्रस्तुत गर्दछौँ ।

    (१) निवेदनको सम्क्षीप्त व्यहोरा

    हामी निवेदकहरु मिति २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको सदस्य हौँ। सम्मानित सर्वोच्च अदालको मिति २०७७११।११ (२०७७–डब्लुसी–००३७) निर्णयबाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रत्यर्थी प्रधानमन्त्रीले मिति २०७८/१/२७ मा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।

    राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आव्हान गर्नुभएकोमा संविधानको धारा ७६(२) बमोजिमको दलहरुबाट दावी पेश हुन नसकेकोले प्रत्यर्थी केपी शर्मा ओली नै संविधानको धारा ७६(३) अन्तर्गत प्रधानमन्त्रीमा भएको थियो ।

    संविधानको धारा ७६(४) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ अन्तर्गत विश्वासको मत नलिइ मिति २०७४।०२।०६ गते संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकार गठनको लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गरी राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि २०७८।०२।०७ गते साँझ ५ बजेसम्मको समय अवधि तोकी प्रतिनिधि सभा सदस्यलाई आव्हान गर्नुभएकोमा निवेदक शेरबहादुर देउवाले बहुमत प्रनिधिसभाका सदस्यहरुको समर्थनसहित दाबी प्रस्तुत गरेको र केपी शर्मा ओलीले पनि दाबी गर्नुभएको जानकारीमा आएको र संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुनसक्ने, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिँदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने भएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने भन्ने निर्णय भएको र मिति २०७८/२/७ को मध्यरातमा प्रत्यर्थी मन्त्रिपरिषदवाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको निर्वाचन मिति ०७८/७/२६ गते र ०७८/८/३ गते दुई चरणमा गर्ने गरी निर्णय भई राष्ट्रपतिसमक्ष सिफारिस गरिएको राष्ट्रपतिबाट मिति २०७८/२/८ गते मध्यरातमा नै मन्त्रिपरिषदको सिफारिसबमोजिम प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी भएको निर्णय नेपालको संविधानविपरीतको हुँदा राष्ट्रपतिको उक्त दवै निर्णय असंवैधानिक र त्रुटिपूर्ण भएकोले संविधानको धारा ४६, १३३ (२),(३) र १३७ समेतको आधारमा उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश जारी गरिपाऊँ ।

    २. संवैधानिक तथा कानुनी प्रश्न

    संविधानको धारा ४६, ७६ ((३(४)(५)(६)(७) धारा ८९, धारा १३३(२)(३) धारा ८९, राजनीतिक दल सम्बन्धित ऐन २०७३ को परिच्छेद ६ समेतका संंवैधानिक तथा कानुनी विद्यमान रहेको।

    (३) माग गरिएको उपचार सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रपतिबाट भए गरेका काम कारबाहीहरुबाट कानुनको प्रत्यक्ष त्रुटि हुनपुगेको स्पष्ट छ । हामी निवेदकहरुले समर्थन गरेको प्रतिनिधि सभा सदस्य निवेदकहरुमध्येका शेर बहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिद्वारा दुवै दावीकर्ता निवेदक शेर बहादुर देउवाको दाबी नपुग्ने भनी मिति २०७४।०२।०७ मा गरेको राष्ट्रपतिको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको मन्त्रीपरिषद्को मिति २०७४।०२।०८ को सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी २०७८/७/२६ मा २०७८/०८/०३ गते प्रतिनिधि सभाको निर्वाचन तोक्ने गरी राष्ट्रपतिले गरेको मिति २०७८।०२।०८ को निर्णय लगायत सम्पूर्ण कामकारबाहीलाई असंवैधानिक र गैरकानुनी घोषित गरी उक्त निर्णयहरुलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी असंवैधानिक रुपमा विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापना गरी प्रतिनिधि सभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तको लागि म निवेदक शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको मिति २०७८।०२।०७ गतेको विश्वासको आधारमा निवेदकमध्येका शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संविधानको धारा ७६ (५) बमोजिम नियुक्त हुने प्रधानमन्त्रीको लागि समर्थन गरेको आधारमा प्रतिनिधि सभाका सदस्यलाई दल त्याग गरेको भनी प्रत्यर्थी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिक हकको संरक्षण गरी पाउन ।

    (४ं) व्यहोरा साँचो छ, झूठा ठहरे कानुनबमोजिम सहुँला बुझाउँला ।

    निवेदकहरु

    निज प्रतिनिधिसभा सदस्य निज शेरबहादुर देउवा समेत जवान

    इति सम्वत् २०७८ साल जेष्ठ गते रोज शुभम …..

  • नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान

    नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

    एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको छ । सोमबार एकैदिन १३ अर्ब बढीको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।

    नेप्से इतिहासकै उच्च २८२३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । आइतबार नेप्से इतिहासकै उच्च विन्दु १८२० मा पुगेको थियो । सर्वाधिक कित्ता शेयर किनबेचको पनि रेकर्ड बनेको छ ।

    आज एकै दिन २ करोड ७१ लाख बढी कित्ता शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो । यसअघि गत जेठ ५ हालसम्मकै सर्वाधिक २ करोड ५१ लाख बढी कित्ता शेयर किनबेच भएको थियो ।

    नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको नेप्से ३.५ अकले बढेर २८२३.५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २१६ कम्पनीको १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँ बराबरको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका ५ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ८ वटाको परिसूचक ओरोलो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९६.६४ अंकले बढेको छ भने व्यापार समूह ५७.६ अंकले घटेको छ ।

    आज कारोबारमा आएका २१६ कम्पनीमध्ये ९० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससँगै एचआइडीसीएल एकैदिन १ अर्ब बढी कारोबार हुने तेस्रो कम्पनी बनेको छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

    कारोबार रकमकै आधारमा नेको इन्स्योरेन्स ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।

    आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, युनाईटेड इदी मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभल पमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।

  • इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

    इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

    रोम । इटलीमा यात्रुसवार केवलकार दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इटलीको माजीओरी तालनजिकै केबलकार खसेको हो । १४ जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक जना बालक छन् । अर्का एक बालक गम्भीर घाइते रहेको बताइएको छ ।

    स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ जाँदै गर्दा केवलकार दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा पाँच जना इजरायली नागरिक छन् । दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन । दुर्घटनापछि केवलकारको सेवा रोकिएको छ ।

  • एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

    यसले कम मात्र नेता माधव खनाल पक्षमा रहने र बाँकि नेताहरुलाई आफुतिर तान्ने सके आफ्नो गूट बलियो हुने आंकलन ओलीको छ । तर, एमालेका वरिष्ठ नेताहरुले भने पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको निष्कर्ष निकालेका छन् ।

    उनीहरुले कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम गरेको भन्द्यै ओलीलाई स्पष्टिकरण नदिने बताएका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेताहरुलाई पत्र पठाएका थिए ।

    स्पष्टीकरणमा वैशाख २७ मा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न राखिएको छ ।

  • आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ ।

    समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको हो । युरोपेली देशहरूले समेत बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन्।

    बीबीसीका अनुसार नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको छ । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा जहाज ओरालेका थिए। तर जहाजमा बम थिएन ।

    अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लियो । यो समय तोकिएकोभन्दा ७ घण्टा ढिलो हो । विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिइएको प्रतिक्रिया समेत दिएका छन् ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले समेत बेलारुसको यस्तो हर्कतको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको समाचारमा उल्लेख छ । विमानमा १७१ जना यात्रु थिए ।

  • विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेकी छिन् । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि राष्ट्रपतिले अमान्नय हुने घोषणा गरेकी थिइन् । सोही विषयमा विपक्षी गठबन्धन हस्ताक्षरसहित नै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा छ ।
    रिट हाल्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले सांसदहरुको हस्ताक्षर, नागरिकताको फोटोकपीसहितका दस्तावेज तयार पारेका छन् ।

  • नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

    नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

    काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

    निर्यात वृद्धि ३२.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६र७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबर थियो । नेपालबाट भट्टमास, कफी, चिया, कार्पेट, आइरन, स्टिलजस्ता वस्तुको निर्यात बढी हुने गरेको छ ।

    तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयात पनि उस्तै वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशत वृद्धि भएको छ । यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक विभागको छ । यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ ।

    निर्यात र आयात दुबै बढेपनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ । यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ ।

  • भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

    भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसलाई जित्दै गरेका करीव ९ हजार मानिसमा म्यूकोर्माइकोसिस अर्थात् (कालो ढुसी) को सङ्क्रमण देखिएको छ । बीबीसीले स्थानीय स्रोतलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । कुल ८,८०० जनाभन्दा बढी बिरामी अहिलेसम्म फेला परेको समाचारमा उल्लेख छ । यो रोग दुर्लभ मानिए पनि अहिले प्रकोपका रूपमा फैलिरहेको बताइएको छ ।

    नेपालमा समेत यो रोगका केही बिरामी भेटिएको आशंका छ । यो रोग देखिनेमा अधिकांश कोभिड भएर निको हुने क्रममा रहेका मानिस छन् । यो रोगमा मृत्युदर ५० प्रतिशत भएको समाचारमा उल्लेख छ । यस्तो संक्रमण भएमा सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था आउन सक्छ । चिकित्सकहरूका अनुसार मधुमेहका बिरामीमा यो ढुसीको सङ्क्रमण हुने जोखिम धेरै हुन्छ ।
    कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बताएको बीबीसीको भनाई छ । अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन्। अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ।

    सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ। म्यूकोर भनिने यो ढुसी माटो, वनस्पति, मलखाद र कुहिएका फलफूल र तरकारीमा पाइन्छ । यसको उपचार पनि महँगो छ तथा औषधिको समेत अभाव छ।

  • चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

    चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

    काठमाडौं\ एजेन्सी । चीनमा अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिइरहेका २१ जना धावकको एकै पटक मृत्यु भएको छ । बीबीसीका अनुसार चीनको पश्चिमी भेगमा पर्ने एक पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिएका कम्तिमा २१ धावकको ज्यान गएको हो ।
    सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको थियो।

    सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तीमध्ये केही धावक हराएपछि प्रतियोगिता रोकिएको थियो।

    खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शव फेला पारेको बीबीसीले लेखेको छ । अलपत्र परेका धेरै धावक जाडोमा कठ्याङ्ग्रिएर ज्यान गुमाएको बताइएको छ ।

    राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । उद्धारमा १,२०० जनाभन्दा बढी मानिस परिचालित भएका छन् । सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेका छन् । मौसम बिग्रिएपछि धेरै धावकले बाटो बिराएको बताइएको छ।