२६ जेठ, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश… Continue reading बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
Category: समाचार
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न
२६ जेठ, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए ।… Continue reading मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ
एजेन्सी२५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो । अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य सेनाको सङ्घीय नियन्त्रण लिएर सैनिकहरूलाई देशको दोस्रो ठूलो सहरमा… Continue reading लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
२५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो । अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका… Continue reading नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले… Continue reading टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री… Continue reading निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री
आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।… Continue reading आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा
आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित
२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन । आज दिउँसो १ बजेका लागि… Continue reading आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित
नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति
२५ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय… Continue reading नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
२५ जेठ, गण्डकी । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई… Continue reading पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै
२५ जेठ, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै
बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?
डम्मर बुढामगर/रासस२५ जेठ, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत… Continue reading बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
२५ जेठ, बेनी । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन… Continue reading माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
२५ जेठ, गलकोट । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेकी हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको… Continue reading किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल
एजेन्सी२५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२… Continue reading अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल
पोखरीमा डुबेर दुई बालकको मृत्यु
२४ जेठ, झापा अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए । आज बिहान… Continue reading पोखरीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका
२४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको पाइएको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर… Continue reading काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
एजेन्सी२५ जेठ, काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा… Continue reading चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
एजेन्सी२४ जेठ, काठमाडौं । साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार ९जुन ६० सम्म मृत्यु भएका… Continue reading हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
२४ जेठ, गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी… Continue reading रिडी–तम्घास सडक कालोपत्र गरिँदै
अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो
२४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको… Continue reading अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो
प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ
२४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “जीवन… Continue reading प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ
बाम्का आगलागी : छिनमै सखाप भयो बजार
२४ जेठ, बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो ।… Continue reading बाम्का आगलागी : छिनमै सखाप भयो बजार
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
२४ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि… Continue reading ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै
२४ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वमा यस धर्मावलम्बीमा रौनक ल्याउने गर्छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् । महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास… Continue reading इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा
एजेन्सी२४ जेठ, काठमाडौं । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर पुगेका छन् । उनले काश्मीरमा एक रणनीतिक रेलवेको उद्घाटन गरे । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले… Continue reading रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा
अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ… Continue reading अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी
एजेन्सी२३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र’ भन्दै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । यो आदेश मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाहको अवसरमा आएको छ, जसले गाजा सिटीका बासिन्दामा थप तनाव र अनिश्चितता सिर्जना… Continue reading इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
२३ जेठ, काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन… Continue reading उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु
२३ जेठ, पोखरा । पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती… Continue reading पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु