काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई जना मन्त्रीको आज जागिर जाँदैछ । उनीहरुलाई हटाएर मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । थपिने दुई मन्त्री माधव नेपाल समूहका बन्ने भएका हुन् । किनकी यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेपछि मूख्यमन्त्री शाहीको पद जोगिएको हो… Continue reading कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने
Category: फिचर
नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् । निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर… Continue reading नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार
सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ । शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ… Continue reading सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
नेपालमा कोरोनाबाट थप १७ को मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार उक्त संख्यामा मानिसको मृत्यु कोरोनाका कारण भएको हो । योसहित अब देशभर अहिलेसम्म ज्यान गुमाउने नेपालीको संख्या ९३७ पुगेको छ। देशभर उपचारका क्रममा रहेका ३६५ जनाको अहिले आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य सक्रिय संक्रमितको… Continue reading नेपालमा कोरोनाबाट थप १७ को मृत्यु
नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट तथ्यांक अनुसार देशभर ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो । यो अवधिमा २२ सय ६४ जना संक्रमितले भने कोरोना जित्न सफल भएका छन् ।… Continue reading नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते
अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकै दिन देखिएको संक्रमण… Continue reading अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते
इस्तानबुल । टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पबाट कम्तिमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका कारण मृतक संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पले घरहरु भत्कदा मानवीय क्षति भएको हो । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले… Continue reading टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते
पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि… Continue reading पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन
न्यूयोर्क अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता… Continue reading आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन
टर्की र ग्रीसमा शक्तिशाली भुकम्प
काठमाडौं । टर्की र ग्रीसमा शक्तिशाली भुकम्प गएको छ । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी भूगर्भ निकायका अनुसार यहाँ नेपाली समय अनुसार शुक्रबार साँझ ७.० म्याग्निट्युडको भूकम्पको धक्का महसुश गरिएको हो । यसको धक्का एथेन्स र इस्तानबुलसम्म भएको बीबीसीले लेखेको छ ।… Continue reading टर्की र ग्रीसमा शक्तिशाली भुकम्प
जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..
नवलपरासी । एक भाग्यमानी बुबाले आफ्नै छोराको चौरासी पुजा देख्न पाएका छन् । नेपालको राष्ट्रिय समाचार समिति (रासस)का अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्ने दुर्लभ अवसर पाएका छन् । वर्तमान समयमा मानिसहरुको औसतः आयु बढेको छ । तर, अनेक कारणले मानिसले अकालमै ज्यान गुमाउनु पर्छ । तर, एक बुवाले भने… Continue reading जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..
अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त… Continue reading अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ९८९ जनाको पीसीआर परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। त्यस्तै, पछिल्लो २४… Continue reading नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज
थप १६ जना कोरोना संक्रमितको मुत्यु,मृतकको संख्या ९२० पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।
पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम
पेरिस । फ्रान्स सरकारले आजबाट लागु हुने गरी १ महिले लामो लकडाउन घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा फ्रान्सको राजधानी पेरिस छाड्ने मानिसको अत्यधिक संख्या सडकमा निस्किएपछि ७ सय किलोमिटर भन्दा बढी लामो ट्राफिक जाम भएको छ । बीबीसीका अनुसार ग्रामिण भेगबाट राजधानी शहर पेरिसमा आएर बसेका धेरै मानिस गाउँ फmर्कन गाडी लिएर सडकमा आएका… Continue reading पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम
कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या
जम्मु-कश्मिर । भारतको कश्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन जना कार्यकर्ताको गोली हानेर हत्या भएको छ । यो प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दलका कार्यकर्ताको हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेको बताइएको… Continue reading कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका… Continue reading राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय
काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ली माथि आफ्ना… Continue reading दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय
संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ… Continue reading संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ । इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । अमेरिकी… Continue reading यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ७६९ जनाको पीसीआर परीक्षणमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ६४ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३०३८… Continue reading नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा… Continue reading बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ ।… Continue reading काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने
पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ । अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ ।… Continue reading फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने
आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो । खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको… Continue reading आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार… Continue reading वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै नकपाको बैठक स्थगित गरिएको हो । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने गरी मिति निर्धारण गरिएको थियो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालका अनुसार बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना… Continue reading कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । देशभरका प्रयोगशालाबाट कुल ८२४८ नमुना परीक्षण गरिएको थियो । यसमध्ये ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यसमध्ये… Continue reading नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख