अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

रासस१३ जेठ, कास्की । अन्नपूर्ण प्रथम हिमाल ९८,०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र… Continue reading अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

१३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।… Continue reading आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

रासस१३ जेठ, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्वंको मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी… Continue reading मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

१२ जेठ, कृष्णनगर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल… Continue reading ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो । बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी… Continue reading भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस

माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता

समझदारी पत्रमा हस्ताक्षर पाटन (ललितपुर), १२ जेठः नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका नेता गङ्गानारण श्रेष्ठ । तस्बिरः माधवप्रसाद घिमिरे/रासस

१२ जेठ, पाटन । नेकपा माओवादी केन्द्रले आज एकै दिन दुई पार्टीसँग एकता गरेको छ । समाजवादी पार्टी र नेपाल राष्ट्रिय पार्टीबीच माओवादीले एकता गरेको हो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताए । उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको… Continue reading माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता

रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

रासस१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै… Continue reading रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

१२ जेठ, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उनलाई जानकी हेल्थ केयरमा… Continue reading धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि… Continue reading प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग

रामबहादुर बम्जन पुनः कारागार चलान

१२ जेठ, सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका… Continue reading रामबहादुर बम्जन पुनः कारागार चलान

बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

१२ जेठ, मकवानपुर । मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।… Continue reading बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

१२ जेठ, धरान । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र… Continue reading ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

१२ जेठ, तानसेन । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र… Continue reading ‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

१२ जेठ, चितवन । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो । अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो… Continue reading न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

अनेरास्ववियुमा अब ३२ वर्षे उमेर हद

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन् । उनले अन्य… Continue reading अनेरास्ववियुमा अब ३२ वर्षे उमेर हद

फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

rss

१२ जेठ, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण… Continue reading फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

१२ जेठ, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली ९इको सिस्टम¬०मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो । अन्य गाईभन्दा हिमाली क्षेत्रको… Continue reading संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

रासस१२ जेठ, भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय… Continue reading अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

(250521) -- GAZA, May 21, 2025 (Xinhua) -- Displaced Palestinian children are pictured at a temporary shelter in Jabalia refugee camp, northern Gaza Strip, on May 20, 2025. More than 28,000 women and girls have been killed in Gaza since the beginning of the war in Gaza in October 2023, according to UN Women. (Photo by Mahmoud Zaki/Xinhua)

एजेन्सी११ जेठ, काठमाडौं । गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए । उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा… Continue reading गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

पूर्वराष्ट्रपति भण्डारी चीनमा

११ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने चीन भ्रमणका क्रममा आज गोञ्जाओ हुँदै बेइजिङ पुगेकी छिन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँगै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरे । पूर्वराष्ट्रपति भण्डारी आजै साँझ उहाँको स्वागतमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी… Continue reading पूर्वराष्ट्रपति भण्डारी चीनमा

मौद्रिक नीति समीक्षा : बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ । राष्ट्र बैङ्कले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनीक गर्दै नीतिगत दर, निक्षेप संकलन… Continue reading मौद्रिक नीति समीक्षा : बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको… Continue reading राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

११ जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए । प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी… Continue reading दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध… Continue reading रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

११ जेठ, काठमाडौं । यस वर्ष प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा… Continue reading यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर सम्पन्न हुँदै

११ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् आज बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उनले बताए । “अब पनि ढिलाइ… Continue reading जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर सम्पन्न हुँदै

चीनमा नेपाली संस्कृति प्रदर्शन

११ जेठ, गुइलिन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो । कार्यक्रममा… Continue reading चीनमा नेपाली संस्कृति प्रदर्शन

मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति खसेको जीप । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस

११ जेठ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जनाको सनाखत समेत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०–२२ वर्षीय कुशल थापा रहेको… Continue reading मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

(250524) -- BRUQIN, May 24, 2025 (Xinhua) -- This photo taken on May 23, 2025 shows tents set up by Israeli settlers near the West Bank village of Bruqin. About 40 Israeli settlers rioted in the village of Burqin in the West Bank, burning houses and cars, Israel's state-owned Kan TV News reported on Friday. (Photo by Ayman Nobani/Xinhua)

एजेन्सी११ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ। गाजा क्षेत्र… Continue reading गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

एजेन्सी१० जेठ, काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ । नयाँ… Continue reading सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु