काठमाडौं । भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक चुनाव जितेको छ । केजरीवालको पार्टी आम आदमीले भारी बहुमतका साथ चुनाव जितेको हो । मंगलबार साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ । कूल ७० सीटका लागि भएको निर्वाचनमा आम आदमीले भारी बहुमत ल्याएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई समेत दिएका छन्। शनिबार… Continue reading दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत
Category: फिचर
बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै
काठमाडौं । पछिल्लो समय नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ । मंगलबार मात्र बंगलादेशी सेनापति अजिज अहमद नेपालको ५ दिने भ्रमण पुरा गरी स्वदेश फर्किएलगत्तै नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बंगलादेशको भ्रमण गर्ने भएका छन् । यसअघि तीन महिनाअघि बंगलादेशका राष्ट्रपतिले नेपालका ५ दिने भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फागुन ५मा… Continue reading बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै
प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी
काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । अत्यन्तै कम प्रोफाइलमा बसेर इमानदारीसाथ काम गरेका ज्ञवालीलाई मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले आइजीपी बनाएको हो । सर्वेन्द्र खनालको कार्यकाल सकिएसँगै उनी नेपाल प्रहरीको शक्तिशाली प्रमुख पदमा आइपुगेका हुन् । ज्ञवाली निर्विवाद रुपमा आईजीपी बनेका छन् । ज्ञवालीले आगामी ५ महिना… Continue reading प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी
भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक
काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् । यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ । अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ । अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा… Continue reading भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक
नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि प्रवद्र्धनात्मक भाडादर सार्वजनिक गरेको छ । जापानमा रहेका नेपाली र पर्यटकले नेपाल आउँदा होस वा नेपालबाट जापानमा जाँदा अब राष्ट्रिय ध्वजाबाहकमा मात्र ३७ हजार भाडा तिरेर नारितासम्म उड्न सकिने भएको छ । नेपाल एयरलाइन्सले २ मार्च (१९ फागुन)बाट जापानमा उडान थाल्दैछ । उडानको तयारी पुरा भएको र टिकट… Continue reading नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा
गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने
काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ । अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो । खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै… Continue reading गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने
पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो । उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् । कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको… Continue reading पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या
हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त
हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो । उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै… Continue reading हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त
पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने
काठमाडौं । नेपालमा मानिसबाट कोरोनाको संक्रमण नभित्रियोस भन्ने उद्देश्यले त्रिभुवन विमानस्थलसहित सीमा नाकामा कडा निगरानी अपनाइएको छ । उच्च ज्वरो आएका मानिसलाई नाका प्रवेश मै रोकिएको छ । तर, पशुबाट पनि यसको संक्रमण छिर्न नदिने अब पूर्वनिगरानी गरिने भएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न पशु सेवा विभागले पूर्व निगरानी तथा अध्ययन कार्यदल गठन… Continue reading पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने
क्यानडाका सभामुख आज नेपाल आउँदै
काठमाडौं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं उत्रदैछन् । उनी नेतृत्वको संसदीय प्रतिनिधमण्डल सोमबार नेपाल भ्रमणमा आउन लागेको संसद सचिवालयले जानकारी दिएको छ । उनी बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । फ्युरीले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने… Continue reading क्यानडाका सभामुख आज नेपाल आउँदै
काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने
काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ । ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए । आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत… Continue reading काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने
कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एक अमेरिकी नागरिकको ज्यान गएको छ । चीनको हुबेई प्रान्तस्थित कोरोना प्रभावित शहर वुहानमा अमेरिकी नागरिकको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । आइतबार बेइजिङस्थित अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको पुष्टी गरेको हो । ६० वर्षिय अमेरिकी नागरिकको मृत्यु भएको दूतावासले पुष्टी गरेको हो । कोरोनाको… Continue reading कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु
चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगले चीनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ । चीनबाट स्वदेश फर्किन चाहेका नेपालीलाई अतिलम्ब उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले निर्देशन दिने निर्णय गरेको छ । आयोगको बैठक आइतबार बसेको थियो । चीनको… Continue reading चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह
प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे । काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं,… Continue reading प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन
कोरोनाले लियो ८ सय १३ को ज्यान
काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मर्ने बिरामीको संख्या ८ सय नाघेको छ । तथ्यांक अनुसार महामारीको रुपमा फैलिएको यस भाइरसले ८ सय १३ को ज्यान लिएको छ । चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैजसो वुहान शहरका छन् । चीनको वुहान वाहेक हङकङ र फिलिपिन्समा समेत मानिसको ज्यान गएको… Continue reading कोरोनाले लियो ८ सय १३ को ज्यान
थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार
थाइल्याण्ड । थाइल्याण्डमा एक सैन्य अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मारिएका छन् । थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले पहिले आफ्ना कमाण्डरलाई मारेर हतियारसहित बाहिर आएका थिए । त्यसपछि उनी मलमा पुगेर सर्वसाधारणको ज्यान लिएका हुन् । यस घटनामा दर्जनभन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीले जनाएका छन् । थाई… Continue reading थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार
अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन
काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन
आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् । संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् । ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।… Continue reading आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट
सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ । मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक… Continue reading सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते
तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप
काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् । आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो । तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ । आश्रममा बिहानै प्रहरी पुगेको थियो ।… Continue reading तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप
श्री एयरलाइन्सले थाल्यो पोखरा उडान
पोखरा । श्री एयरलाइन्सले पोखरामा उडान बिस्तार गरेको छ । शुक्रबार यस कम्पनीले दुई उडान गर्दै पोखरा उडान प्रारम्भ गरेको हो । यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेको पोखरामा पाँचौं प्रर्तिपर्धीका रुपमा श्री एयर प्रवेश गरेको हो । यसबाट पोखरामा अब मूल्य निकै प्रतिस्पर्धी हुने भएको छ । किनकी श्रीले पोखरामा प्रारम्भिक… Continue reading श्री एयरलाइन्सले थाल्यो पोखरा उडान
विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो
विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो । उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ… Continue reading विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो
भारत र इजरायलका सेनापति नेपाल आउने
काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । उपयुक्त समय… Continue reading भारत र इजरायलका सेनापति नेपाल आउने
विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ । नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी… Continue reading विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय
ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण
काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो । तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण… Continue reading ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण
‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय
काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण थर्ड जलविद्युत आयोजनामा लगानी व्यवस्थापन भएको छ । करीव १ खर्ब लगानी जुटेको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ (वित्तीय ब्यवस्थापन) सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । आयोजनामा ३० प्रतिशत भन्दा बढी निर्माणको काम भइसकेको छ । बिहीबार नेपाल र भारतका ७ वटा… Continue reading ‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय
ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’
काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ । पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन… Continue reading ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’
कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ । थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् । उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा… Continue reading कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा
बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् । नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । जग्गा लिएका सबै माथि… Continue reading बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना
मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?
प्रभात भट्टराई / अमेरिका तीन महिना अघि अमेरिकी संसदको तल्लो सदन (हाउस)मा सुरु भएको महाभियोग ‘ड्रामा’ बुधबार अन्त्य भएको छ । हाउसबाट बहुमतले पारित भएको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव उपर बुधबार माथिल्लो सदन सिनेटमा मतदान भएको हो । रिपब्लिकनहरु ट्रम्पलाई जोगाउन प्रतिबद्ध देखिएका कारण महाभियोग प्रस्ताव पारित नहुने निश्चित प्राय भइ सकेको थियो… Continue reading मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?