Category: फिचर

  • एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

    एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

    काठमाडौं । आइतबार एकै दिन १ सय ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् । जारी सिजनमा यो दोस्रो आरोहण हो । अघिल्लो साताको मौसमपछि आज दोस्रो टोली सगरमाथामा पुगेको हो । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले गरेको अपडेट अनुसार उक्त संख्यामा आरोही तथा सहयोगीले आज चुचुरो चुम्न सफल भएका हुन् । अब आगामी साता बाँकि रहेका आरोही सगरमाथा चुचुरो जाने छन् ।

    उनका अनुसार मे २७ पछि राम्रो मौसम रहेको जानकारी आएको छ । आज चुचुरो पुगेका आरोहीहरु क्रमशः तल झर्ने क्रममा रहेका छन् । आजै तीन भारतीयसहित ७ जनाले ल्होत्से हिमालको समेत आरोहण गरेका छन् ।यो सिजनमा कुल १६ वटा हिमाल चढ्न साढे ७ सय आरोहीले अनुमति लिएका छन् । त्यसमध्ये सगरमाथाका लागि मात्र ४ सय भन्दा बढी छ ।

  • ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी

    ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी

    उडिसा । चक्रवाती तूफ़ान ताउ ते भारतमा अघिल्लो साता व्यापक मानवीय तथा भौतिक क्षति गर्यो । अहिले तुफान केही थामिएको छ । उद्धार र राहतको काम जारी छ । यसैबीच त्यहाँको मौसम विभागले अर्को आँधी साइक्लोन एसको चेतावनी जारी गरेको छ । भारतीय मौसम विभागका अनुसार बंगालको खाड़ीबाट उठ्ने चक्रवाती यो तूफ़ानले उडिसा र पश्चिम बंगालको तटिय क्षेत्रमा बढी क्षति पुर्याउने भएको हो ।


    यो चेतावनीपछि केन्द्र सरकारले हाइ एलर्ट जारी गरेको छ । आज प्रधानमंत्री नरेन्द्र मोदीले यस सम्बन्धमा बैठक समेत राखेका छन् । मौसम विभागका अनुसार २६ मेमा चक्रवात पश्चिम बंगाल तथा उडिसाको तटिय क्षेत्रका प्रतिघण्टा ९० देखि १ सय किलोमिटर प्रतिघण्टाको बेगमा आउने छ । यसले जमिनमा ठूलो वर्षा समेत गराउने छ । तुफानको चेतावनीसँगै समुन्द्री किनारमा नजान र समुन्द्रमा गरिन सबै क्रियाकलाप नगर्न समेत सचेत गराइएको छ ।

  • नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

    नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५ पीसीआर परीक्षणमा ७५८९ जना र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९३ जनाले कोरोना संक्रमणको कारण ज्यान गएको छ । भने देशभरबाट थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय ६१ जना काठमाडौं, ३ सय ६६ जना भक्तपुर र ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल नेपालमा ८ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

  • राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।

    अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था छ ।

    मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

  • नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ३४६ जना संक्रमितको मृत्यु भएको छ।

  • नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल


    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । बजारखुल्न साथ करिब ५० अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले फर्किँदै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ ।

    नेप्से इतिहासकै उच्च २८१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ४ गते नेप्सेले इतिहासकै सर्वाधिक २७९३ विन्दुको रेकर्ड बनाएको थियो ।

    गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता सेयर बजारमा होमिँदा बजारले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको जानकारहरु बताउँछन् ।

    नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन इतिहासकै दोस्रो धेरै कारोबार भएको छ । आज एकै दिन ११ अर्ब ६९ करोडको कारोबार भएको छ । यसअघि जेठ ४ गते सर्वाधिक ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।

    नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण ३९ खर्ब नजिक पुगेको छ । यो हालसम्मकै धेरै हो भने देशको जीडीपीभन्दा पनि धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ३२.८१अंकले बढेर २८२० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ३ समूहको सूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २३९.८९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह २०.७ अंकले घटेको छ ।

    आज कारोबारमा आएका २२० कम्पनीमध्ये १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ३७ करोड र ज्योति विकास बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । कर्णाली र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, युनाइटेड इदी मार्दी हाइड्रोपावर, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी विकास बैंक, वरुण हाइड्रोपावर, सिनर्जी पावर, श्रीइन्भेष्टमेन्ट, आइसीएफसी, सेन्टर, पोखरा र समृद्धि फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा ३.७३ प्रतिशत घटेको छ ।

  • अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने

    अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने

    काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । जसमा वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा बढीमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउने भएका छन् ।

    वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाख खोल्न पाउनेछन् ।

    यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक(एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

    बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो(पालो गरेर खोल्न पाउनेछन् । हाल बैंकका १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भइसकेको जनाइएको छ ।

    कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि बैंकिङ सेवा नै बन्द हुने अवस्था नआओस् भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ५० हजार रुपैयाँभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । यसमा राष्ट्र बैंकले पनि समर्थन जनाएको छ ।

  • अन्ततः सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग

    अन्ततः सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग

    काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । यहाँ सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर आह्वान भएको छ । सरकारले १ मंसिरमा सुरुङ मार्ग निर्माण गर्न १० अर्ब १५ करोड रुपैयाँ प्रदान गरेको थियो । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । सोही अनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको छ । टेण्डर आह्वानपछि अब सुरुङ मार्ग निर्माण पक्का भएको हो ।

    यसअघि स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको हो । जस अनुसार यहाँ १ किलोमिटर १२६ मिटर लामो सुरुङ रहने छ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने भएको छ । सुरुङमार्ग ५ वर्षभित्र बनिसक्ने छ । सिद्धबाबा अत्यधिक पहिरोग्रस्त क्षेत्र हो । यो सडक खण्डमार्फत गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी जान्छन् ।

  • देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी रहेको बताइएको छ ।राष्ट्रपति र सरकारको कदमको कानुनी उपचार गर्ने निर्णय भएसँगै दलहरु सर्वोच्च जान लागेका हुन् ।


    शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलसमेत सहभागी संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । विपक्षी दलको बैधानिक दाविलाई लत्याउँदै राष्ट्रपतिले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यराति संसद विघटनको निर्णय गरेकी थिइन् । साथै उनले कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचन समेत घोषणा गरेकी छिन् । कोरोना भाइरसको महामारीका बीच आएको यो कदमको व्यापक आलोचना भइरहेको छ ।

  • ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

    ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

    नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको १.६१७ भेरियन्टलाई इण्डियन भेरियन्ट नभनेको भन्दै यसलाई उक्त नाम दिन नहुने बताएको हो ।

    कोरोना भाइरसको भेरियन्ट भेटिएको स्थानका आधारमा नाम दिने गरिएको छ । भारत सरकार पछिल्लो समय सामाजिक संजालमार्फत भइरहेको चर्को आलोचनाबाट डराइरहेको छ । यसले उसको क्षतिको सम्बन्धमा व्यापक प्रचार भइरहेको छ । पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन निर्देशन दिएको थियो । शुक्रबार सूचना प्रौद्योगिकी मन्त्रालयले एक सरकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरुलाई यो आदेश दिएको छ ।

  • महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

    महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

    काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो । जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले यस्तो निर्णय लिएको हो । यो बैठकको अध्यक्षता उपेन्द्र यादवले गरेका थिए ।

    बैठकमा बहुमत सदस्य उपस्थित भएको बताइएको छ । ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेक थिए । सोही अनुसार पार्टीका सबै सदस्यको हस्ताक्षर समेत प्रधानमन्त्रीलाई दिएका थिए । यो पार्टीको निर्णय विपरित भएको जसपाको भनाई छ । शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट गरि कुल ३२ जना सहभागी भए । बैठकले संसदीय दलको नेताका रूपमा राजेन्द्र महतोलाई गरिएको घोषणा अस्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

  • महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदमको रुपमा लिइएको छ । यो कदमको भने सशक्त प्रतिवाद गर्ने निर्णय पार्टीले गरेको छ ।

    त्यसका लागि कोरोना महामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको प्रचण्डले उल्लेख गरेका छन् । यसअघि शनिबार नै बसेको विपक्षी मोर्चाको बैठकले संसद विघटनबारे साझा धारणा बनाएर सार्वजनिक गरिसकेको छ ।

    कोरोना भाइरसको महामारी नियन्त्रण मूख्य प्राथमिकता हुनुपर्नेमा सरकार यसतर्फ उदासिन रहँदा यसले बहुआयामिक क्षेत्रमा असर पुग्ने समेत माओवादीको निष्कर्ष छ । पार्टीले महामारी नियन्त्रणमा आफ्नो शक्ति परिचालनको निर्णय समेत गरेको छ ।

  • प्रतिनिधिसभा विघटनबारे  सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् ।

    अदालतले फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको उनले स्मरणण गराएका छन् । संविधानको धारा ७६ .५) अनुसार वैकल्पिक सरकार गठन गर्न वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको उनको निष्कर्ष रहेको छ ।

  • एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो

    एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोधिने भएको हो । अन्यको हकमा भने थप सोधपुछपछि मात्र निर्णय लिइने ज्ञवालीले बताए ।

    एमालका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा हस्ताक्षर गरेका थिए । एमालले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउनु पर्ने भएको हो । स्पष्टीकरणका आधारमा थप निर्णय हुने बताइएको छ ।

  • नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही कम देखिएको छ ।

    संक्रमणदर स्थिर रहेपनि निको हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले अस्पतालहरुका समेत मानिसहरुको अत्यधिक भिड केही कम भएको छ । साथै यो अवधिमा चीनसहितका मुलुकबाट आएको स्वास्थ्य सामग्रीका कारण मृत्युदर कम गर्न ठूलो सहयोग पुगेको छ । चीनबाट नेपाल वायुसेवा निगमको जहाजले मात्र २ हजार सिलिण्डर ल्याइसकेको छ । आज थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाल छिरेको छ ।

  • नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस अवधिमा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको थियो ।

    नेपालमा दुई साता लगातार संक्रमण दर स्थिर रहेको छ । यो अवधिमा ८ हजार ८ सय ४८ जनाले भने कोरोना जित्न सफल भएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोनालाई जित्ने संक्रमितको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा कोरोनालाई जित्नेको दर ७५.८ प्रतिशत छ ।

  • अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

    अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

    काठमाडौं । अमेरिकी सरकारको तर्फबाट नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्रीको पहिलो खेप नेपाल आएको छ । आज एक कार्गो जहाजले ती सामान नेपाल ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको कोभिड१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेपका सामान नेपाल आएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका छन् । आज सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्नलगायत सामान नेपाल आएका छन् ।

    अमेरिकाबाट १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण समेत आइसकेका छन् । अब अमेरिकाबाट आइतबार १००० थान अक्सिजन सिलिन्डर आउने छन् । थप दुई जहाजले नेपालमा मेडिकल सामान ल्याउन लागेको जानकारी मन्त्रालयले गराएको छ ।

  • राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

    राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिले चालेको कदमको प्रतिवाद गर्ने निर्ण गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

    आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको हो ।

    नेताहरुका अनुसार लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । यसका लागि विक्षी दलहरुसँग समेत कांग्रेसले सहकार्य गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन नागरिक समाजलाई समेत आह्वान गरिने भएको छ ।

  • गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नु पनि सबैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन(कस्तो सेटिङ) प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए ।’

    उनी थप भन्छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।/

  • प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् ।

    उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन् । शीतल निवासबाट यस व्यवस्थाकै कु गर्ने प्रयास भएको भन्दै नेता नेपालले यो प्रतिगमन भाग २ भएको उल्लेख गरे । यसको डटेर सामना गर्न समेत उनले सबैसँग आह्वान गरेका छन् ।

  • संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन् ।

    उनले भनेका छन् ‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र, सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली, विद्या कुकर्म), यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ’

  • राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै

    राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । एमाले ओली पक्षको गुटबाहेक अन्य राजनीतिक दल महामारीमा निर्वाचन भन्दा जनजिविका सहज बनाउन लाग्नुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्रीको भित्रि इच्छा पुरा गर्दै अन्ततः मुलुकमा निर्वाचन घोषणा भएको हो ।

    यस सम्बन्धमा आफ्नो औपचारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

    बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेपछि कांग्रेस रुष्ट बनेको हो । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूको भनाई छ ।

  • प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा

    प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा


    काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।

  • रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज

    रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज


    काठमाडौं । रास्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदका लागि परेका दुबै प्रस्ताव अयोग्य भएको घोषणा गरेकी छिन् । शुक्रवार मध्यरातमा रास्ट्रपति कार्यालयबाट जारि सूचनामा उक्त जानकारी दिइएको हो । प्रधानमन्त्री केपि शर्मा ओलि र विपक्षी दलका नेता शेर बहादुर देउवा दुबैको प्रस्ताव अमान्य घोषणा भए सङ्गै अब प्रधानमन्त्री ओलिको रणनीति अनुसार चुनावी सरकारको घोषणा गर्न समेत ढोका खुलेको छ ।

  • प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ, मलाई प्रधानमन्त्री पदमा नियुक्त गरियोस ।’

    प्रधानमन्त्री ओलीको झुट त्यतिमा सिमित थिएन, उनकै विरुद्धमा हस्ताक्षर गरि शीतल निवास पुगेका माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई सहितका नेता समेत आफ्नो समर्थनमा रहेको झुटो दावि गरे । यो दाविको राष्ट्रपतिकै अगाडी प्रतिवाद समेत गरेका छन् । डा. बाबुराम भट्टराई ओलीका कडा आलोचक मात्र होइनन्, ओलीको बहिर्गमनमा सबैभन्दा पहिले खुलेर लागेका नेता समेत हुन् ।

    उनलाई समेत आफ्नो समर्थक दावि गरेसँगै प्रधानमन्त्रीको झुट पर्दाफास भएको छ । उनले संविधान अनुसार बहुमत सिद्ध गर्न विवासको मत लिनु पर्ने थियो । उनी त्यसो नगरि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको बताएका थिए । शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको दावि गर्दै थिए ।

    तर, जब शुक्रबार उनी राष्ट्रपति निवास पुगे, त्यहाँ उनले आफुसँग नै बहुमत रहेको भन्दै दावि प्रस्तुत गरे । बहुमतको भरपर्दो आधारै पेश नगरी पार्टीको तर्फबाट पत्रमात्रै दर्ता गरेर ओलीले दाबी गरेको यो पत्रलाई राष्ट्रपतिले वैधानिकता दिन्छिन् वा विपक्षी दलले आधारसहित दिएको दाविलाई, यो अहिले प्रतिक्षाको विषय बनेको छ ।

  • प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् ।

    देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित आफ्नो दावि पेश गरेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीभित्र उपेन्द्र यादव समुहले समर्थन गरेको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओली भने आफुलाई सिंगै एमाले र सिंगै जसपाको समर्थन रहेको दावि गर्दै राष्ट्रपति समक्ष पुगेका छन् ।

    देउवाले १४९ सांसदको समथर्न रहेको दावि गरेका छन् । ओलीले १५३ सांसद रहेको दावि गरेका छन् । यसअनुसार एमाले र समाजवादीका सांसद दोहोरिएका हुन् । संसदमा कायम सदस्य संख्याको बहुमत पुर्याएमा प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने प्रावधान रहेको छ ।

    प्रधानमन्त्री र विपक्षी दलका नेताबाट छुट्टाछुट्टै दावि आएपछि अहिले राष्ट्रपति विद्यादेवि भण्डारी परामर्शमा रहेकी छिन् । उनले लिने फैसलामा आगामी प्रधानमन्त्रीको टुंगो लाग्ने छ ।

  • नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

    नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३ जनाको पिसिआरमा ८४०७ र ८३७ एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित हालसम्म ४ लाख ९७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७८९० रहेको छ । हालसम्म ३ लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।

    २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या ६०२४ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ज्ञ९२ पुगेको छ ।

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।

  • प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र

    प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् । ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर बाहिरिएका स्रोतले जनाएको छ । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

    राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

  • नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्‍त्री ओली

    नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्‍त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल नभएको दाबी गरेका छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका हुन् । उनले

    उनले भने परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेको बताए ।

    अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा पुनस्स्थापन भयो । अविश्वासको प्रस्ताव ल्याउन बाटो खोलेँ । तर अविश्वासको प्रस्ताव अढाई महिनासम्‍म पनि आएन ।

    नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन । अथवा प्रतिनिधिसभालाई सफल बनाउन दिइएन उनले भने । सरकारसँग विश्वासको मत लिने समय पनि नभएको बताए ।

    ‘फेरी जाने ७६ (५) मै हो । हामीले जेठ १५ मा बजेट प्रस्तुत र त्यो भन्दाअघि नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ ।

    बजेट कसरी तर्जुमा गर्ने ? नयाँ सरकारले कसरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने ? हामीले विश्वासको मत लिने कर्मकाण्ड गर्ने समयको सुविधा हामीलाई छैन’, ओलीले भने, ‘७६(५) मै जानुपर्ने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित मात्रै होइन, अनिवार्य हो । त्यसैल] वैकल्पिक सरकार निर्माणका लागि आह्वान गरिएको हो । छलेर सरकार बनाउन खोजेको होइन ।’

    यो विषयमा बाहिर अनावश्यक हल्ला फैलाइएकोसमेत प्रधानमन्त्रीले प्रष्ट पारे ।