औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

REUTERS

काठमाडौँ, २६ जेठः विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेका छन् । विगतका सरकारले विभिन्न बहाना बनाउँदै र… Continue reading औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २६ जेठ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा विद्युत्… Continue reading विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

काठमाडौँ, २५ जेठः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ । यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा… Continue reading प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

काठमाडौँ, २५ जेठ । मित्रराष्ट्र भारतका स्थापित कलाकार पियुष मिश्राले गीत, सङ्गीत र साहित्य साधनाका दृष्टिले नेपाल उर्वर भूमि रहेको बताएका छन् । भारतको ग्वालियरमा जन्म भई गीत, सङ्गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याएका ६३ वर्षीय मिश्राले नेपालको हावा, पानी, भूगोल र संस्कृति कला, चलचित्र र साहित्य सिर्जनाका लागि अनुकूल रहेको बताए ।… Continue reading कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ, २५ जेठः अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ)कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइएमएफका अनुसार आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सो सहायता उपलव्ध भएको आइएमएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख… Continue reading आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

सुपारीखेतीमा इलामका किसानको लगाव

राससफिक्कल (इलाम), २५ जेठः पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र… Continue reading सुपारीखेतीमा इलामका किसानको लगाव

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर, २५ जेठः जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।… Continue reading फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

BBC

गाजा, २५ जेठ (रासस–सिन्ह्वा) । हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ । हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए । उनका अनुसार यसमा… Continue reading गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

File : (250614) -- BEIJING, June 14, 2025 (Xinhua) -- A fishing boat moors to take shelter in the waters near a waterfront square in Yinggehai Town, Ledong Li Autonomous County, south China's Hainan Province, June 13, 2025. Authorities in south China's Guangdong Province and Guangxi Zhuang Autonomous Region have significantly escalated their emergency responses to Typhoon Wutip, the first typhoon of the year, as it brings threats of severe wind, rain and storm surges. (Xinhua/Yang Guanyu)

छिङदाओ, २५ जेठ (रासस–सिन्ह्वा) । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा… Continue reading समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

‘ब्यारेकजस्तै घर’

राँझा (बाँके), २५ जेठः बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा… Continue reading ‘ब्यारेकजस्तै घर’

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

अदानचुली (हुम्ला), २५ जेठः हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली… Continue reading पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

कीर्तिपुर (काठमाडौँ), २५ जेठः स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको… Continue reading बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

यस्तो छ आजको मौसम पूर्वानुमान

RSS

काठमाडौँ, २५ जेठः आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा… Continue reading परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव ¥याली निकालिएको छ । सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्‍यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघिबढाउनुपर्ने माग… Continue reading केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्षरसभापतिसहित दुई–दुई जनालाई… Continue reading रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौँ, २४ जेठः थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्र नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी… Continue reading कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

स्पा’ सञ्चालिका पक्राउ

काठमाडौँ, २४ जेठः ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो । निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको… Continue reading स्पा’ सञ्चालिका पक्राउ

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ, २४ जेठः नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने… Continue reading अवैध लागुऔषधसहित ११ जना पक्राउ

अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

किन्सासा, २४ जेठ (रासस–एएफपी) । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका… Continue reading अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

सूर्योदय:दाङ, ९ जेठ : दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अम्बापुरबाट शनिबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने/ रासस

काठमाडौँ, २४ जेठः देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ ।… Continue reading हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

हुम्लाको बौल्यानामा खानेपानी समस्या

अदानचुली (हुम्ला), २४ जेठः ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने… Continue reading हुम्लाको बौल्यानामा खानेपानी समस्या

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन… Continue reading तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका… Continue reading तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

खोटाङ, २४ जेठः बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे… Continue reading बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

काठमाडौँ, २३ जेठः पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ । त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल… Continue reading ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा, २३ जेठ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले… Continue reading रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौँ, २३ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उनले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बता्रए । “पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री… Continue reading रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २३ जेठः भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय… Continue reading परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

काठमाडौँ, २३ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक… Continue reading एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने