तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु… Continue reading तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

काठमाडौंमा जारको पानीको अनुगमन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको मेयर बालेन शाहले… Continue reading काठमाडौंमा जारको पानीको अनुगमन सुरु

कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९–८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।… Continue reading कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको… Continue reading नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३८.३७ अंकले घटेर २०५०.४७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६५ कम्पनीको २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूह… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । बिहीबार साउदीको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै आगामी सेम्टेम्बरसम्म दैनिक १० लाख ब्यारेल तेल घटाउने घोषणा गरेको हो । साउदीले विगत ३ महिनादेखि तेल उत्पादन… Continue reading साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौं ।आर्थिक वर्ष २०८०/८१ को आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले विभिन्न चरणमा ऋण उठाउने भएको हो । जसअनुसार पहिलो त्रैमासमा ५५ अर्ब र दोस्रो त्रैमासमा ५५ अर्ब रुपैयाँ गरी ६ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।… Continue reading सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने

सरकार र सहकारी पिडितबीच सहमति

काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसनरधर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो। छलफलबाट सहकारी संस्थाका बचतकर्ताको… Continue reading सरकार र सहकारी पिडितबीच सहमति

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) आज ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९ कम्पनीको १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यासको मूल्य भने घटेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो… Continue reading ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक… Continue reading विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार मापक सूचक (नेप्से) आज २८. ५९अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६२ कम्पनीको १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १ वटा उपसमूहको परिसूचक घटेको छ… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा सुधार

भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले… Continue reading भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र… Continue reading लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । साउन महिना आधाहुँदा देशैभरका किसानले ७७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार गत वर्ष यसै समयमा धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशत भागमा रोपाइँ भएको थियो । साउन १२ गतेसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । देशभर कुल १३… Continue reading देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। ‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न… Continue reading कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

file

काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता… Continue reading हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउकाठमाडौं । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो… Continue reading साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

काठमाडौं । भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ । एक राहदानीवापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ । एक वर्ष… Continue reading विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा.प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर सामूहिक छलफल गरेका हुन् । छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका… Continue reading अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

file

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । त्यसक्रममा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको बताइएको छ । बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण… Continue reading रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

नेप्सेमा लगातार गिरावट, कारोबार २ अर्ब ४३ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको थौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६० कम्पनीको २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये… Continue reading नेप्सेमा लगातार गिरावट, कारोबार २ अर्ब ४३ करोडमा सीमित

२२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३६.३१ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६७ कम्पनीको २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये… Continue reading २२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व… Continue reading एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ । यो अघिल्लो आवको तुलनामा १५।४५ प्रतिशत कम हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांका अनुसार आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिएको हो । आव २०७८/ ७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो । सरकारले लगाएको आयात… Continue reading एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

एक वर्षमा ४५ अर्बको सुन आयत

काठमाडौं । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो । गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट… Continue reading एक वर्षमा ४५ अर्बको सुन आयत

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

काठमाडौं । नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ… Continue reading नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्। यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र… Continue reading शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो । सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ ।… Continue reading लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल