६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले… Continue reading ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा दोस्रो स्थानमा भने केशव स्थापित र सिर्जना सिंहबीचको अन्तर कमभएको छ । बालेनले अहिलेसम्म ३३ हजार २६० मत पाइसकेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार ५६८ मत अगाडी छन् । स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका… Continue reading काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

रेनुको अग्रता ५ हजारमाथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ… Continue reading रेनुको अग्रता ५ हजारमाथि

महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए… Continue reading महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १… Continue reading चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् । मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५… Continue reading नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् । यहाँ मेयरमा तेस्रो स्थानमा रहेका… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका… Continue reading टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१… Continue reading ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

२७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् । यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका… Continue reading २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

काठमाडौं । काठमाडौं महानगरमा बालेनको रेस जारी रहँदा भरतपुर महानगरपालिकामा भने रेनु दाहालले अग्रता बढाएकी छिन् । भरतपुरमा पाँचवटा वडाका २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ३७३ मत अगाडी छिन् । पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर फराकिलो बनेको… Continue reading भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

काठमाडौं । निर्वाचन अगाडी कम आँकेको एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाबाट आफु अब्बल रहेको सन्देश दिएको छ । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् । कुल २८ हजार १६० मत गन्दा आचार्यले ११ हजार ८१२ र एमाले उम्मेदवार कृष्ण थापाले १०… Continue reading पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई… Continue reading विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

मालिका गाउँपालिकामा अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका देवीराम अर्याल (दाँया) र उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्याल

तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो… Continue reading गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी हुन् । उनले ५ हजार ७१८ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८… Continue reading भरतपुरमा रेनुले पुनः लिइन् अग्रता

विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

बुटवल । नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त… Continue reading विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । यहाँ मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भए । एमालेले मात्र दुई महिला सदस्य जितेको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी… Continue reading कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत अन्तर बढेको छ । आइतबार बिहानसम्म कुल २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन्  ।

बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

Setopati

काठमाडौं । अपडेट : ८४० बजेकाठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ । अपडेट : ६ः५५ बजे…..निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन… Continue reading बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

ललितपुरमा बढ्दैछ चिरिबाबुको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायम छ । दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्। नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले मात्र ४७ मत पाएका छन्। उपमेयरमा नेकपा (एमाले)का मन्जली शाक्य बज्राचार्यले ६४ मत पाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले मात्र २० मत पाएका छन्।

पोखरा महानगरमा थालियो मतगणना

पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो । तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो… Continue reading पोखरा महानगरमा थालियो मतगणना

कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

डोल्पा । स्थानीय तह प्रमुखमा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा… Continue reading कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८… Continue reading पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता

हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एसले प्रारम्भिक अग्रता लिएको छ । हेटौडामा ६५० मत गन्दा नेकपाल एसकी मिना लामो पक्षमा १९८ मत आएको छ । एमालेका अनन्त पौडेलले १९० र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत पाएका छन् । यो यसअघि एमालेले जितेको क्षेत्र हो ।

भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

भरतपुर । चितवनको भरतपुरमा पहिलो १२ मत गन्दा ४ मत बदर भएको पाइएको छ । यहाँ कांग्रेसका बागी उम्मेदवार उठेका छन् । जसले गर्दा गबन्धनकी उम्मेदवार रेणु दाहाल मारमा पर्ने देखिएको छ । महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा ३ मत… Continue reading भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा एमाले विजयी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् ।उनले ८४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याएका छन् ।

मनाङबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १ सय ५८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्व स्वतन्त्र कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भए । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो ।… Continue reading मनाङबाट कांग्रेसले खोल्यो खाता

मुस्ताङबाट एमालेको विजयी शुरुवात

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्टले ६ सय ८९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले… Continue reading मुस्ताङबाट एमालेको विजयी शुरुवात

स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको छ । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा… Continue reading स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४… Continue reading दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता