हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने

काठमाडौं । आगामी वैशाख दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ १२–१४ वैशाखसम्म एक्स्पो आयोजना हुन लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले… Continue reading हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने

काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न

काठमाडौं । मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २२०–१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो सबस्टेसनको निर्माण सम्पन्न भएको जनाएको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको… Continue reading काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न

झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ बराबरको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ ।… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ कर्जा दिने भएको छ । अबदेखि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्ट अप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा… Continue reading ‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवम् निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कमर्स र निर्यात परिषदबिच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवम् सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो । दुई संस्थाबिच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने… Continue reading निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

Photo : NBA

काठमाडौं । एक महिनामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।… Continue reading एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

दुई जहाज भाडामा लिँदै नेवानि

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । निगमको कार्ययोजना अनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दुरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने… Continue reading दुई जहाज भाडामा लिँदै नेवानि

उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत, मंसिरभन्दा पुसमा बढ्यो महँगी

काठमाडौं । चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । पुसमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । असोजमा ७.५ प्रतिशत रहेको… Continue reading उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत, मंसिरभन्दा पुसमा बढ्यो महँगी

झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

काठमाडौं । अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुससम्म)को तथ्यांक अनुसार डलर संचिति १३ अर्ब ६९ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो । यसअघि २०२३ को डिसेम्बरमा १३ अर्ब ३० डलर संचिति… Continue reading डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

BBC

काठमाडौं । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ । राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि… Continue reading जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ ।सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको… Continue reading बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको… Continue reading धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २४५ रुपैयाँ बराबरको ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ… Continue reading इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

File

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए । आइतबार रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक… Continue reading द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

रास्वपाको दवाव अभियान आजबाट सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय… Continue reading रास्वपाको दवाव अभियान आजबाट सुरु

ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री… Continue reading ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम्… Continue reading पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार

काठमाडौं । शेयर बजारले दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको हो । यसदिन ३०९ कम्पनीको ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको करोबार

भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ । निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी… Continue reading भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी… Continue reading झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन… Continue reading नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले सेनाको जिम्मा लगाउने तयारी गरेको छ । सो क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुधबार छलफल गरेका छन् । यसमा २ अर्ब रुपैयाँ लगानी गर्ने तयारी समेत सरकारको छ । सेनालाई उद्योग चलाउन दिने तयारी स्वरुप सरकारले अध्ययन गराएको छ । नेपाली सेनाले गरेको अध्ययनले उद्योग पुनःसञ्चालनका… Continue reading हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् । उनले विगतमा… Continue reading नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे । ‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न… Continue reading कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । समितिले यो प्रकरणमा थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो… Continue reading एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिँदै गएको छ । गत सेम्टेम्बरदेखि लगातार ओरालो लागको कच्चा तेलको मूल्य नयाँ अंग्रेजी वर्षको सुरूदेखि नै बढ्न थालेको हो । आयल प्राइस डटकमका अनुसार सन् २०२४ जनवरीमा कच्चा तेलको भाउ औसतमा १२ प्रतिशतले बढेको छ । डिसेम्बर अन्तिममा प्रतिब्यारेल ७२ डलरसम्म झरेको कच्चा तेलको भाउ अहिले बढेर… Continue reading आकाशिँदै कच्चा तेलको भाउ, १ महिना यताकै महँगो

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजारले दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको हो । यसदिन ३११ कम्पनीको ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading दोहोरो अंकले बढ्यो नेप्से