काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ। चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्। एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित… Continue reading गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने
Category: अर्थतन्त्र
काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने
काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित… Continue reading काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३०… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने
तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट… Continue reading तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम शुरु गरेको एक… Continue reading गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमा नेप्से ५१ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ९७ करोड रुपैयाँ बढीको ३५ लाख… Continue reading नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । सङ्घका अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा
काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस
काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम –पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले निःशुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी… Continue reading काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस
भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने… Continue reading भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय… Continue reading माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता
तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने
काठमाडौं । तिहारमा चिनीको अभाव हुन नदिन विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा… Continue reading तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने
वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधिरनियमावलीरनिर्देशिका बनाउँदा… Continue reading वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक
काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।… Continue reading एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक
नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत… Continue reading नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता
डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं । बुधबारदेखि लागू हुनेगर नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र… Continue reading डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से सोमबार ३ अंकले बढेकोमा आज फेरि दोहोरो अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर ५७ करोडमा सीमित भएको छ । यो पछिल्लो सात महिना यताकै… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम
नेपालका ६० प्रतिशत घर एक तले
काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ… Continue reading नेपालका ६० प्रतिशत घर एक तले
भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने
नयाँ दिल्ली । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले बताएका छन् । घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर… Continue reading भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने
नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ । विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली… Continue reading नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
१० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । १० दिनपछि खुलेको सेयर बजार आज एकैदिन २८ अंकले घटेको हो । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २७३ कम्पनीको ७४ करोड रूपैयाँ बराबरकाे २७ लाख १२ हजार १२३ कित्ता सेयर… Continue reading १० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट
बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो
काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही… Continue reading बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो
दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो
काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बर्खा सकिएको र… Continue reading दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो
सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ… Continue reading सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?
५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात
काठमाडौं । नेपालले एक महिना ९असोज०मा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत… Continue reading ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात
नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो
काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३… Continue reading नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो
उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो
काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो । सुचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ९३ करोडमा सीमित भएको छ । आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच… Continue reading उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो
विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै धेरै, साढे १२ महिनालाई आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । यसअघि गत असारमा सबैभन्दा धेरै गत… Continue reading विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै धेरै, साढे १२ महिनालाई आयात धान्ने
मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८.१९ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । सरकारले राखेको लक्ष्यभन्दा महंगी माथि पुगेको पाइएको छ। तर सरकारले महंगी ६.५ प्रतिशत कायम राख्ने दाबी गरेको… Continue reading मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर
शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।… Continue reading शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा
दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको दोस्रो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।… Continue reading दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स