काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै… Continue reading ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि
Category: अर्थतन्त्र
विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स
काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०–८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९–८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र बैंकको यो… Continue reading विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स
१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा
काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ ।नेपाल सरकारको… Continue reading १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट
काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट
सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन
काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल… Continue reading सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो
मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो १०० दिनभित्र मन्त्रालयहरूले गर्ने मुख्यमुख्य कामबारे छलफल गरेका छन् । सरकारले गत आर्थिक वर्ष २०८०–८१ को प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाबारे छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका… Continue reading मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले व्यवसायीलाई यस्तो दियो निर्देशन
काठमाडौं । सरकारले यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका व्यवसायीका संघ–महासंघलाई पत्राचार गर्दै निर्देशन दिएको हो । २८ असारमा नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९, सिमलतालमा गएको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता पारेको घटनाबारेको अध्ययन प्रतिवेदनका विषयहरू कार्यान्वयन… Continue reading सार्वजनिक यातायात सुरक्षित बनाउन सरकारले व्यवसायीलाई यस्तो दियो निर्देशन
विश्व बैंकले बजेटरी सहायता बढाउने
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए । विश्व बैंकबाट… Continue reading विश्व बैंकले बजेटरी सहायता बढाउने
यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै… Continue reading यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र
वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय
काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट… Continue reading वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार गर्ने निर्णय
कति बन्यो देशभर प्रसारण लाइन ?
काठमाडौं । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी… Continue reading कति बन्यो देशभर प्रसारण लाइन ?
पर्यटकलाई भारततर्फका सबै नाका खुला
काठमाडौं । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट… Continue reading पर्यटकलाई भारततर्फका सबै नाका खुला
नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । मंगलबार दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर… Continue reading नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?
काठमाडौं । सुनको भाउले निरन्तर नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । सोहीक्रममा मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय नाघेको छ । डेढ सयको आंकडा नाघेको यो पहिलो पटक हो । सोमबारको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा समेत मूल्य बढेको हो । रुस युक्रेन… Continue reading नेपालमा सुनको भाउ डेढ लाख माथि, के हो कारण ?
सेयर बजारमा नयाँ रेकर्ड
सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम… Continue reading सेयर बजारमा नयाँ रेकर्ड
कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको छ।आर्थिक वर्ष २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आर्थिक वर्ष २०८०–८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ। विद्युत चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ… Continue reading कुलमानले प्राधिकरण सम्हालेको ८ वर्षमा आधा घट्यो विद्युत चुहावट
स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य क्षेत्रमा सुधारका योजना प्रस्तुत गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताए । अहिले स्वास्थ्य बीमा मार्फत बीमितले १… Continue reading स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन् । छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएकाे हाे। त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि… Continue reading हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनाले के दिए सुझाव ?
अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा… Continue reading अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता
इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन
काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको… Continue reading इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन
नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको अवसर पारी आफ्ना उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । कार्यकारी निर्देशक घिसिङका घिसिङका अनुसार ८ वर्ष अगाडी ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७… Continue reading नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब
निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उनले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक… Continue reading निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?
काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन… Continue reading हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?
प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिए । उनले राम्रो प्रतिफल दिने,… Continue reading प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विहीबार विहान एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका छन् । सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी… Continue reading हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री
पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले एक साताका लागि पूर्वनिर्धारत सबै कार्यक्रम स्थगित गरेका छन् । बुधबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्काल उद्धार गर्न नसकेको मात्र होइन, दुई साताको बीचमा दुई ठूला हवाई दुर्घटना भएसँगै सरकार र प्राधिकरणको आलोचना… Continue reading पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट
काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का… Continue reading टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट
हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा… Continue reading हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद
काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि… Continue reading नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद