युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

(AP Photo/Jae C. Hong)

३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिए । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण… Continue reading युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

३१ साउन, बनियानी । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत… Continue reading सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना

३१ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा… Continue reading मनसुन कमजोर, छैन ठूलो वर्षाको सम्भावना

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

३१ साउन, मलङ्गवा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति… Continue reading सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा शनिबार बिहान श्रीकृष्ण जन्माष्टमीका दिन पूजाअर्चना गर्न लामबद्व भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

३१ साउन, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

(250815) -- ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) -- U.S. President Donald Trump (R) and Russian President Vladimir Putin attend a joint press conference after concluding their talks in Anchorage, Alaska, the United States, on Aug. 15, 2025. (Xinhua/Wu Xiaoling)

३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक ‘अत्यन्तै फलदायी’ भएको बताए । बैठकमा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने भइसकेको छैन । वार्ता झन्डै तीन घण्टा चल्यो । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प… Continue reading ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

File : President Donald Trump salutes as he walks Russia's President Vladimir Putin, Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (AP Photo/Julia Demaree Nikhinson)

एजेन्सी३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन। झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही… Continue reading अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

रवि लामिछानेलाई कारागार सरुवा गरिने

३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले राससलाई बताए । उनका अनुसार उक्त निर्णयको पत्र… Continue reading रवि लामिछानेलाई कारागार सरुवा गरिने

चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

३० साउन, भक्तपुर । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आजै धरौटीमा छाड्न आदेश दिएको थियो । २०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा… Continue reading चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

रासस३० साउन, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए… Continue reading लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

३० साउन, काठमाडौं । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरियो । त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय… Continue reading भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

३० साउन, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । मधेस प्रदेश… Continue reading प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

३० साउन, पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आर्दश, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी… Continue reading कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्रः सभापति देउवा

एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

file

३० साउन, काठमाडौं । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल ९एमसिए–नेपाल०ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार… Continue reading एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

३० साउन, काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ । ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो । प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका… Continue reading टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

३० साउन, चौतारा । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई बताए । करिब दुई किलोमिटर… Continue reading पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

File (AP Photo)

३० असार, काठमाडौं । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा ९एमएसएफ० का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो । एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा… Continue reading सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

file

३० साउन, काठमाडौं । भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् । “समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र… Continue reading काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

३० साउन, काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०\८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ… Continue reading गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

मनसुन क्रमशः कमजोर हुँदै

३० साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम… Continue reading मनसुन क्रमशः कमजोर हुँदै

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

३० साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु… Continue reading यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

३० साउन, ढोरपाटन । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । रोकाको हाल १४०… Continue reading बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे

२९ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला… Continue reading तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे

बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

File

२९ साउन, बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । बाढीले कुमाल बगर बस्ने… Continue reading बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

हत्या आरोपमा दुई जना पक्राउ

२९ साउन, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या… Continue reading हत्या आरोपमा दुई जना पक्राउ

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय/रासस

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी ९गेम चेन्जर० काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए ।… Continue reading नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

file

एजेन्सी२९ साउन, काठमाडौं । इराकको राजधानी बग्दादको पूर्वी क्षेत्र उरमा बुधबार बिहान एक निजी घरमा भयावह आगलागी हुँदा एकै परिवारका सात जना सदस्यको मृत्यु भएको छ । नागरिक सुरक्षा विभागका प्रवक्ता अला मोहम्मदले जानकारी दिँदै भने, “हामीले तत्काल उद्धार टोली परिचालन गरेका थियौं, तर आगो यति छिटो फैलियो कि पीडितहरूलाई बचाउन सकिएन ।” यद्यपि, आगो… Continue reading इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

file

एजेन्सी२९ साउन, काठमाडौं । बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)ले जनाएको छ । यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा… Continue reading इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी… Continue reading प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

२८ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१र८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी… Continue reading एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना