काठमाडौं । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने… Continue reading टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण
Category: अर्थतन्त्र
काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो । “नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज… Continue reading काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर
काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको हो ।
५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै… Continue reading ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
२०८१/८२ भित्रै ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ।आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि सरकारले कन्ट्री रेटिङ गर्ने भनिए पनि हुन सकेको छैन। करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि… Continue reading २०८१/८२ भित्रै ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा
सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने
काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेकाे सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख… Continue reading सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने
काठमाडौं । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै ५८ अर्ब रुपैयाँको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे ६३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।… Continue reading भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने
१० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब… Continue reading १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई
दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । ताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको हो । यसदिन ३२० कम्पनीको ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि… Continue reading जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर
नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै
काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २०… Continue reading नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै
विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ
काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।… Continue reading विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब रुपैयाँ
विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा चैतमा विदेशी मुद्रा संचिति २४.२ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने
शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब… Continue reading शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालु खातामा १ खर्ब ७९ अर्ब
मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा… Continue reading मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले… Continue reading ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स
नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले अनुमति पत्र प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको… Continue reading नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका… Continue reading नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब
काठमाडौं । नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ। जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए। नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो। सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो। तर सो रकम कम्पनीले… Continue reading नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब
अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएको भन्दै हिम्मत गर्न सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि-बजेट राउण्ड टेबल’ कार्यक्रमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख, अर्थविज्ञ, प्राध्यापक तथा सरोकारवालाले यस्तो सुझाव दिएका हुन्… Continue reading अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव- ‘हिम्मत निकाल्नूस-सच्चिने समय यही हो’
भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने
काठमाडौं । भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का पाएको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर… Continue reading भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण हुने
झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६. २३ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १०… Continue reading झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार
चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।… Continue reading चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
१६ देशका कर विज्ञको भेला नेपालमा
काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा आयोजना भएको छ । काठमाडौंमा बुधबार सुरु बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी ९सीईपी० र जर्मन इन्स्टिच्युट… Continue reading १६ देशका कर विज्ञको भेला नेपालमा
झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.८१ विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको… Continue reading झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे। ‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा… Continue reading सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु
काठमाडौं । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएको छ । बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम छ । १३ दशमलव तीन किलोमिटरमध्ये… Continue reading सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु
मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको… Continue reading मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना