काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५४ जना पुगेको छ । गत मार्च २८ मा गएको भूकम्पमा सो संख्यामा मानिसहरुको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय… Continue reading म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४
Category: अर्थतन्त्र
लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक… Continue reading लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि
अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?
काठमाडौं । अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध विशाल प्रदर्शनहरु सुरु भएका छन् । यस्तो प्रदर्शन देशैभर भइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति पद सम्हालेयता ट्रम्पले यति ठूलो विरोध प्रदर्शनको सामना गरेका हुन् । प्रदर्शन ५० राज्यका १२ सय भन्दा बढी स्थानमा भइरहेको छ । प्रदर्शनकारीले सामाजिक तथा आर्थिक मुद्दामा ट्रम्पले लिएको नीतिको आलोचना गरिरहेका छन् ।… Continue reading अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?
थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे । नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका… Continue reading थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो
विश्व बैंकको अनुमान : आर्थिक वृद्धिदर ४.५ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९… Continue reading विश्व बैंकको अनुमान : आर्थिक वृद्धिदर ४.५ प्रतिशत
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर रूपमा काम गर्नेछन् । बिहीबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो। तर यो मुद्दाले अग्राधिकार पाउने छ । साथै प्राधिकरणका कार्यकारी… Continue reading कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर
सुनको भाउ १ लाख ८० हजार माथि
काठमाडौं । अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको छ । बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो… Continue reading सुनको भाउ १ लाख ८० हजार माथि
ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ । अमेरिकाले नेपालमाथि १०) प्रतिशत मात्र महसुल लगाउने भएको छ । यस क्रममा उनले गरेको सम्बोधनका मूख्य ६ बुँदा अटो… Continue reading ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा
ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र
२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ । जुन धेरै विकसित मुलुकको तुलनामा कम हो । विज्ञहरुले नेपालले यस नीतिबाट लाभ लिन सक्ने बताएका छन् । ह्वाइट हाउसले १ सय देशको सूची सार्वजनिक गरेको… Continue reading ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र
१५ चैतको आन्दोलनमा ज्यान गुमाएका दुई जनाको परिवारले १०\१० लाख क्षतिपूर्ति पाउने
काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस–दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो। उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र… Continue reading १५ चैतको आन्दोलनमा ज्यान गुमाएका दुई जनाको परिवारले १०\१० लाख क्षतिपूर्ति पाउने
प्रधानमन्त्रीको औपचारिक भ्रमणमा थाइल्याण्डसँग के के भए सम्झौता ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका हुन् । सरकारी स्तरबाट दुई एवम् गैरसरकारी तथा निजी स्तरबाट ६ वटा सम्झौता–समझदारीमा हस्ताक्षर भएको हो… Continue reading प्रधानमन्त्रीको औपचारिक भ्रमणमा थाइल्याण्डसँग के के भए सम्झौता ?
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेतोङत्रान सिनावात्राको उपस्थितिमा बुधबार बैंककमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र थाई महासंघ अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे । लगानी तथा व्यापार… Continue reading नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी
महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर… Continue reading महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
मलेसियामा ग्यास पाइपलाइनमा आगलागी, कम्तिमा १ सय मानिस घाइते
काठमाडौं । मलेसियाको सरकारी ऊर्जा फर्म पेट्रोनासद्वारा सञ्चालित ग्यास पाइपलाइनमा मंगलबार आगलागी हुँदा कम्तीमा एक सय जना मानिस घाइते भएका छन् । घाइतेमध्ये ६० जनालाई अस्पताल भर्ना गरिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । तीमध्ये अधिकांश जलेका, सास फेर्न समस्या भएका तथा चोटपटक लागेको जनाइएको छ । विस्फोटका कारण कम्तीमा ४९ घरमा क्षति पुगेको अग्नि… Continue reading मलेसियामा ग्यास पाइपलाइनमा आगलागी, कम्तिमा १ सय मानिस घाइते
नयाँ बजेट लोकप्रिय नबनाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजन आवश्यक भएको बताए । उनले श्रम, सिप, रोजगारी र उत्पादनलाई प्राथमिकता… Continue reading नयाँ बजेट लोकप्रिय नबनाउन अर्थमन्त्रीको आग्रह
आयात केन्द्रित नेपालको व्यापार : ८८ प्रतिशत आयात-१२ प्रतिशत निर्यात
सञ्जय पौडेलकाठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापार आयातमा केन्द्रित छ । समग्र अन्तर्राष्ट्रिय व्यापारमा ८८ प्रतिशत आयात र १२ प्रतिशत मात्रै निर्यात हुन्छ । तर, निर्यात पनि आयातमा केन्द्रित सामानको हिस्सा निकै ठूलो छ । चालु आर्थिक वर्षमा निर्यात भएको १ खर्ब २७ अर्बको सामानमा ५० प्रतिशतभन्दा बढी निर्यात आयातमा केन्द्रित हो । अहिलेको निर्यातमा सबैभन्दा… Continue reading आयात केन्द्रित नेपालको व्यापार : ८८ प्रतिशत आयात-१२ प्रतिशत निर्यात
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो । आयल निगमनका अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँले घटेको छ । यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्चोमा आगजनीको असर, पुनः उत्पादनको मिति अन्यौल
काठमाडौं । काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो । कम्पनीका महाप्रबन्धक सङ्गीता यादवका अनुसार कार्यालयको भवन, चार गाडी, १४ मोटरसाइकलमा क्षति पुगेको छ । साथै ठुलो परिणाममा औषधीसमेत नष्ट भएको छ । कम्पनीको मुख्य… Continue reading सन्चोमा आगजनीको असर, पुनः उत्पादनको मिति अन्यौल
पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो ९शुक्रबार० तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित… Continue reading पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना
गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने
काठमाडौं । गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा फाउन्डेसनले शनिबार सम्मेलन आयोजना गर्न लागेको हो । ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता, उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल… Continue reading गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने
नयाँ बजेटबारे अर्थले १६ मन्त्रालयसँग गर्यो छलफल
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सकेको जनाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल गरिएको छ। मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश… Continue reading नयाँ बजेटबारे अर्थले १६ मन्त्रालयसँग गर्यो छलफल
आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने
काठमाडौं । ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ -इयु_ को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ । भू-परिवेष्टित सीमावर्ती ककेसस राष्ट्र आर्मेनियाले हालको केही वर्षदेखि पश्चिमी देशहरूसँग निकटता बढाएको छ । मस्कोले आफ्नो कट्टर(शत्रु अजरबैजानबाट बचाउन असफल भएको भन्दै आर्मेनियाले निराशा व्यक्त गरेको छ ।… Continue reading आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने
दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ। कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय… Continue reading दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि
कुलमान हटाउने निर्णयको विरोधमा माओवादी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णइ आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको ठहर छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन् । माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ ।… Continue reading कुलमान हटाउने निर्णयको विरोधमा माओवादी
कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ । शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो… Continue reading कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति
काठमाडौं । सरकारले नेपाल विद्युत प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसत्तै सत्तारुढ दलभित्रबाटै कडा आलोचना सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारको सो निर्णयको कडा शब्दमा विरोध गरेका छन् । कुलमानलाई हटाउनेबारे कांग्रृेस पदाधिकारी तहमा कुनै निर्णय नभएको विश्व… Continue reading कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति
कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त… Continue reading कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
पदबाट हटाइए कुलमान
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट… Continue reading पदबाट हटाइए कुलमान
सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको… Continue reading सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक
काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको… Continue reading नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक