उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न… Continue reading उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको… Continue reading नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

आज १ सय ७ औं विपी जन्मजयन्ती

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ । कांग्रेस केन्द्रीय… Continue reading आज १ सय ७ औं विपी जन्मजयन्ती

अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

लण्डन । अक्सफोर्ड विश्व विद्यालयले कोरोना भाइरस विरुद्धको खोप परीक्षणको काम स्थगित गरेको छ । पहिलो र दोस्रो चरणमा उत्साहजनक नतिजा आएको परीक्षण तेश्रो चरणमा पुगेपछि रोकिएको छ । बीबीसीका अनुसार परीक्षणका दौरान एक जना व्यक्ति विरामी भएपछि तत्कालका लागि परीक्षण रोक्ने निष्कर्षमा विश्वविद्यालय पुगेको छ । अक्सफोर्डले एस्ट्राजेनेसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ… Continue reading अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि… Continue reading निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने

काठमाडौं । बढ्दो दवावका बीच काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा खुकुलो बनाउने तयारी शुरु भएकोछ । नगरपालिका फोरमले नाका कडाई गरी उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउन सिफारिस गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका छिर्ने नाकामा भने सेना… Continue reading काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने

कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, २३ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताका अनुसार मंगलबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ नतिजा आएको हो । उनमा कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम–आईसोलेशनमा बसिरहेका छन् ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् । त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८… Continue reading नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

काठमाडौं । १०६ किलोमिटर रेलमार्गका लागि ५४ वटा प्याकेजमा ठेक्का आह्वान भएपछि मिलेमतोको आंशका बढेको थियो । त्यसपछि यो आयोजनाको तिब्र आलोचना शुरु भयो । सोहीकारण सरकारले पूर्व-पश्चिम रेलमार्गको काकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का नै स्थगित गरिदिएको छ । रेल विभागले मंगलबार सूचना प्रकाशित गरी विवादित बनेको ठेक्का स्थगित भएको स्पष्ट पारेको छ । यहाँ… Continue reading विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण घर बगेपछि हराइरहेका २१ जनाको अझै कुनै सुचना प्राप्त हुन सकेन । अघिल्लो बुधबार राती आएको बाढीले घर बगाएपछि ३८ जना हराएका थिए । त्यसमध्ये १७ जनाको भने शव फेला परिसकेको छ । स्थानीय प्रशासनका अनुसार हराइरहेका २१ जनाको खोजी कार्य भने अहिले पनि जारी रहेको… Continue reading बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले अब जग्गा कित्ताकाट गर्न पाउने गरी फुकुवा गरेको छ । यस्तो व्यवस्था तीन वर्षदेखि बन्द थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गत १८ भदौमा कित्ताकाट फुकुवा गरेकी हुन् । यसअघि २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभर कृषियोग्य भूमि खण्डीकरण भएको भन्दै जग्गा कित्ताकाट रोकेका… Continue reading जग्गाको कित्ताकाट फुकुवा

थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ । सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ… Continue reading थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

मंगलबारबाट तीन दिन बैंकका सबै शाखा खुल्ने

काठमाडौं । मंगलबारबाट बैंकका सबै शाखा खुल्ने भएका छन् । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर खुल्ने भएका हुन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैंकहरुलाई राजश्व संकलनको प्रयोजनका लागि ३ दिन सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन आएको छ । २५ भदौसम्म साउनमा… Continue reading मंगलबारबाट तीन दिन बैंकका सबै शाखा खुल्ने

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३७,९०, ८३ वर्षीय महिला रहेका छन् । त्यस्तै मोरडका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय पुरुष,… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षणमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार२ सय ३६… Continue reading नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ । अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक… Continue reading कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

गण्डकीमा आज थपिए ६७ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा एकै पटक ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रण पुष्टी भएको हो । पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार हुन् ।उता, पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ… Continue reading गण्डकीमा आज थपिए ६७ संक्रमित

सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो । युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य… Continue reading सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगी व्यवसायीले सरकारबाट कर असुलीमा मात्र ध्यान दिइएको गुनासो गरेका छन् । अर्थ मन्त्रालय समेतको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीले आइतबार उद्योगी व्यवसायीलाई वालुवाटार बोलाएका थिए । उक्त छलफलमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी थिए । यसको मतलव अर्थ मन्त्रालय अप्रत्यक्ष रुपमा खतिवडाबाटै संचालन हुने संकेत देखिएको छ । अर्थ… Continue reading प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो

अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा… Continue reading अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द

काठमाडौं । वर्तमान मन्त्रिपरिषद्मा जनताले अलिबढी आशालाग्दो नेताका रुपमा हेरेका मन्त्री हुन कृषिमन्त्री घनश्याम भुसाल । तर, कार्यभार सम्हालेको पहिलो सिजनकै कृषि उपजका लागि बेलैमा मल उपलब्ध गराउन नसकेपछि नेतृत्वका रुपमा उनी असफल भएका छन् । अर्थातः कृषि मलको परीक्षणमा उनी फेल हुन पुगे । किनकी नेपालमा हरेक सिजन कृषि मलको यस्तै हाहाकार हुने गर्छ… Continue reading कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द

वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड… Continue reading वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्। मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ। काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको… Continue reading काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ४२ जनाको पीसीआर परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। भारत अहिले… Continue reading भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् । तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा… Continue reading रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

गुगल फाईल फोटो

काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् । ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा… Continue reading युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ । यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा… Continue reading बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना