कस्तो रहनेछ नेपालमा आजको मौसम ?

२७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

२६ वैशाख, कोलम्बो । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।… Continue reading श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

Newly elected Pope Leo XIV, Robert Francis Prevost reacts as he arrives on the main central loggia balcony of the St Peter's Basilica for the first time, after the cardinals ended the conclave, in The Vatican, on May 8, 2025. Robert Francis Prevost was on May 8, 2025, elected the first pope from the United States, the Vatican announced. A moderate who was close to Pope Francis and spent years as a missionary in Peru, he becomes the Catholic Church's 267th pontiff, taking the papal name Leo XIV. (Photo by Tiziana FABI / AFP)

२६ वैशाख, काठमाडौं । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए… Continue reading अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

file

२६ वैशाख, काठमाडौं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए । विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् ।… Continue reading सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२६ वैशाख, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ… Continue reading बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

File RSS

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको… Continue reading प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

२६ वैशाख, काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही… Continue reading पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

२६ वैशाख, काठमाडौं । नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’ उक्त सन्देशमा भनिएको छ, ‘नेपाल-भारतको सीमा खुला छ, त्यसैले… Continue reading नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

MS Dhoni of Chennai Super Kings and Shivam Dube of Chennai Super Kings running between the wickets during match 57 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Chennai Superkings held at the Eden gardens Stadium, Kolkata on the 7th May 2025. Photo by Prathiksha MK/ Sportzpics for IPL

भारत र पाकिस्तान बीचको तनाव सङ्गै भारतले सबैभन्दा ठूलो क्रिकेट इभेन्ट इन्डियन प्रिमियर लिग स्थगित गरेको छ । भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आजबाट खेलहरु हुने छैनन् । विदेशी खेलाडीलाई सुरक्षित घर फर्काउने अभियानलाई प्राथमिकता दिइने बताइएको छ । साथै परिस्थिति हेरेर नयाँ मिति घोषणा गर्ने समेत बिसिसिआइले जनाएको… Continue reading भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

देशका अधिकांश भागको मौसम सफा रहने

२६ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading देशका अधिकांश भागको मौसम सफा रहने

भारतले थाल्यो जवाफी हमला : आजतक

File (Photo by Tauseef MUSTAFA / AFP)

२५ वैशाख, पाकिस्तान र भारतबीच युद्ध र तनाव बढेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आजतकका अनुसार अहिले भारतले पाकिस्तानका शहरमा सिमाइल आक्रमण थालेको छ । यसअघि पाकिस्तानले भारतीय सीमावर्ती शहरमा निरन्तर ड्रोन र मिसाइल हानेको छ । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ… Continue reading भारतले थाल्यो जवाफी हमला : आजतक

पाकिस्तानले मध्यरातमा भारतमा थाल्यो आक्रमण, क्षतिको विवरण आउँदै

पाकिस्तानले सीमावर्ती शहरहरुमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । भारत प्रशासित जम्मु कश्मिरमा निरन्तर ‘विष्फोट’को आवाज आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।, श्रीनगर विमानस्थलमा आक्रमणको खबर आएको छ । यसको पुष्टी हुन सकेको छैन । साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ गरिएको छ । यसबाहेक राजस्थान, गुजरातसम्म ड्रोन हमलाको खबर सार्वजनिक भइरहेको छ । अमेरिकी समाचार… Continue reading पाकिस्तानले मध्यरातमा भारतमा थाल्यो आक्रमण, क्षतिको विवरण आउँदै

नाइजेरियामा सैनिक कारबाहीमा ११ जना लडाकु मारिए

file

२५ वैशाख, काठमाडौं । नाइजेरियामा सरकारद्वारा सञ्चालित आतङ्कविरोधी अभियानहरू तीव्र बन्दै गएका छन् । जसअनुसार हालैका दिनमा कम्तीमा ११ जना आतङ्ककारी नेताहरू मारिएको जानकारी प्राप्त भएको छ। यो विवरण नाइजेरियाका रक्षामन्त्री मोहम्मद बडारुले बुधबार राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । उनले जानकारी दिनुहुँदै भने, ‘देशको उत्तरी क्षेत्रमा सक्रिय तथा निकै खतरनाक मानिएका… Continue reading नाइजेरियामा सैनिक कारबाहीमा ११ जना लडाकु मारिए

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

default

२५ वैशाख, लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म… Continue reading सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

RSS

२५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४… Continue reading सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

रेशम चौधरी पक्राउ प्रकरणमा यस्तो आयो गृहमन्त्रीको स्पष्टीकरण

गृहमन्त्री लेखक काठमाडौँ, २५ वैशाखः गृहमन्त्री रमेश लेखक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, विशेष र शून्य समयमा सांसदहरूले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी गराएका छन् । उनले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताए । प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट… Continue reading रेशम चौधरी पक्राउ प्रकरणमा यस्तो आयो गृहमन्त्रीको स्पष्टीकरण

काठमाडौं–रारा पर्यटक बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन सुरु

२५ वैशाख, काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । टूरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा सम्भाब्यता अध्ययन टोली रारा प्रस्थान गरेको बोर्डले छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्‍ने र बाटोको अवस्थालगायत समग्र यात्राबारे बुझ्ने बोर्डको भनाई छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ… Continue reading काठमाडौं–रारा पर्यटक बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन सुरु

राजावादीले १५ जेठबाट अनिश्चितकालिन आन्दोलन गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा… Continue reading राजावादीले १५ जेठबाट अनिश्चितकालिन आन्दोलन गर्ने

बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते

२५ वैशाख, काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । मोटरसाइकल… Continue reading बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते

सुनसरीमा चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

२५ वैशाख, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिए । स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका… Continue reading सुनसरीमा चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

२५ वैशाख, जुम्ला । गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए । गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ… Continue reading विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

आज देशका अधिकांश भागको मौसम सफा

२५ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading आज देशका अधिकांश भागको मौसम सफा

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

File (Photo by Tauseef MUSTAFA / AFP)

२४ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । “विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ। सोमबार… Continue reading भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत–पाकिस्तान तनाव : आज दिनभर के के भयो ?

Demonstrators burn an effigy of India's Prime Minister Narendra Modi as they wave Pakistan's national flag during an anti-India protest in Hyderabad, Sindh province on May 7, 2025. India launched missile strikes against arch-rival Pakistan in the early hours of May 7, two weeks after it blamed Islamabad for a deadly tourist attack on the Indian-run side of the disputed Kashmir. At least 38 deaths were reported, with Islamabad saying 26 civilians were killed by the Indian strikes and firing along the border, and New Delhi adding at least 12 dead from Pakistani shelling. (Photo by Akram SHAHID / AFP)

२४ वैशाख, काठमाडौं । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको हो । दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन… Continue reading भारत–पाकिस्तान तनाव : आज दिनभर के के भयो ?

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

२४ वैशाख, नेपालगञ्ज । बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को… Continue reading बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बस्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

२४ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा… Continue reading केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

२४ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए… Continue reading काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

जनतालाई अनावश्यकरूपमा निराश बनाउनु अपराध हो : प्रधानमन्त्री

२४ वैशाख, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् । लोकान्तर डटकम को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिए । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ः?… Continue reading जनतालाई अनावश्यकरूपमा निराश बनाउनु अपराध हो : प्रधानमन्त्री

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

२४ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र… Continue reading नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

भारतले पाकिस्तानमा थाल्यो हवाई आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

A flare goes up in air over the hill near main town of Poonch district, on May 7, 2025. India said on May 7 it carried out "precision strikes at terrorist camps" inside Pakistan and Pakistani-controlled Kashmir, days after it blamed Islamabad for a deadly attack on the Indian side of the contested region. (Photo by Punit PARANJPE / AFP)

नयाँ दिल्ली । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा… Continue reading भारतले पाकिस्तानमा थाल्यो हवाई आक्रमण, कम्तीमा ३० जनाको मृत्यु